गूड्ने कार नकिन्नुस् है आउँदै छ उड्ने कार

flying-car

अब सन्काहा पाइलटले कतै लगेर विमान जोतिदेला । भिरमा जानी जानी ठोक्काउला । अनाहकमा ज्यान जाला । बस चालकले लगेर भिरबाट गुल्टाउला । नदीमा चूबलिदेला, आफूले पत्तोनै नपाई भन्ने जोखिम मेटिने भएको छ । किनभने आकाशमै उड्ने कार तयार भएको छ । यो उड्ने कार सन २०१७ को शुरुबाट बजारमा बिक्रिका लागि जाने छ ।

स्लोभाकियाको एरोमिल भन्ने कम्पनीले उत्पादन गरेको सो कारको नाम रोडस्टार नाम राखिएको छ । यो कार आँफैंले उडाउन र आँफैंले गाडी झैँ हाँक्न सकिने छ । यसमा दुई जना बस्ने सिट हुने छन्  । यसलाई सकेस्म्म हलुको पारिने छ ।

एरोमोबिल कंपनीले मार्चको दोस्रो साता अमेरिकाको टेक्ससस्थित अस्टिनमा मेडिया सम्मेलन गरेर यो जानकारी सार्वजनिक गरेको थियो । महँगा कार किन्न रुचाउने कार पारखी र आकाशमा उड्न रुचाउने सौखिनहरुलाई लक्षित गरेर यस्तो कार निर्माण गरेको कंपनीले जनाएको छ । यो कार करिब सात सय किमी उडाउन सकिन्छ । यसलाई पेट्रोलबाटै चल्छ । यसमा अटो पाइलोटिङको ब्यवस्था हुन्छ । प्यारासुटसमेत जडान गरिएको हुनाले यदी पाईलट बिरामी भएको खण्डमा स्वतर्फूर्तरुपमै तल झर्छ । केहि बिग्रियो भने कोहिपनि हाम्फाल्नुपर्दैन ।

यो रोडस्टारले २०० माथिबाट नै कहाँ उत्रिने भनेर पत्ता लगाउन सक्छ । विशेष ठाउँ चाहिन्न घाँसमैपनि उर्लिन सक्छ । यसलाई नजारमा लगेर स्थापित गराइसकेपछी यो कम्पनीले अर्को कारपनी ल्याउने तयारी गरेको छ । यसमापनी पूर्णरुपमा गूड्आउन र उडाउन सकिने ब्यवस्था हुन्छ । अतिरिक्त पाईलट कोही चाहिन्न । उनीहरुले यो कार करिब ६४० किमी कालागी उपयुक्त हुनेगरी बनाएको बताएका छन् ।

तपाइँको प्रतिक्रिया