दोहामा अकस्मात भेटिए महानायक

Rajesh-hamal-and-dipak-pudasaini

काठमाडौंबाट दोहा र त्यसपछि पेरिसको यात्रा थियो मेरो । काठमाडौंमा साहित्यकार दाइ स्नेह सायमी, हिमाल मेडियाका पत्रकार साथी अनुशिल श्रेष्ठ र  मित्र प्रशान्त अर्यालले बिदा गरेपछी  विमानस्थलसम्म पुर्‍याउन गए स्नेह दाई । त्यहाँ फेरी पत्रकार देवकी विष्ट र रबी घिसिङ लगायत अच्युत दवाडी लगायतका मित्र थिए ।  मन भावुक बन्यो, सबैले एकसाथ खादा ओढाएर माया गर्दा । विमानस्थल भित्र पसेपछि मन कुँडियो । विमानस्थलका यात्रु मध्ये ९० प्रतिशत भन्दा बढी नेपाली युवाहरु थिए । पाखुरा तम्तयार पारेर अर्काको मुलुक बनाउन हिँड्न लागेका । विमानस्थल खचाखच थियो । दोहामा भेट्ने हो ददीजी भन्दै कतारमा बसेर पत्रीकारिता गरिरहेका मित्र दिपक पुडासैनीले अघिलो दिन भनेका थिए, फेसबूकमा । दोहा नपुग्दै विमानस्थल भित्रै महानायक राजेश हमाल लुखुर लुखुर चर्पीतिर हानिएको देखियो, विमानभित्रै।

DSCF0364

(बिदेश जान हिँडेको नेपाली युवाको जमात)

see-off-in-kathmandu

कलाकारहरुको फाईफुट्टी र टाईफाई देखेको मैले उति साह्रै चाख लाग्दैन कलाकारलाई भेटिहाल्न । खासगरी सिने कलाकार । तर राजेश हमालप्रतिको बुझाई फरक थियो । अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका बुद्दिजिवी। अली हाटहुट नदेखाई, टाइफाइ नगरि भद्ररुपमा प्रस्तुत हुने उनको स्वभाव । मिठो बोली, नम्र स्वभाव । भेटेर गफ गरौं, उनले देखे भोगेको बिदेशका बारेमा कुरा गरौं कि जस्तो लागेको थियो । दीपकजीले मेसो मिलाए ।

Rajesh-hamal-dadi-sapkota

बिमानबाट उत्रिनासाथ राजेश हमालका जोडी विमानस्थल भित्र विशेष पाहुना ओसार्ने गाडीमा दिपक पुडासैनीसहित हुइँकिँदै रहेछ । दिपकजीले देखिहाले म झोला बोकेर लखरलखर हिँडिरहेको । उनले गाडी रोकेर सँगै राखे । यात्रु प्रतिक्षा गर्ने थलो पुर्‍याए । परिचय गराए हमालका जोडीसित ।

हमाल भूकम्प गएकै दिन पेरिसमा थिए । एउटा कार्यक्रमकालागि आएका । तर भूकम्पले गर्दा त्यो कार्यक्रम रद्द गरिएको थियो । कार्यक्रम  नभएपनि उनले पेरिसका केही ठाउँ फन्को मारेछन् । सन १९९९ मापनी पेरिस आएका रहेछन उनी । ‘त्यो बेलाको पेरिस रहेनछ अहिले’ उनले भनिहाले ।

किन ?

पेरिस भनेपनि कतिपय ठाउँमा त फ्रान्सेलीहरुनै नदेखिने । कालाहरुको मुलुक अफ्रिका जस्तो लाग्ने । अल्जेरिया र मोरक्कोका नागरिक छ्याप्छ्याप्ती भेटिने । कोलाहल, र फोहोर उस्तै। पेरिसको आकर्षण गुमेको रहेछ । उनलाई लागेको अर्को पक्ष, फ्रान्सेलीहरु साह्रै घमण्डी । ताई न तुईका घमण्ड गर्ने । साख गुम्दापनि घमण्ड चाहिँ यथावत ।

उनले पेरिस हेर्न उति रुचाएनन । त्यसैले फ्रान्सको गाउँ हेरौं न भन्दै आग्रह गरेछन । लगिएछ, सेन ए मार्न क्षेत्रको ख्रेजी लेमों क्षेत्रमा । मोमा रहेको पनौती र गोर्खा गल्ली देखेर रमाएछन । उनलाई शहर कती हेर्ने, जहाँपनी शहरमै पुगिने, गाउँ चहारौं न भन्ने लाग्दो रहेछ । कालाहरु वा अफ्रिकीहरुलेनै अहिलेको फ्रान्स निर्माण गरेका हुन् । फ्रान्सेलीहरुले अफ्रिकीहरुलाई तिनका मुलुकबाट ल्याएर काममा जोताए । त्यही पुस्ताका  छोराछोरी अहिले फ्रान्समा अधिकार खोज्दै आएर भिड लागेको हो भन्ने धेरै प्रसंग राजेश हमालले सुनाए ।

हमाल सामाजिक बनोट, राजनीतिक पद्दती, मानव अधिकार जस्ता कुरामा एकदम चासो राख्दा रहेछन । उनलाई युरोपमा एकदम मन परेको मुलुक फिनल्याण्ड रहेछ । फिनल्याण्ड असाध्यै सफा, अती शान्त । त्यहाँका मानिस अती म्रिदुभाषी, मानव अधिकारको वास्तबिक प्रयोग । गरिवहरुको संख्यापनि नदेखिने । तर यता फ्रान्समा थुप्रै मानिस गरिव छन् । सडकमा सुत्छन । बस्ने थलो छैन भन्ने उनलाई राम्रो जानकारी रहेछ । राजेश हमालले गफगाफकै क्रममा भनिहाले, यो कतारपनि उति मन पर्दैन मलाई । किनभने यहाँ धेरै गरीब छन् । देश धनी जस्तो देखिएर के गर्नु ? केही सिमित मान्छेले धेरैलाई दबाएर राखेका छन् ।

‘देश धनी छ वा गरिव त्यो देशमा मानिस गरिव छन् कि छैनन भन्ने नापले नापिन्छ । थुप्रै मानिस गरिव छन् भने त्यो देश धनी भन्ने मापदण्डमा पर्दैन । देश धनी छ, सिमित मान्छे धनी छन् भनेर हुन्छ र ?’ हमालले सुनाए ।

राजेश हमाल भने युरोपका नेपाली समूदाय, सामाजिक, आर्थिक सबै कुरोमा चासो र जिज्ञासा राख्थे । हाम्रो कुराकानी हुँदा उनकी पत्नी खासै केही बोलिनन । उनी मुसुक्क मुसुक्क हाँस्थिन मात्रै । तर बोल्दा अती नम्र र मिठोसित बोल्दिरहिछन् । साईप्रस जान लागेका यि जोडीको रातभरी ट्रान्जिट थियो । उनीहरुलाई दिपकजीले होटेलको ब्यवस्था गरिदिए ।

गफ गर्दागर्दै छिट्टै बित्यो मेरो दुई घण्टाको ट्रान्जिट । त्यो बेलासम्म दोहाका धेरै नेपालीले ‘तपाई राजेश हमाल दाई होइन ? तपाई मेरो मन पर्ने हिरो’ भन्दै आएर तस्विर खिचेका थिए । हामीलेपनि सामुहिक तस्विर लियौं । तस्विर लिईसकेपछी हमालले भने ‘यी फोटोहरु मलाईपनि पठाउनुस् न है ?’

तपाइँको प्रतिक्रिया