आफ्नै घर भत्काउँदा त मुटु फुट्दो रैछ

  • ददी सापकोटा / काठमाडौं

siddiratna

सिद्दिरत्न महर्जन स्वयम्भु नजिक बस्छन् । तर आजकाल उनी हरेक दिन सामाखुशी जान्छन् । एकाबिहानै । त्यहाँ भात्किएको घर नजिकै सानो ढुंगामा बसेर चिहाउँछन् । आफ्नै काकाको घर भात्काएको हेर्नु उनको दैनिकी हो । बिनासकारी भूकम्पले काकाको घर भात्काईदिएपछी उनको काम श्रमिकहरु लगाएर भत्काएको घर निगरानी गर्नु भएको छ । किनभने आँफैले खाइ नखाई दु:खले बनाएको घर भत्काउन उनका काकाले सकेनन् । मन भक्कानियो । त्यसैले आफ्नो घर भत्काएको हेर्न नसकेर काकाले उनलाई लगाएका हुन् । 

‘तेस्रो तल्लादेखि घनले ब्वाङ ब्वाङ हानेर आफ्नै घर भत्काउँदा टाउको भत्काए जस्तो हुने रहेछ’ सिद्दिरत्नको दुखेसो छ ।

Acupenser-17-may-2015 114

उनका काकले यो घर बनाउँदा ७० लाख खर्च गरे । तर भूकम्पले क्षती पुर्याँएपछी उनका काका यो घर भत्काउन वाध्य भए । उनका काका काठमाडौं र ल्हासाको ब्यापार गर्थे । यो घर बनाउन उनलाई धेरै मेहनत गर्नुपर्यो । ‘मेरो काकाले यो घर बनाउन असाध्यै दु:ख गर्नु भो । आँफैंले खाई नखाई गरेर बनाएको घर भत्काएको हेर्नु आफ्नै मुटुमा घनले हाने जस्तो भो, मैले हेर्न सकिन भनेर काकले मलाई हेर्न लगाएका’ महर्जन भन्छन् । यो घर भात्काउन मात्रै उनलाई २५ लाख लाग्यो ।

Acupenser-17-may-2015 131

सिद्दिरत र उनका काका त काठमाडौं र भूकम्पले क्षती पुर्याएका अन्य क्षेत्रका एक उदाहरण मात्रै हुन । भूकमपले सातो लिएपछि मानिसहरु यतिखेर सद्दे घरमा बस्नपनि डराइरहेका छन् । धेरै मनिषाले आफ्ना घरका माथिल्ला तल्लाहरु भात्काउन थालेका छन् । तेस्रो तल्ला भन्दा माथि हुनेले भत्काउन थालेका छन् र दोस्रो तल्लासम्म मात्रै राख्नेहरुपनि धेरैनै छन् ।

Acupenser-17-may-2015 133

तर घर बनाउन भन्दापनि आफ्नै घर भात्काउनै काठमाडौंमा मुस्किल परेको छ । सबैभन्दा ठुलो समस्या कामदार पाइदैन । भूकम्प जानु अघि हजारौं कामदार काम खोज्दै हिँड्थे । भारतीय कामदारको भिड थियो । भूकम्पपछि ति भारतीयहरु सबै देश फर्के । नेपाली कामदारहरुपनि गाउँतिर फर्किए । गाउँमा काम नपाएपनि ति त्रासले काठमाडौं भित्रिन सकेका छैनन । त्यसैले यतिखेर काठमाडौंमा श्रमिकहरुको संकट छ ।

Acupenser-17-may-2015 179

भूकम्प जानु अघि एक जना मजदूरको प्रती दिनको ज्याला जम्मा ५०० रुपियाँ थियो । अहिले त्यो दोब्बर भएको छ । दिनको एक हजार रुपियाँ  तिर्छु भन्दापनि पाइन्न ।

kathmandu-14-may-2015 029

अरु त के, नेपालको नंबर एक भनिएको कान्तिपुर मेडियाकै मुख्य भवन भत्कियो । इन्जिनियरहरुले पुरै भत्काउनु राम्रो भन्ने सुझाव दिएपछि कान्तिपुर मेडियाले बल्ला तल्ल मजदूर पायो । अहिले कान्तिपुर भवन हरेक दिन धमाधम भत्काउँदै छन् । भत्काउन मात्रै कन्तिपुर मेडियालाई ३५ लाख खर्च लागेको छ ।

भवन भत्किएर बिजोक भएपछि कान्तिपुर मेडियालाई केही समय टेन्टमै प्रकाशनको काम गर्नुपर्ने बाध्यता भयो ।

20150506_134434

(यो फोटो प्रशान्त अर्यालले उपलब्ध गराएका हुन्)

लौ मजदूर त पाइए । तर समस्या त्यतिले समाधान हुन्न । भत्काएका घरका ईट्टा र फोहोर कहाँ लगेर फाल्ने ? काठमाडौंमा ठाउँ छैन । जग्गा भाडामा लिन महँगो पर्छ । खोजेपनि पाइन्न । काठमाडौं बाहिर लैजान घर बनाएको खर्चभन्दा बढि लाग्छ । सरकारी जग्गामा अनुमती पाइन्न ।

DSC05072

तेस्रो समस्या पैसाकै हो । बल्ल तल्ल दु:ख गरेर आठ दश वर्षमा एउटा घर बनाएका हुन्छन् । वा बाउ बाजेको पालादेखिको घर हुन्छ । त्यसलाई भात्काउने रकम कहाँबाट ल्याउने ? त्यसैले धेरै मानिस चाहेर पनि भत्किएको घर टुलुटुलु हेर्दै बस्न वाध्य छन् ।

kathmandu-14-may-2015 005

सिद्दिरत्नका भनाईमा धेरै घर बैंकबाट कर्जा लिएर बनेका छन् । त्यो बैंकको कर्जा तिर्नै बाँकी छ । बैंकको कर्जानै तिर्न मुस्किल परेका बेला लाखौं रकम कहाँबाट ल्याउने घर भत्काउनैकालागि ? घरको कर्जा कसरी उठाउने भनेर चिन्तित बैंकहरुले घर भत्काउन रकम दिँदैनन् । रकम दिएपनि तिर्ने कसरी ? सरकारले त्यत्रो रकमा दिन्न । खाने कुरो नभएर भोकै बसेका पिडितलाई आहारा जुटाउन नसकेको सरकारले त्यत्रो सहयोग दिने कुरै छैन । अहिले सम्म बैंकहरुले कर्जाका लागि दबाब दिएका छैनन । बैंकहरुले कस्तो निती लिन्छन सार्वजनिक भैसकेको छैन । ‘ढिलो चाँडो आफ्नो कर्जाका बारेमा बैंकहरुले ताकेता पक्कै गर्लान । त्यो बेला कसरी तिर्ने हो ? अहिले धेरैको मनमा ढ्यांग्रो बजिरहेको छ”  महर्जन भन्छन् ।

kathmandu-14-may-2015 019

सिद्दिरत्न जस्ता धेरैले कहिल्यै नसोचेको कुरो के भने नेपालमा यस्तरी भूकम्प आएर साह्रा घर ढलाउला । बरु उनलाई लाग्थ्यो ‘घर सबैभन्दा प्रिय थालो हो । सुरक्षित थलो हो मानिसकालागि । घरमा गरेको लगानी सुरक्षित हो ।’ तर होइन रहेछ । “मान्छेका लागी आफ्नो र सुरक्षित भन्ने केही रहेनछ । आफ्नै घर लाखौं खर्च गरेर फेरी भत्काउनुपर्ला भन्ने कसले सोचेको थियो र ? आफ्नो घर भत्काउँदा त मुटु फोरे जस्तै हुँदो रैछ” महर्जन भन्छन् ।

तपाइँको प्रतिक्रिया