सरकार बिरुद्द उर्लिँदै चिकित्सक र जनता

kc1

प्राध्यापक डा गोबिन्द केसीले राखेका मागहरुको समर्थनमा देशभरिका जनता जाग्दै छन् । सरकारले चिकित्सा क्षेत्र सुधारकालागि केसीले राखेका १० माग पुरा नगरेको भन्दै जनता आक्रोशित बनेका छन । त्यो आक्रोश चितवनमा झन फैलिएको छ । चितवनमा डा केसीको माग समग्र चिकित्सा क्षेत्रको माग भन्दै आज विशाल र्‍याली निकालेका छन् । र्‍याली नेपाल चिकित्सक संघ चितवन शाखाले आयोजना गरेको बिरोध र्‍यालीमा चितवनका नर्सहरु, चिकित्सा क्षेत्रका बिद्यार्थी र स्थानिय तहबाट ठुलो समूदायसमेत मिसियो ।

20621_10153055471369003_4550508227856064939_n

बिरोधकर्ताहरुले सरकारले समग्र चिकित्सा क्षेत्रलाई सुरक्षित बनाउन नसकेको आरोपपनि लगाएका छन् । त्यसलाई अभिलम्ब सुरक्षित बनाउन माग गरेका छन् ।

10988091_10152898204138049_7236158045519092099_n

पापड चितवन, डेण्टल एशोसियसन चितवन शाखा, मेडिकल विद्यार्थीहरु सहितका आधा दर्जन बढी संघसंस्थाको पहलमा र्‍याली निकालिएको हो । यस अघी उनीहरुले रिले अनशन, हस्ताक्षर अभियान लगायतका बिरोधका कार्यक्रम गरिसकेका छन् ।

18089_10153055469379003_2295274217399540155_n

10924764_10153055470439003_74132907537730091_n

11075147_10152898370463049_48044336718238117_n

11096606_10152898571433049_1500687453252882394_n

डा.गोविन्द केसीलाई को जीवन बच्चाउने र केसीका माग समग्र चिकित्सा क्षेत्रकै माग भएकाले तिनलाई पुरा गराउन उनीहरुले दवाव दिने कार्यक्रम आयोजना गरिएको र त्यो सफल भएको नेपाल चिकित्सक संघ चितवन शाखा अध्यक्ष डा. कृष्णप्रसाद पौडेलले जानकारी दिएका थिए । मेडिकल क्षेत्रमा भ्रस्टाचार भएको भन्दै र्‍यालीमा सहभागिले भ्रस्टाचारबिरुद्द नाराबाजीसमेत गरेका छन् ।

(तस्विरहरु सबै डा कृष्ण पौडेल, चितवन) 

तपाइँको प्रतिक्रिया