नेपाल संझिन स्विसको घरमा लालुपाते

Robinson-Alburki 072

नेपालका हिमाली क्षेत्रमा चौंरी र गाई वस्तु पालनको अध्ययन गरेका । राष्ट्रिय निकुञ्जहरुको ब्यवस्थापनमा कामा गरेका स्विस डेभलप्मेन्ट प्रोजेक्टका पाट्रीक रोबिनसनसित भेट भयो । स्विजरल्याण्डको नुसातेलमा । भेटिनासाथ उनले नेपालअका केहि गहकिल कुरा सुनाए । पुरानो नेपालका । मैले आश्चर्य मान्नासाथ उनले भने ‘मैले त के देखें र । मेरो बुवा आमाले पो देखे, भोगे त नेपाल । तर दु:खको कुरो बा बित्नु भो । आमा हुनुहुन्छ ।’ उनले यो पनि भने ‘मेरो बा आमालाई दिल्लीमै चितुवा मार्न त्यहाँका स्थानियले हारगुहार गरेका रहेछन ।’

‘त्यो बेला दिल्लीमै चितुवा लाग्दो रहेछ ?’ मेरो जिज्ञासा थियो । यती सोधेपछी पाथ्रिसले आमालाई भेटउने कुरो गरे ‘ल म आमालाई फोन हान्छु । सहमती गरेमा बाटैमा यस्सो पसेर केहीबेर भेटौं ।’

मेडमा रोबिन्सन नेपाल गएको केही पटक हो । सन १९५० ताक । मिती ठ्याक्कै कण्ठ छैन । किनकी त्यो बेला उनका पती रोबिन्सन भारत स्थित बेलायती दुतावासमा कामा गर्थे । पतीको फेरो समाएर उनी भारत पुगिन् । उनैका पतीसित उनी केहि पटक नेपाल गईन । नेपाल पुगेपछी थाहा भो,  त्यहाँ त एउटा पनि गाडी रहेनछ । राणाहरुका लागि नेपालीले नाम्लोले गाडी बोकेर ल्याउन लागेकोपनि रोबिन्सनका दम्पत्तीले सुने ।

भारतमा त्यो बेला छ्यास्छ्यास्ती थिए गाडी । त्यती नजिकको भूगोलमा एऊटापनि गाडी गूड्दैन भन्ने सुन्दा ति छक्क परे । नेपाल घुम्न तिनकालागि इज्जाजत बेलाएती  दुतावासले मिलाएको थियो । तर कथामाडौं बाहिर जाने अनुमती भने रहेनछ । बिस्तारै उनीहरुले के बुझे भने नेपालमा राणाहरुकालागी केहि गाडी भित्रिने छन । राणा परिवार बाहिर निस्किन थालेपछी चालकआ आकर्षक झोलाहरु बोक्न थालछन । कथामाडौंमा उच्च घरानीया राणाहरुका लागि त्यही बेला छालाका झोलाको अभाव रहेछ ।   त्यो बुझेपछि रोबिन्सन दम्पत्तीले छालाका झोलाको ब्यापार गर्ने योजना बनाए । बिदेशबाट स्तरिय, महँगा छालाका झोला ल्याउने । भारत हुँदै चित्लाङको बाटो भरियालाई बोकाएर काठमाडौं भित्राउने । त्यो बेचेर पैसा कमाउने ।

उनीहरुले छालाका थुप्रै झोला खरिद गरे । भारतसम्म ल्याए । तर दूर्भाग्य ति झोला नेपाली भरियालाई बोकाएर चित्लाङको बाटो कटाउनु तिन दिन अघिनै कथामाडौंबाट दिल्लीकालागी विमान शुरु भएछ । विमानले सिधै ओसार्न थालेपछि तिनको ब्यापारिक योजना भंग भयो । तर ब्यापार गर्न नपाएपनी ति दम्पत्तीले काठमाडौं घुमे । नेपाललाई मनमा साँचे । आफ्नो पतीको मृत्‍यु भएपछी सन १९७२, ७३ तिर मेडमा रोबिन्सन फेरी आफ्नो छोरो पाट्रीक रोबिन्सनसित नेपाल गईन् । बदलिएको नेपाल हेरिन् । नेपाललाई फेरी नजिकबाट नियालिन् । नेपाललाई आँखामा साँचिन् । स्विजरल्याण्ड फर्केपछि त्यही नेपाल आँखामा घुमिरह्यो ।

लाङटाङ हिमालको क्षेत्रमा यात्रा गर्दा लालुपाते रातम्मे थियो । रातो लालुपाते फूलमाथि चम्केका सेता हिमालले उनको मन चोरे । स्विजरल्याण्ड फर्केपछि नेपालका अनेक द्रिष्य आँखामा नाचिरहे । नेपालअका अनेक द्रिष्यले संझाइराख्यो । अँचेटीराख्यो । त्यसपछी उनले सोचिन् ‘यो कोठाभरी नेपाल फैलिएको, घुमीरहेको छ, मनमा खेलिरहेको छ । नेपालमा पाइने कुनै सजिव वस्तु राख्न पाए हुन्थ्यो ।’ बुझ्दै जाँदा थाहा पाईन् ‘लालु पाते फूल यता स्विजरल्याण्डमा गमलामा बेचिँदो रहेछ ।’

गमलाको लाउपाते फूल ल्याएर सजाएको आज एक दुई दशक हुन लाग्यो । केहि लालुपाते जवानी भए । यही कोठामा हुर्किए । फैलिए । बढे । रातो रंग दिए । वैंशालु बने । ति बिदा भए । केहि लालुपातेका जीवन बदलिए, फेरिएपनि श्रीमती रोबिनसनको जीवन बदलीएको छैन । बरु बदलिँदै उनको घरमा नेपालको संझना बोकेर भित्रिने लालुपाते फूलले उनलाई लाङटाङ हिमालको संझना दिलाईरहेका छन् । ‘म बाँचुन्जेल यो कोठामा दुई चिज हराभरा भैरहने छन्, लालुपाते र त्यसले बोक्ने नेपालको संझना ।’

तपाइँको प्रतिक्रिया