बोलेर भन्दा गरेर देखाउन एन आर एन स्विसको आइसिसि पदमा मेरो उमेदवारी

  • कमल भट्ट / स्विजरल्याण्ड

kamal-bhattaआदर्णीय स्विसबासी नेपाली दिदिबहिनी तथा दाजुभाइहरु, सम्पूर्ण संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु तथा बुद्धिजिबी बर्गमा मेरो तर्फबाट नमस्कार तथा अभिबादन ! मैले भर्खरै गैह्र आबासिय नेपाली संघ स्विटजरल्याण्डको आगामी २०१५-१७ कार्यकालकालागि आइसीसीमा आफ्नो उमेद्वारी यहाँहरु समक्ष प्रस्तुत गरेको छु ।

म बिगत १२ बर्ष देखि स्विटजरल्याण्डको साफहाउजन भन्ने ठाउँमा स्थाई बसोबास गर्दै आइरहेको छु । म पेशाले टुर अपरेटर भएको नातालेपनि स्थानीय स्विस नागरिक र स्विसका पर्यटक एजेन्सीहरुसँग नजिक रही नेपालको पर्यटन बिकास र प्रबर्धनमा लागि परेको छु ।  लागिरहने छु ।

मेरो १२ बर्ष लामो स्विस बसाइमा क्रमिक रुपमा विभिन्न नेपाली दाजुभाई दिदीबहिनीहरु तथा नेपाली संघ सस्थाहरु संग परिचित, सहकार्य र हातेमालो गर्दै आइरहेको छु । आफ्नो पेशा र अनुभवको सदुपयोग गरेर बुद्द र सगरमाथाको देश नेपाललाइ परिचय गराई पर्यटन प्रबर्धन गर्दै आइरहेको छु । त्यसैगरि, स्थानीय स्विसहरुलाइ नेपाली भाषा सिकाएर नेपाली भाषाको प्रबर्दन पनि गर्दै छु । पर्यटकलाइ नेपाल भ्रमण गर्न प्रोत्साहित गरि नेपाली अर्थतन्त्रमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु त मेरो पेशानै भएको कुरा जानकारी गराउन चाहन्छु ।

आदरणीय स्विस बासि नेपालि दाजु भाइ तथा दिदि बहिनिहरु,

मैले गैह्र आबासिय नेपाली संघ स्विटजरल्याण्ड को २००९ -२०११ र २०१३-२०१५ को कार्यसमितिमा रहेर आफ्नो कर्तब्य पुरा गरेको त यहाँहरुलाइ अवगत नै छ ।  यस अबधिमा मैले आफुले पाएको जिम्मेबारी सफलतापूर्बक निवाह गरेको मेरो बुझाइ छ । मैले एनआरएन स्विसमा रहेर पर्यटन प्रबर्धनको साथै स्विसमा हुने स्थानीय नेपाली कार्यक्रममा आफ्नो भूमिका निभाउँदै आएको छु । त्येसैगरि समाजसेवामा पनि म उत्तिकै सक्रिय भएर लागेको कुरा पनि यहाँहरु मध्ये धेरैले ख्याल गर्नु भएको होला । नेपालमा गत बैसाख १२ गते गएको विनासकारी महाभूकम्प पश्चात आफ्नो व्यक्तिगत पहलमा आफैले दुइ चोटी नेपालको भ्रमण गरि भूकम्प पिडितहरुलाई बर्षा काट्न समस्या नहोस भनि करिब ६०० परिबारको लागि लागि जस्तापाता वितरण गरें । त्यसबाहेकपनि अन्य निर्माण सामाग्री वितरण गरिएको कुरा यहाँहरुले स्थानीय स्विस मिडियाबाट थाह पाउनु नै भएको होला । त्येस्तै निकट भबिस्यमा विभिन्न ध्वस्त बिद्यालयको भबन निर्माणको लागि पहल गरिरहेको कुरा पनि यहाँहरुलाई जानकारी गराउन चाहन्छु ।

म बोलेर भन्दा गरेर देखाउनमा बिस्वास राख्दछु । म झुटा आश्वासन बाँड्न चाहन्न । तर गैह्र आबासिय नेपाली संघ स्विटजरल्याण्डको आइसीसी सदस्यमा म निर्वाचित भएको खण्डमा मैले बिभिन्न कामहरु गर्ने प्रतिबद्दता व्यक्त गर्न चाहन्छु ।

मेरा प्रतिबद्दताहरु :

१ – गैह्र आबासिय नेपालि संघ स्विस र अन्तररास्ट्रिय समन्वय कमिटि (इक्क्) का बीचमा समन्वयकारी भुमिका खेली संवन्ध प्र्गाढ बनाउनुका साथै सूचना आदान प्रदानमा सहजकारी भूमिका निभाउनेछु ।

२ – एन आर एनले भूकम्प पिडितको लागि बनाउने भनेको १००० घरको महत्वकांक्षी योजनामा स्विटजरल्याण्डको तर्फबाट सक्दो सहयोगको प्रयास गर्ने छु ।

३-स्विटजरल्याण्डका स्थानीय संघ सस्थासँग सहकार्य र हातेमालो गर्दै नेपाल र नेपालीको हितमा कार्य गर्ने छु ।

४ – स्विटजरल्याण्ड आएर बिचल्लीमा परेका, दुख पाएका नेपालीहरुको हित र उनीहरु को समस्यामा केन्द्रित भइ कार्य गर्ने छु ।

५ – नेपालको पर्यटन प्रबर्धन र बिकासको लागि पहल गर्ने छु ।

६ – दोहोरो नागरिकताको लागि आफ्नो ठाउँबाट पहल गर्ने छु ।

आदरणीय दाजुभाई दिदीबहिनी यी माथि उल्लेखित प्रतिबद्दता लगायत सधै नेपाल र नेपालीसँग हातेमालो गर्दै अगाडी बढ्ने उद्देश्य सहित मैले एन आर एन ए स्विस को आ ई सिसि पदमा उमेद्वारी घोषणा गरेको कुरा यहाँहरुलाइ जानकारी गराउन चाहन्छु ।

यहाँहरुको सल्लाह सुझाब र सहयोगको अपेक्षा राखेको छु !!!

तपाइँको प्रतिक्रिया