शेर्पाको प्यानल उत्रियो एन आर एन स्विजरल्याण्डमा

Geneva-Lake-Barbaque-party-12-july-2015 212

आगामी अक्टोबरमा गैह्र आवाशिय नेपाली संघ (एन आर एन ए) को केन्द्रिय निर्वाचन हुँदै छ । त्यसअघि हरेक देशका राष्ट्रिय समन्वय देशहरुमा निर्वाचन हुनुपर्छ । त्यसको तयारी स्वरुप निर्वाचन लाग्न त सबैजसो देशमा लागेको छ । तर नेपालसित तुलना गरिने भूपरिवेष्ठित मुलुक भएर हो की, एन आर एन स्विजरल्याण्डको चुनावी रन्को भने निकै तातेको छ । सहमतीमा समिति बनाउने भनिएपनि त्यो नभएपछी आगामी निर्वाचनका लागि चुनावी पहल चर्केर गएको छ । लामो समयदेखि स्विजरल्याण्डमा बसेर सामाजिक काम गर्दै आएका तेन्जिङ शेर्पा र हिराबल गुरुङको आआफ्नो प्यानल बनेको छ । दुबैले आफ्ना प्यानल बनाएपनि तेन्जिङको प्यानल हालसम्म अगाडि देखिएको छ । हिराबल गुरुङको भने सतहमा प्रस्टसित देखिनै बाँकी छ ।Geneva-Lake-Barbaque-party-12-july-2015 102

तेन्जिङ शेर्पा यो निर्वाचनमा शुरुदेखिनै दह्रो प्रभाव पार्नेगरी  लागेका छन् । उनले आगामी अगस्ट महिनाको १६ का दिन जुरिचमा हुने एन आर एन स्विजरल्याण्डको निर्वाचनकालागि चुनावी पहल ठाउँ ठाउँमै शुरु गरेका छन् । हिजो स्विजरल्याण्डको जेनेभा शहर स्थित जेनेभा ताल (लेमेन लेक पनि भन्छन् तो ताललाई) को किनारमा आफ्नो प्यानलको घोषणा गरे । उनले आफ्ना सहकर्मी, शुभेक्षुक, मित्रहरु, सामाजिक संस्थाका ब्यक्ती र समाजसेवीहरुलाई एकै थलोमा भेला पारेर आफ्नो प्यानलको तर्फबाट चुनावका एजेण्डापनि राखे ।

Geneva-Lake-Barbaque-party-12-july-2015 036

तालको किनारमा प्राकृतिक रसस्वादन गर्दै बारबाक्यु पार्टी राखेर चुनावी पहल शुरु गरियो जेनेभामा । त्यहाँ बिहानै देखि उनका सहयोगी, समर्थक र प्यानलका पात्रहरु पुगेका थिए । दिनभरी एन आर एन निर्वाचनका बारेमा बिभिन्न बहस, छलफल, हारजित, एजेण्डाका बारेमा छलफल गरे । ढिलोगरी आइपुगेका तेन्जिङलाई औपचारिक ढंगले आफ्ना भावी योजना, कामको शैली, आफ्नो पहल के कसरी हुने हो भन्ने बिषयमा प्रस्ट पार्न लगाइयो । सौम्य, शालिन र सन्तुलित ढंगमा उनी प्रस्तुत भए ।  सोचेभन्दा फरक ढंगले परिपक्क, इमान्दार र प्रस्ट  ढंगले उनले आफ्ना कुरा राखेको अधिकांशले चर्चा गरेका थिए ।

Geneva-Lake-Barbaque-party-12-july-2015 088

शेर्पा आउटडोर जस्तो हाल स्विजल्याण्डको विश्वासिलो (ब्रान्डेड) ब्यापारिक संस्थाको स्विजरल्याण्डको संस्थापकनै आफू भएको, त्यसको अहिले बिस्तार भएको र त्यसबाट नेपाल र नेपालको पर्यटन क्षेत्रमा योगदान पुगेको जानकारी दिँदा धेरैले ‘ए ए, हो र ? है?’ भन्दै थिए । नेपाल पर्यटकिय आकर्षण र विकासमा प्रचुर संभावना रहेकाले आफूले त्यसकालागि पहल गर्ने । नेपालमा जती पर्यटक लैजान सकिन्छ त्यसको अहिले नगण्य भएको, आफूले स्विजरल्याण्डका पर्यटक लैजाने ट्राभल एजेन्सीहरुसित छलफल गरिसकेको र अनुभवपनि रहेकाले  पर्यटकिय विकासको लागि सबैभन्दा महत्वपूर्ण काम गर्ने बताए ।

Geneva-Lake-Barbaque-party-12-july-2015 262

Geneva-Lake-Barbaque-party-12-july-2015 110

पर्यटनको बिकास गर्न सके त्यो देशभरिकै जनतालाई हुन्छ, रोजगारीको श्रीजना आफ्नै देशमा भए बिदेशमा अनेक कस्ट गरेर भौंतारिनु, दु:ख पाउनु पर्दैन भन्ने उनले आफ्नो तर्कपनि दिए । बोलीमा स्पष्ट, बिचारमा परिपक्क र बोलेको काम जसरिपनि पुरा गर्ने प्रतिबद्दता देखाए । ‘म धेरै कुरा भन्न चाहन्न । नहुने कुरो बोल्दिन । अहिले जेपनि गर्छु भनेर हुन्न, भोली गर्न नसके बदमाश, झुटो भईन्छ । तर म के भन्छु भने मैले बिगतदेखि नेपाली संस्कृतिको संरक्षण र प्रबर्धन, नेपालीबिचको एकता र पर्यटन विकासकालागि काम गरेकाले त्यसमा केही गरेर देखाउँछु’ उनले यसो भन्दा गटट्ट ताली बज्यो । स्विजरल्याण्डमा क्रस कल्चर कार्यक्रम आँफैंले पहिलोपटक परिचित गराएको र त्यसमा हरेक वर्ष सहभागिता बढ्दै गएको दाबी गरेका उनले ‘एन आर एन युरो कप स्विजरल्याण्डले शुरु गरेर अन्य देशमापनि हुँदै जाने ईतिहास बनाए जस्तै स्विजरल्याण्डबाट पर्यटन विकासको नयाँ धारणा, प्रभाव र कार्यक्रम गरि  नयाँ अभियान देखाएरै छोड्ने प्रतिबद्दता ब्यक्त गरे ।

Geneva-Lake-Barbaque-party-12-july-2015 246

आफूमाथि आएका प्रश्नहरुमा आक्रामक र खरो ढंगले आलोचना र अस्विकार गर्ने शैलीमापनि उनी उत्रिएनन् । स्वच्छ आलोचना र मित्रवत सुझावलाई हार्दिकतापूर्वक लिने उनले बचन दिए । आफू मात्रै अध्यक्ष पदमा जितेर केही नहुने भन्दै उनले आफ्नो समग्र टिमलाईनै मत दिन र समग्र टिमले प्रभावकारी ढंगले लाग्न अनुरोध गरे ।

Geneva-Lake-Barbaque-party-12-july-2015 225

युरोपमा बसेर पिएच डी गरेका सरोज घिमिरेले सबै नेपालीले आआफ्नो पहुँच, क्षमता, ज्ञान र बिबेकका आधारमा जे छ त्यही क्षेत्रमा लागेर काम गरे धेरै क्षेत्रमा नेपाललाई सहयोग गर्न सकिने सुझाव मात्रै दिएनन्, स्विजरल्याण्डमै नेपालीहरु गास र बास नपाएर, कानुनका अनेक सुबिधा नजानेर, नबुझेर दु:ख पाउने गरेकाले तिनको लागि विशेष सुबिधा र सेवा गर्नुपर्ने सुझाव दिए ।

Geneva-Lake-Barbaque-party-12-july-2015 281

राजेन्द्र भण्डारीले पर्यटन विकासकालागि मात्रै नहेरेर अन्य क्षेत्रमापनि लाग्नुपर्ने, अन्य क्षेत्रमा कार्यक्रम गर्दा एन आर एनमा लागेका ब्यक्ती र संस्थाले साथ र सहभागिता देखाउनुपर्ने, बिद्यार्थीहरुका लागिपनि दु:ख सुखमा ध्यान दिनुपर्ने औंल्याए ।

Geneva-Lake-Barbaque-party-12-july-2015 292

तेन्जिङ शेर्पाका लागि सबैभन्दा ठूलो बल, साथ र समर्थन के हो भने जेनेभा क्षेत्रका ग्लोबल नेपालीज नेट वर्कका अध्यक्ष सोनाम लामाले समर्थन जनाए । ‘म जेनेभा क्षेत्रबाट हाम्रो संस्थाले तेन्जिङ शेर्पा र उनको प्यानललाई जिताउन, प्रचारमा लाग्न र साथ दिन प्रतिबद्दता जनाउँछु । म त धेरै बोल्न जान्दिन, बोल्दिनपनि’ भन्दै उनले समर्थन दिएका हुन् ।

Geneva-Lake-Barbaque-party-12-july-2015 156

एन आर एन स्विजरल्याण्डका संस्थापक अध्यक्ष संजय मुडभरीको साथ र समर्थनपनि तेन्जिङकै प्यानललाई गएको छ । ‘नयाँ संस्था  गठन गर्न जहाँपनि गाह्रो हुन्छ । मैले गठन गरेको संस्था आज यहाँसम्म आएको देख्दा म ज्यादै खुशी छु । मलाई यो संस्थाको संस्थापक हुने अवशर तपाईंहरुले दिनु भएकोमा आभार ब्यक्त  गर्दै अबको निर्वाचनमा तेन्जिङ शेर्पाको प्यानललाई जिताउन आग्रह गर्छु, त्यो प्यानललाई मेरो शुभेक्षा छ’ तेन्जिङसित हात मिलाउँदै उनले बिजयको कामना गरे ।

Geneva-Lake-Barbaque-party-12-july-2015 236

एन आर एन स्विसका आइसिसी सदस्य शिव रिजालले गज्जबको तर्क दिए । ‘यो एन आर एन भनेको मुस्लिमको मस्जित, क्रिश्चियनको चर्च, हिन्दूको मन्दिर जस्तै हो । यसमा पूजा गर्न आउनेले भेटी र चन्दा दिए जस्तै एन आर एनमा आउनेलेपनी योगदान गर्नुपर्छ । त्यसैगरि योगदान गर्ने उद्देश्यले यो संस्थामा पस्नुपर्छ’ आफू एक पटक आईसिसी सदस्य भैसकेकाले अब अर्को नयाँ अनुहार देख्न चाहेको र आफूले तेन्जिङ शेर्पाको टिमलाई सकृयताकासाथ सहयोग गर्ने बचन दिए ।

Geneva-Lake-Barbaque-party-12-july-2015 247

बर्तमान अध्यक्ष धर्म गुरुङले आफ्नो कार्यकालमा एन आर एन स्विजरल्याण्डकै ईतिहासमा राम्रो काम गरेको, सबैले सहयोग दिएको भन्दै यसैगरी तेन्जिङ शेर्पाको टिमलाई सहयोग गर्न आग्रह गरे । एन आर एन स्विसका महासचिव सुभाश पोखरेलले महत्वपूर्ण भूमिका खेलेको भन्दै गुरुङले उनको प्रशंसा गरे ।

Geneva-Lake-Barbaque-party-12-july-2015 205

Geneva-Lake-Barbaque-party-12-july-2015 168

Geneva-Lake-Barbaque-party-12-july-2015 193

श्याम सापकोटा, पेमा लामा, निता कपूर, नन्द तामाङलगायत धेरैले जिज्ञासा र आफ्ना तर्क राखे । तेन्जिङ शेर्पाको टोली भनिएपनि हालसम्म सबै पदमा उमेदवारी निक्यौल गरिएको छैन । उपाध्यक्षमा सिमा गौतमको नाम सार्वजनिक गरियो । चर्चामा भने महासचिवमा संझना थापाको नाम अगाडि छ । उनी एन आर एन स्विसको हाल महिला संयोजक छन् । उनको नाम प्रस्ताव  गरिएपनि उनले ‘केही दिनमा बिचार विमर्श गरेर निर्णय दिने’ बताईन् । महिला संयोजकमा निता कपूरलाई प्रस्ताव गरिएपनि उनलेसमेत संझना थापाले जस्तै जवाफ दिईन् ।

Geneva-Lake-Barbaque-party-12-july-2015 174

हिराबल गुरुङले तेन्जिङ शेर्पाको पूर्ण प्यानल हेरेर रणनिती बनाउने, आफ्नो प्यानल घोषणा गर्ने निती लिएको र यता तेन्जिङको टोलीलेपनि हिराबल गुरुङको प्यानल हेरेर त्यही अनुसार टक्कर दिन पूर्ण प्यानल बनाउन खोजेको हो भनेर बुझ्नेहरुपनि निकै छन् ।

Geneva-Lake-Barbaque-party-12-july-2015 376

(अन्त्यमा नाचगान र रमाइलो) 

हालसम्म भने तेन्जिङ शेर्पानै अगाडि देखिएका छन् । उनले यही महिनामा यस अघि जुरिचमा यस्तै कार्यक्रम गरेर आफ्नो पदको घोषणा गरेका थिए ।

(हिजोको कार्यक्रमका सबै तस्विर नेपालप्लसको फेसबूक पेजमा गएर हेर्नसक्नुहुन्छ)

तपाइँको प्रतिक्रिया