नेपाल नचिन्ने पोर्गुगलका चिनियाले गरे सहयोग पीडित चेपाङहरुलाई
पत्रकार लक्ष्मण देवकोटाले एक दिन फोन मागे । पोर्चुगलमा बसेर पत्रकारिता र ब्यवसाय गर्दै आएका मित्रले म नेपाल हुनेलाई किन हतारमा फोन मागे ? खसखस लाग्यो । तत्कालै संपर्क गरे । लागेको थियो ‘अब फ्रान्सतिर फर्किँदा मलाई यस्तो चिज, कागजपत्र केही ल्याइदिनुस् है ?’ भन्ने छन । युरोप बस्ने अन्य धेरै नेपालीले जे भन्ने गर्छन् त्यही । तर होइन रहेछ । ‘ददिजी पोर्चुगलमा भईयो । देशलाई दुखेका बेला जान सकिएन, प्रत्यक्ष उभिएर सहयोग गर्न । म नेपाली भएकाले पोर्चुगल बस्ने मेरा चिनिया मित्रले केही सहयोग दिएका छन् । म त्यो रकम पठाइदिन्छु तपाईको नाममा । त्यसले पिडितलाई सहयोग गरिदिनुहोला ।’
उनले त्यसो भन्दा म थाकिसकेको थिएँ । राहत बाँड्दा बाँड्दै । अब कतै जान्न । अब राहत बाँड्दिन । बरु दिर्घकालिन सहयोग र पूनर्स्थानाकालागि सकेको सोच्छु ।’ तर लक्ष्मणले मानेनन । ‘अरु कुरो जान्दिन । तपाई त्यहाँ भएपछि मलाई ढुक्क भो । त्यो रकम जे गर्नुपर्छ गर्नुस् ।’ रकम पठाए । कहाँ दिने त सहयोग ?
झट्ट चेपाङ वालवालिकाको अनुहार आँखा अगाडि घुम्यो । यसैपनि महाभारत पर्वतको बिकट डाँडाका बासिन्दा । खेती केही हुन्न । खेती लगाएपनि सडक नहुनाले बिक्री गर्न सक्दैनन् । बारीको चिउरी र पालेका कुखुरा, बाख्रा बेचेर, कोदो भित्र्याएर छ महिनापनी खान पुग्दैन । अनी के गर्ने ? ति जंगलमा गिठा र भ्याकुर खोजेर गुजारा चलाऊँछन । त्यसमाथि अहिलेको भूकम्पले वर्षौं लगाएर बनाएको घरपनि भत्काएर तिनको बिजोग भएको छ । बाबु आमा कसैका भौंतारिएर हिँडेका छन । वालवालिकाको बस्ने थलोसम्म छैन । ति सोहोरिएर चितवनको सम्म थलोमा आए । चेपाङ वालवालिकाका लागि काम गर्ने, सकेको संरक्षण दिने मनकारीका केन्द्रमा बास माग्दै ओईरिए । यो भूकम्पपछि पूर्वी चितवनको मगंलपुरस्थित चेपाङ संरक्षण एक्न्द्रमा मात्रै सय जना चेपाङ वालवालिका थपिएछन् । तिनलाई कसरी स्कूल पठाउने ? बास कहाँ दिने ? खान कसरी जुटाउने ? चेपाङ संरक्षण केन्द्रका केपी शर्मा रन्थनिएका थिए । उनको असल कर्म देखेर मैले एक पटक त्यहाँ राहत सहयोग दिईसकेको थिएँ । मनकारीहरुको सहयोगले गर्दा ।
यो केन्द्रमा सहयोग गरे वालवालिकाले खान पाउने । वास पाउने । यिनले सरकारी बिद्यालयमा पढ्नपनि पाउने । त्यसैले यो केन्द्रलाई पुन केही राहत दिने निधो भयो । यो कुरो लक्ष्मण देवकोटालाई राखें । उनले सहमती जनाए । तर समस्या यो चेपाङ केन्द्रमा राहतको मात्रै थिएन । सय जना वालवालिका बस्ने थलो । नुहाउने ठाउँ र चर्पी एक वटा मात्रै । केपी शर्माले चर्पी र बाथरुमको असाध्यै आवश्यकता परेको दर्शाए ।
राहत मात्रै दिएर के गर्ने ? वालवालिकाको तत्कालको आवश्यकता चर्पी र नुहाउने थलोपनि हो । कोही हुर्किसकेका वालिका छन् । तिनलाई झनै गाह्रो, हुर्किसकेका किशोरहरु जाने चर्पी र बाथरुममा । केपी शर्माको सुझाव र त्यहाँको अवश्यकता हेरेर चर्पी र बाथरुम बनाउने सिमेन्ट, ब्लकको ब्यवस्था गरियो । राहत र चर्पीका सामान खसाल्दा वालवालिकाको खुशीको सिमा रहेन । खुशी हुँदै ति आँफैं आए । रमाउँदै बोरा उचाले, बोके ।
यसको एउटा अचम्मको पाटो के भने जसले यि वालवालिकालाई सहयोग गरे ति सबैले नेपाल जाने बुझेका, देखे भोगेका छैनन् । जसले यो सहयोग पाए तिनले मनकारीहरुलाई चिनेका छैनन् । आफ्नो देश छोडेर पोर्चुगलमा बिभिन्न पेशा अपनाएका चिनियाहरुले कहिल्यै नदेखेका, नबुझेका नेपालका बिपन्न, भूकम्पले झुप्रो पनि खोसिदिएका वालवालिकालाई उती टाढाबाट संझिए । नेपाली भनेर हार्दिकतापूर्वक मन खोलेर सहयोग गरे । चिनिया मित्रहरुलाई यसरी सहयोग गर्न पाउने माध्यमा भने लक्ष्मण देवकोटा बनिदिए । नेपालीलाई सहयोग गर्न चिनियाँ सज्जन छान युए फिंगले चन्दा उठाएका थिए ।
















