पर्यटकिय होटेलमा सुत्यो जंगली गैंडा

rhino-in-the-lodge-1

चितवनमा पर्यटक बस्ने होटेलमा गएर जंगली गैंडा सुतेको छ । चितवनको सौराहास्थित चितवन गैंडा लजमा गएर गए राती गैंडा सुतेपछि लजका मानिसहरु छक्क र मख्ख परेका छन । चितवन राष्ट्रिय निकुन्ज नजिकै पर्छ सौराहाको चितवन गैंडा लज । निकुञ्जबाट आएको गैंडा यो लजमा पसेर निकै घण्टा बसेको थियो । होटेलको पर्यटक बस्ने कोठाकै पिँढीसम्म पुगेर गैंडाले कोठातिर निगरानी गरेको थियो । लजका प्रबन्ध निर्देशक तथा चराविद टिका गिरीका अनुसार गैंडा होटेल भित्र सुतेर केही समय बिताएको थियो ।

rhino-in-the-lodge-2

rhino-in-the-lodge-3

rhino-in-the-lodge-4

rhino-in-the-lodge-5

गैंडा होटेलमा छिरेको थाहा पाएपछि होटेलका कर्मचारी र पर्यटकहरुले झ्यालझ्यालबाट हेरेका थिए । पर्यटकहरु रमाएका थिए । ‘मानिसहरुले दखल नगर्ने हो भने जंगली जिवजन्तुहरु मानिसकै वरिपरि आएर पनि रमाउँछन र सह अस्तित्वमा बाँच्न सकिन्छ’ टिका गिरीले उल्लेख गरेका छन् ।

(सबै तस्विर- टिका गिरी) 

तपाइँको प्रतिक्रिया