बाईबल पढ्नेलाई बोराका बोरा, नपढ्ने रित्तै
मकवानपुरको पहाडी बस्तीमा बस्ने चेपाङहरुको अवस्था भूकम्पले झै बिगारेको छ । त्यहाँ कोही पुगेको छैन भन्ने खबर आयो । लौ न त हेरौं भन्ने लागेपछी मैले सौराहाका साथी योगेश अधिकारएेलाई फोनमा संपर्क गरें । उनले तुरुन्तै ‘ल म अरु साथीहरुपनी खोज्छु । अरु तयार नभए म चाँहीँ जनह्छु ।’ तत्कालाई जवाफ दिए । पाँचै मिनेटमा उता जाने योजना बन्यो । योगेश हतारिँदै आए । घरैमा लिन । मकवानपुरको मनहरा पुग्यौं । सानो लाबुर, घैराङ, जेसी डाँडा, भट्टी चौतारीको वास्तबिकता बुझ्न खोज्यौं । मेरो काँधमा क्यामरा झुण्डिएको थियो । यस्सो हेर्दा कुनै दात्री संस्थाको मान्छे जस्तो लाग्दो रहेछ । मान्छेहरु सोध्थे ‘सर भूकम्प पीडितका लागी सहयोग जुटाउन आउनु भएको हो ? सर कुन संस्थाबाट ?’
मनहरा बजारमा पुग्नासाथ केही मानिसहरु सल्बलाएको, यता र उती गरिरहेको । कसैले चामलका बोरा बोकेको । कसैका बोरा ड्याम्म ड्याम्मका । कसैका आधी । कोही रित्तै । ‘हामीलेपनी पाउनुपर्छ राहत’ भन्दै मुख बिगारदै यताउता गरिरहेका । छेउमा एउटा कार थियो । त्यसमा रहेछन, चामलका दाता । हामीलाई जान्न मन लाग्यो। ‘राहत दिनेले कसरी र कसलाई बाँडेको होला ?’ उनीहरुसित एउटा सूची रहेछ । चामल कसकसलाई दिने ।
चामलका बोरा पाउनेहरु मख्ख थिए । नपाउनेहरु हिस्स परेका । कोही आक्रोशितपनि । ‘चामल नपाउनेहरुलाई सोध्यौं ‘दाई के भो ? कसले दिएको यो चामल ?’ ‘फात्तरले दिएको फात्तरले ।’ एक जना प्रजाले जवाफ दिए ।
हामीले बुझ्न खोज्यौं। ‘किन त पाइले पाउनु भएन ?’
‘पाएन ।’
किन ?
चामल सक्कियो भन्छ ।
अरुले पायो ?
पायो, बिबल (बाईबल) पाढ्नेले पायो ।
तपाईंहरु बाइबल पढ्नुहुन्न ?
पढ्दैन सर । त्यही भएर हामीलाई दिएन । छैन भन्छ ।
बाईबल पढ्नेलाई छानी छानी दिएको ?
लिस्ता (लिस्ट) बनाको राइछ सर । त्यो हेरियो, बाँर्यो । उनेरुलैऐ दियापछी सक्कियो । लु यत्ती हो भानेर ३ बोरा चामल दियो सर, बाँडेर खाउ भन्दै ।
कसले गरेको त्यस्तो ?
फात्तर (फादर) को मान्छीले सर ।
नपाउनेहरुपनि छन ?
छ नि सर । उन्तिस जनाले पाएन । उता दाँरोबाट हिंडेर आयो सर राहत दिन्चा भनेर, उनेरुको मान्छेलाई ठुलो ठुलो बोराको चामल दियो । हामीलाई दिएन, पाउनेले पनि थोरै पायो सर ।
केही भन्नु भएन यसो नगर्नुस् , सबैलाई दिनुस् भनेर ?
भानेको सर । तर सक्कियो, छैन भान्यो सर ।
हामी करिब २० मिनेट बस चढेपछि ओर्लियौं । जेखी डाँडा चढियो । करिब ३५ डिग्रीको घाम । साह्रै अत्यायो घामले । जेखी डाँडा पुगियो । युवायुवतीहरु खासै थिएनन् गाउँमा । सबै मनहरा बजार ओर्लिएका रहेछन राहत पाउने आशामा । बजारमा फादरले राहत बाँडेको कुरो जेखी डाँडामा भेटिएकालेपनि सुनाए ।
त्यहाँको अवस्था हेरेपछी हामी बुर्कुसी मार्दै झर्यौं । मनहरा खोलाको बगरै बगर प्लस्टिकका बोरा बोक्नेहरुले हामीलाई धेरै पटक सोधे ‘तपाईहरु राहत बाँड्न आउनु भएको हो की ?’
केहिले बाटोमा रोकेर धेरै गुनासा सुनाए । त्यसरी सुनाउनेहरु मध्ये राहत नपाउने थिए । जेसी डाँडाका अधिकांश चेपाङहरु क्रिस्चियन बनेका रहेछन । तिनलाईपनि फात्तरले राहत लिन बोलाएका रहेछन् । देखारी र सोलीघोप्टेतिरका धेरै चेपङ मध्ये जो क्रिश्चियन बनेका छन तिनलाई सूची हेरिहेरी भटाभट दिएछन चामल । तर जो क्रिस्चियन बनेनन् तिनलाई सकेसम्म नदिने । दिएपनि चार पाँच किलो मात्रै दिएर पन्छाउने गरेछन् ।
बाईबल पढाउने फात्तरले बुझ्छन कि बुझ्दैनन कुन्नी ! तर यो डाँडाका अनपढ भनेर हेपिएकाले चाहिँ बुझ्दा रहेछन, पिडा भोगेका, समस्यामा परेका बेला, बिपत्ती भोगिरहेका निसहायहरुलाई धर्म, जातजाती र कुनैपनि स्वार्थले हेप्नुहुन्न । दैनिक गुजारा गर्न नसकेर आशा गर्नेहरुलाई पक्षपात गर्नु ‘पाप’ हो । त्यसैले हामीसित गुनासो गर्दै मनोहरा खोलाको बगरमा राहत नपाएका चेपाङहरुले भने ‘सर यस्तो दु:ख पाएर हात थापेको बेलापनि धर्म हेरेर कसैलाई बोराका बोरा दिने । धर्म नमान्नेलाई चाहिँ रित्तै हात फर्काउन हुन्छ र ?











