भुकम्प पीडितहरुलाई थाहा मिडियाको राहत अभियान

  • मणिराज गौतम / हेटौंडा

11186266_1004263306258464_399494031_n

थाहा मिडिया ग्रुपले  आज ललितपुरको बुङमति र छम्पीका भुकम्प पीडितहरुलाई राहत सामाग्री वितरण गरेको छ । चामल, तेल, नुन, चिउरा, चाउचाउ, कम्बललगायत उपभोग्य बस्तुहरुसहित सात सय बोरा राहत सामाग्री वितरण गरिएको ग्रुपले जनाएको छ । राहत वितरण अभियानका संयोजक अजेयराज सुमार्गीलगायतले पीडितहरुलाई राहत वितरण गर्नुभएको थियो ।

11210162_1004263299591798_631512257_n

राहत वितरण गर्दै सुमार्गीले शोकलाई शक्तिमा बदल्नुपर्ने बताउनुभयो । भुकम्प प्रभावित अन्य जिल्लाहरुको लगत संकलनको काम भइरहेको र भोली दिउँसोबाट राहत सामाग्री पठाइने अभियानका सचिव सुरेश आचार्यले जानकारी दिनुभयो । यसैबीच, थाहा मिडिया ग्रुपले आजै काठमाडौंका विभिन्न १५ अस्पतालमा १५ सय कार्टुन खानेपानी वितरण गरेको छ । थाहा मिडिया गु्रपले भुकम्पका पिडितहरुको राहतका लागि ५ करोड रुपैयाको कोष खडा गरेर अति प्रभावित १२ जिल्लामा राहत बितरण अभियान चलाईरहेको छ ।

तपाइँको प्रतिक्रिया