चेपाङ डाँडादेखि बिस्थापित वालवालिकासम्म राहत

DSC04249

हिजो हामी योगेश अधिकारी, देवेन्द्र कुमार श्रेष्ठ र म चेपाङ गाउँ गयौं । भूकम्पबाट पीडित चेपाङकालागी राहत दिन । मनहरी बजारबाट सामान किन्यौं । ट्याक्टरमा राख्यौं । मनहरी खोला १४ पटक तर्‍यो ट्याक्टरले । बडेमाका ढुंगा नाघ्दै । टुडुङ्ग टुडुङ्ग ठोक्किँदै । सोंस (डल्फिन) उफ्रिएझैं गर्थ्यो ट्याक्टर । बेला बेला ढुंगासित सिंगौरी खेलेर । देवराज प्रजा लगायतका चेपाङ जातिका बुझक्की मनहरु सँगै चामल, तेल र नुनका बोरामा खाँदिएका थिए ।

DSC04274

ट्याक्टरको हल्लिनुपर्ने भाग त हल्लिएकै थियो । नहल्लिएको भाग केही देखिँदैनथियो । ट्याक्टरबाट उछिट्टिनुपर्ला भनेर सकेसम्मको बल लगाउनुपर्ने । चामलका बोरामा टाँस्सिएर बस्न । वा ट्याक्टरको बार समात्नुपर्ने । पुठ्ठो बोरामा ठोक्किएर राम्रै ब्यायम भएको थियो । त्यो हाम्रा लागि बिलाशिताको, सुबिधाको वस्तु रहेछ ।

जब मनहरी बजारबाट अलिकती अगाडि ट्याक्टर बढ्नासाथ चेपाङ बस्ती जान केही न केही ढाडमा बोकेर माथितिर लाग्दै गरेका चेपाङहरु ट्याक्टरमा झुम्मिए ।

चेपाङहरुको भिड ट्याक्टरलाई ताकेर आयो । रोके । भटाभट ट्याक्टरमा चढे । ट्रेलर र अघिल्लो भागबाट । यो सोझो जातिले कसैलाई सोधेन । ट्याक्टरभरी चामल, नुन, तेल थियो । भूगोलले ठगेका चेपाङ जातिका घर फेरी भूकम्पले भत्काइदिएपछि हामी राहत दिन त्यतातिर हिँडेका थियौं ।

DSC04400

मेरो साथमा थिए,  मेरा चितौने साथीहरु योगेश अधिकारी, देवेन्द्र कुमार श्रेष्ठ । यि मूली थिए । त्यसपछि चेपाङका बिस्थापित वालवालिकालाई टहरो, पढ्ने थलो र एक छाक खाने कुरोको ब्यवस्था गर्दै आएका केपी किरण शर्मा र समाज सेवा गरौं भन्ने भावनाकी युवती सबिता बस्नेत ।

DSC04286

जेखी डाँडाको गोडा छेउ ट्याक्टर हुल्डुङ हुल्डुङ हल्लिँदै पुग्यो । चेपाङहरुको झिल्केमिल्के, रातम्मे लुगाफाटो पहिरिएकाहरु राहत लिन कुरेका थिए । ट्याक्टरतिर आँखा लगाउँदै । जेखी डाँडामा ट्याक्टर के रोकिएको थियो, पहाड मुन्तिर बसेका करीब दुई सय चेपाङहरु जर्‍याक जुरुक उठेर दगुरेको देखियो । केही बेरमै सुन्यौं ‘लु भुइँको चाल आयु सार, ज्यान लाने भो सार, कास्तोकरी हाल्लेको सार ।’ उनीहरुले छिटो राहत बाँड्न भने । सबैले आफन्तसित संपर्क गर्न खोजे । तर कसैको मोबाईलले काम गरेन । सल्लाह भो, ल अब राहत बाँडेर छिटो भागौं ।

DSC04340

देवराजले चार गाविसका पीडित, प्रभावितको सूची तयार पारेका थिए । उनलाई हामीले तीन दिन पहिलेनै त्यो जिम्मेवारी दिएका थियौं ।

DSC04317

DSC04355

DSC04382

भटाभट नाम बोलाए । चामल, तेल र नुन जिम्मा लगाए । चेपाङहरुले बोकेर हिँडे । देवराजले हामीलाई ‘दुई शब्द बोल्नेकी सर ?’ भन्दै भाषण गर्न भनेका थिए । हामीले भाषण त के दुई शब्दपनि उभिएर बोलेनौं । मलाईइ जस्ताइ भाषाणमा रुची नभएका, काममा रुची भएका थिए मेरा साथीहरु देवेन्द्र र योगेश । सविता सिक्दै गरेकी झन भैहालिन । केपी सहयोग गर्न गएका र कर्ममा विश्वास गर्नेले झन के भाषण गर्ने ? हामीले राह्त दिएर काम सक्यौं । सबै चेपाङहरुले हामीलाई धन्यवाद दिए ।

DSC04427

नेपालका लागि काम गर्न सक्रिए फ्रान्सको सोलेई भेयर र जर्मनीमा आफ्नो कर्म गरेरपनि दुखी नेपालीको लागि सोचेर आफ्नै नेत्रित्वमा केही रकम बटुलेर टेक नेपाली र लाल नेपालीले रकम पठाएका थिए । लाल नेपालले मलाई हाकै भनेका थिए ‘ददीजी अरु संस्थाको भर, विश्वास लागेन । तपाई पत्रकारपनि भएकाले, स्वच्छ लागेकाले यो सानो सहयोग पिडितको ठाउँमा लगिदिनुहोला । यो शुरुवात हो । अझै हामी सहयोग बटुल्ने छौं ।’

DSC04441

उता पीडित चेपाङलाई राहत बाँडेपछी हामीले फेरी चेपाङ वालवालिकाकालागि राहत दिने निर्णय गर्‍यौं, त्यहि दिन । योगेश अधिकारीले राहत सामाग्री खोज्न हिँडे । मिनी ट्रकमा राहत हालेर गयौं । बाराण्डाभार जंगलको छेउमा । चेपाङ वालवालिकाहरु चिउँमुसी चिँ खेलीरहेका रहेछन् । हाम्रो बिहानको टोलीबाट बस्नेत बहिनी घटेपनि कविता खनाल थपिएकी थिईन् । हामी योगेश, देवेन्द्र र म त छँदै थियौं । चेपाङ वालवालिका राखेको थलोमा पुग्दा झमक्कै साँझ पर्‍यो । कसरी हो कुन्नी रत्ननगर टाँडी अस्पत्तलका स्विस डाक्टर रुथ सहित अर्की दन्त चिकित्सकपनि आएर हेरिन । रमाए । वालवालिका र हाम्रो कामपनि देखेर ।

DSC04497अहिलेका केटाकेटीलाई सिन्को उठाउन लगाउनपनि कती मुस्किल पर्छ । तर ति चेपाङ वालवालिकाहरु सबैले सकिनसकी, हाँसी हाँसी चामलका बोरा, नुन र तेल बोकिरहेका थिए । हामीलाई लाग्यो, अभावमा हुर्किएका वालवालिकाले कामको महत्व, आफ्नो सामाग्रीको थान्कोका बारेमा बढि बुझ्दा रहेछन् । अभावले मानिसलाई जिम्मेवार, हितैषी र कर्मशिलपनि बनाउँदो रहेछ ।

ति वालवालिका चामल, दाल, केराउ र नुन पाएकामा हर्षित बने । पहाडी बस्तीमा गिठा भ्याकुरसित लडाई गर्दापनि सधैं पाउन नसकेका तिनलाई राम्रो जानकारी हुँदो हो, आहारा भनेको कति महत्वपूर्ण हो । कती मुस्किलले पाईन्छ । रात झमक्कै पर्‍यो । बास बसेका मुजुरहरुले गाउँन थालीसकेका थिए । राती उड्ने लाटो कोसेरोहरु उडिसकेका थिए । चेपाङ वालवालिकालाई बिदा गरेर हामीपनि गूँडतिर फर्कियौं ।

तपाइँको प्रतिक्रिया