राहत बाँड्नेको बाटैमा खोसाखोस
काठमाडौं आइपुगेपछी अस्तिनै साँझ के गर्ने भन्ने भो । साथी प्रवेश सुबेदीलाई लिएर साँझ मोटर साईकलमा साँखु गएँ । साँखुका कान्तिपुर संवाददातासित त्यहाँको अवस्था बुझियो । केही स्थानिय मनिषाले घेरा हाले । ईमान्दार रहेछन । यस्तो आपतको बेलापनी ढँटछल नगरि भने ‘हामीलैऐ खाने कुरोको खाँचो छैन । तत्कालकालागी पाएकापनी छौं । हामी आलु खानेरपनी बाँच्छौं । अरुलाई दिनुस् ।’ कहाँँ जाने ? कता जाने ? के गर्ने ? कसरी सहयोग गर्ने अन्यौल भयो । चारैतिर सल्लाह गर्दा तत्काल के गर्ने भन्ने समस्या भयो । अनी अन्तत काठमाडौं उपत्यका र सिन्धुपाल्चोकको सिमामा जाने निर्णय गर्यौंभ । तर सजिलो रहेनछ । खसिएला जस्तो एकदमै कच्ची बाटो। भूकम्प गएपछी बल्ल गाडी छिर्नलाई सगज बनाउँदै रहेछ । डोजरले कामा गर्दै थियो ।
(साँखुमा नेपाली सेना खन्न, खोतल्ने लगायतका सामाग्रीसहित, अझै मान्छे खोज्ने कामा जारी छ)
के लाने ? सबै कुराको अभाव रहेछ । सजिलोसित केहिपनि नपाईने । यस्ता खाद्द समान ओसार्ने, पूर्ती गराउने धेरै भारतीय हुने रहेछन । ति छोडेर भारततिर गए । भएकाको मनमा त्रास छ । सामानको ब्यापार गर्ने मानसिकतामा छैनन् । अहिले बाँड्ने रहर र मागको कारणले गर्दा सामान धेरै गएको छ । अर्थात माग बढेको छ । त्यसैले बल्ल तल्ल पाईन्छ सामान । सामान लिएर हामी बाटो लाग्यौं । साँखु यस्तो गाउँ हो उपत्यकामा एकदमै क्षती भएको । जहाँ सयौं घर पुरिएका छन । मान्छे बारेएमा त सुतेका छन् । तर घरअभित्र कहाँ के भो । को पर्यो ठेगाना छैन ।
स्थानिय मानिसहरु आँफैं जुटेर घर खोतल्न लागेका थिए । उद्दार गर्ने एउटा संस्थाका मानिसपनि रहेछन । त्यसपछी अगाडि बढ्यौं । बाटोमा केहि ठाउँमा चामल मागे । तर एक ठाउँमा त गाह्रो पर्यो । महिलाहरुले बाँसको ढाटले बाटो थुनेर बसेका, अगाडि कुनै गाडी जानै नदिन । हामी दुई ठाउँमा सामान खोस्न बसेकाको चंगुलमा पर्यौं । एक ठाउँमा सय जनाजती बसेका । गाडी रोक्यो सामान जबर्जस्ती झार्यो । हामीले यो सरकारी होइन । संस्थाकोपनि होइन भनेर हिँड्न खोज्यौं। तर तिन बोरा लिएरै छाडे । अर्को ठाउँमा त बाटोमा बाँसको छेकाटे बनाएर महिला बसेका । त्रिपाल, पाल चाहियो । ह्याँ देउ । नत्र छोड्दैनौं । यो निजी तर्फबाट हो । यहाँ त्रिपाल छैन भनेर बल्ल बल्ल सम्झाएर अगाडि बढ्न पाइयो । लगेर हामीले स्कूलका प्रिन्सिपल, गाउँका गन्यमान्य, पूर्व गाविस अध्यक्ष, सदस्य लगायत महिलाहरुलाई अगाडि सारेर सामान टिपाएर जिम्मा लगायौं । वास्तवइक खाँचो भएका, परिवारमा क्षती पुगेका, बस्ने खाने नभएका, पीडितअकै सूची बनाउन लगाएर बाँड्नकालागि ।
(हामीले लगेको केहि चामल नुन र पछील्लो फोटोमा भात्किएको स्कूल)














