मनकारी ‘नेपाली’ को चेपाङलाई सहयोग
टेक नेपाली जर्मनीको मुन्स्टरमा बस्छन् । उनलाई आफ्नै ब्यवसाय र पत्रकारितामा भ्याई नभ्याई छ । तरपनि उनी नेपालअका लागि विविध कार्यक्रमा गरिरहन्छन । नेपाली कलाकार आउन । नेपालमा बिपत्ती परोस। कुनै सहयोगको खाँचो परोस । उनी सकृय भैहाल्छन् । मुन्स्टर वरिपरिका नेपाली र नेपालप्रेमी जर्मनहरुलाई भेला पार्छन् । नेपालका बारेमा कुनै कार्यक्रम राख्छन । खटिन्छन् । कार्यक्रम गरेको रकम कटाएर नेपालका विविध क्षेत्रमा आर्थिक सहयोग दिन्छन् । भूकम्पले सताएको मौका पारेर उनले यो पटकपनि त्यसै गरे । पोर्चुगल निवासी लाल बहादुर नेपालीको माध्यमबाट टेक नेपालीले भूकम्प पछि पीडित बनेका, आफ्नो थातथालो छोडेर चितवनको मंगलपुरमा आश्रय लिएका एक सय भन्दा बढि चेपाङ वालवालिकाकालागि राहत दिएका छन् ।
बिनासकारी भूकम्पपछि धेरै चेपाङहरु बिस्थापित बने । मुख्यगरि महाभारत पर्वतमा बसोबास गर्ने चेपाङहरु यसैपनि आर्थिक रुपमा बिपन्न हुन । यिनलाई छ महिनापनि आफ्नो कमाईले खान लाउन पुग्दैन । बाँकी समय यि गिठाभ्याकुर खान्छन जंगल चहारेर । भूकम्पले झन यिनको घर भत्काईदियो । त्यसपछि आफ्नो फुस्को र माटाको घरपनि भात्किएर यि बिस्थापित बने ।
त्यसपछी चेपाङका वालवालिका बस्ने थलोको खोजिमा चितवनको रत्ननगर नगरपालिकाबाट नजिकको बाराण्डाभार जंगल छेउमा रहेको चेपाङ संरक्षण केन्द्र पुगेका हुन । यो केन्द्रलाई केपी शर्माले सञ्चालन गरेका हुन । चेपाङका करिब १५० वालवालिका बिस्थापित बनेर यो केन्द्रमा पुगेका छन् । तर यिनलाई खाने ब्यवस्था गर्न मुस्किल परिरहेको छ । शर्माले यि बिस्थापित चेपाङ वालवालिकालाई मंगलपुर वारीपरिका सरकारी स्कूलमा पढाउन थालेका छन ।
शक्तिखोर, लोथ्थर लगायतका पहाडी क्षेत्रबाट बिस्थापित वालवालिका करिब तिन सय छन् । यिनलाई करिब चार ठाउँमा छुट्टा छुट्टै राख्ने र सरकारी स्कूलमा पढाउने गरिएको छ ।
जर्मनी निवासी टेक नेपालीले यिनै वालवालिकाको लागि खाद्दान्न सामाग्री दिएका हुन् । उनले करिब दुई हप्ता अघि यो सहयोग गरेका हुन् । टेक नेपालीले दिएको यो सहयोग सिधै चेपाङ वालवालिका बस्ने केन्द्रमा पुर्याइ एको हो । आफ्ना लागि खाद्द्यान्न आएको देखेपछि यि वालवालिका हर्षले रमाएका थिए । ति सामाग्री खुशी हुँदै आँफैंले बोकेका थिए ।















