बेल्जियममा गोर्खा सैनिकका नाममा स्मारक : दुतावासको कामले नेपालीबिच तिब्र बिबाद

  • सन्तोष न्यौपाने /बेल्जियम

statue-in the-memory-of-Gorkhas-in-Belgium

लामो समयको बिवादपछि नेपाली दुताबास बेल्जियमले इपरमा स्मारक निर्माण गरेको छ । औपचारिक रुपमा उद्घाटन नभएतापनि सामाजिक संजालहरुमा तस्विर र प्रतिक्रियाहरु आइरहेका छन्  ।  इपरमा स्मारक निर्माणको प्रक्रिया पूर्वराजदुत प्रमेस कुमार हमाल देखिनै प्रारम्भ भएको थियो  ।  पछि उक्त स्मारक कसले कसको मातहतमा बनाउने भन्नेपनि छलफल तथा बहसको बिषय बन्यो ।  बेल्जियम स्थित बिभिन्न संघसस्थाहरुले आफूहरुले नै रकम खर्चेर बनाउने चाहना देखएका थिए ।  नेपालबाट देशको रकम खर्च गर्नुभन्दा यही नेपालीहरु रकम खर्चेर निर्माण गर्नुपर्ने उनीहरको तर्क थियो ।  उता दुताबास भने नेपाली संघसस्थाहरुलाई सम्पर्क गरेतापनि सहमतिमा आउन नसकेको दाबी गरेको थियो ।

अब इपरमा स्मारक निर्माण भैसकेको छ ।  केहि दिनसम्म असहमति बाहिर आउने क्रम जारी रहनेछ ।  तथापी बेल्जियम स्थित नेपालीहरुले यस बारेमा के विचार राख्छन त ? यसै बिषयमा तयार पारीएको रिपोर्ट ।

स्मारकको शिलामा आफ़्नो नाम लेख्न राजदुतले राष्ट्रको ढिकुटी सिध्याउने काम गरे

मणि कुमार राई, किरात समाज, बेल्जियम 

mani-kumar-rai-belgiumइपरमा गोर्खालीको स्मारक बनेकोमा राम्रो हो । तर शुरुमा, नेपाली संघसंस्था मिलेर बनाउने कुरा हुँदा राजदुताबासले एक पैसोपनि दिन नसकिने भनेको थियो । अहिले के कसरि बजेट तर्जुमा गरियो ? जनताको पसिनाले जम्मा भएको रकममा भ्रष्टाचार गर्न पाएमा मात्रै काम गर्ने परिपाटीको निरन्तरता हो कि, कर्तब्यनै सम्झेर स्मारक बनेको हो ? शंका गर्ने थुप्रै कारणहरु देखिएको छ । किनकि यहाँका नेपाली संघसंस्था मिलेर आफ़्नो पुर्खाको स्मारक आफैं बनाउने कुरो भैराखेकोमा सरोकार संघसंस्थालाई कुनै जानकारी नगरि पुरै हस्तक्षेपकारी  तौरतरिकाबाट हाम्रो देशको बजेट स्वाहा बनाएर स्मारक बनाएकोमा थोरैपनि इमान्दारिताको छनक भेटिँदैन । अर्को कुरो, आज सबै नेपाली जनताहरु आफ़्नो कर्तब्य अधिकारको माग लिएर आन्दोलित छन् । तर यहाँभने पुरानै राजा माहाराजाको शैलीमा स्मारकको शिलामा आफ़्नो नाम लेख्न राजदुत महोदयले राष्ट्रको ढिकुटी सिध्याउने काम गरेका छन । भ्रष्टाचारी शासकहरुले नेपालमा त जनताको अधिकार खोसे खोसे । तर यहाँपनि आफ़्नो पुर्खाको स्मारक बनाउने जनताको अधिकार खोस्ने काम भएको छ ।

दुतावासको काम आफ्नो अभिभावकत्व पुरा गर्ने हो

देव पौडेल, अध्यक्ष, बागलुङ समाज बेल्जियम

dev-paudel-belgiumनेपाल र नेपालीलाई चिनाउने खालका जनसुकै काम गर्दा यहाँ भएका संबै संघसंस्थासंग समन्वय गरे त्यो जुनसुकै ब्यक्ती वा संस्थाले गर्दापनि हामी नेपालीको गौरब बढाउने खालको हुन्छ । तर बेल्जीयमको हकमा त्यो हुन सकेको देखिदैन । सबै ब्यक्तिलाई आफ्नो संस्थाको नामको होईन कि कुनै काम गर्दा आफ्नो नाम अगाडि आउनु पर्दछ भन्ने मानसिकताले सताएको देखिन्छ । यदि यहि प्रकारले यहाँको नेपाली समाज अगाडि बढने हो भने यहाँको नेपाली समाज अहिलेको भन्दापनि बढि बिखण्डित हुने देखिन्छ । त्यसैले यहाँको राजदुताबासले आफ्नो भुमिका अबिभाबकको रुपमा निभाऊन सक्नुपर्छ । यदि संचार माध्यममा आएको जस्तै हो भने दुताबासले आफ्नो गल्तिलाई सच्याउँदै सबै नेपाली समुदाय, संघसस्था मिलेर अगाडि बढि आफ्नो अबिभावकत्व पुरा गर्दै यसको मर्ममा आँच आउन दिन हुँदैन ।
दूतावास प्रमुखले कित्ताकाट गरेकाले हामीलेपनि कित्ताकाट गरेरै जानुपर्छ

पी जी शेर्पा, जनजाती महासंघ, बेल्जियम

pg-sherpa-belgium-2बेल्जियमस्थित नेपाली संघ संस्थाहरूको सक्रिय समन्वय र आर्थिक सहयोग संकलनबाट निर्मित भन्ने नखुलेपछि समन्वय नगरेको त प्रष्ट भईहाल्यो नि । त्यहाँ कही कतै नाम खुलेको पनि छैन । स्मारक निर्माण गर्ने पूर्व योजना बेल्जियमवासी नेपालीहरूको योगदान र सहयोगमा निर्माण गर्ने भनी २, ३ पटक दूतावासमा बैठक बसी निर्णय गरेको नै उत्तम थियो । तर पछि यसलाई विभिन्न द्रिष्टिकोणबाट आफ्नो स्वार्थ सिध्द गर्ने नियतले राजदूत र केही व्यक्तिहरू सक्रिय भएर बेल्जियमवासी हामी नेपालीहरूलाई पाखा लगाईयो । यसरी पाखा लगाउने काम हुनु पद अनुसार गैर जिम्मेवारी पनि हो । अकुसल क्षमता प्रदर्शन पनि हो भन्ने मेरो ठम्याई हो । गरीव देशबाट पैसा ल्याएर ईपर गुर्खाज स्मारक निर्माण गर्ने सोच्नु हुन्न । हामी बेल्जियमवासीको २,४ यूरो संकलनबाट नै बन्न सकिन्थ्यो । हामी बनाउन सक्छौं भन्ने नै सबै बेल्जियमवासी नेपालीहरूको भनाईपनि थियो । अब के गर्न सकिन्छ भन्ने कुरामा नेपाली दूतावास प्रमुखले कित्ताकाट काम गरेपछि हामीपनि कित्ताकाट गरेर नै जानुपर्छ र बेल्जियमवासी हामी नेपालीहरूले अलग्गै श्रध्दान्जली समारोहको व्यवस्था गरी अघि बढनु पर्छ ।

दूतावासले ठिक गर्यो

यसोदा थापा, एन आर एन महिला संयोजक, बेल्जियम

yasoda-thapa-belgiumमेरो बिचारमा स्मारक बन्नु धेरै राम्रो हो । तर यहाँ स्मारक बनाउने कुरामा धेरै बिबाद भएको थियो । तैले र मैंले । तेरो संस्था र मेरो संस्थाको नाम राख्नुपर्छ भन्दैमा धेरै बर्ष बित्यो । राम्रो कामको कदर सबैले गर्नुपर्छ । कुरा रह्यो, दुताबासको । शाहीदको स्मारक बनाउन कसैसँग सोध्नुपर्छ जस्तो मलाई लाग्दैन । दूताबासले जे गर्यो ठीक गर्यो । बिवाद सकियो । स्मारक बन्यो । गोर्खालीको आत्माले शान्ती पायो । नत्र तँ पहीला की म पहिला भन्दा भन्दै ट्रेन छुट्या जस्तो हुन्थ्यो । १२ वर्षको बिवाद टुंगियो ।

दुतावासको कदम अलोकतान्त्रिक र फासीवादी

प्रेम पाठक, अध्यक्ष; नेपाली जनप्रगतिशील मोर्चा, वेल्जियम

prem-pathak-belgiumप्रथम विश्वयुद्धमा वृटिशहरुको पक्षमा लड्दा वेल्जियमको इपरमा विरगति प्राप्त गरेका नेपालीहरुको सम्झनामा स्मारक वनाउने सवालमा विगत लामो समयदेखि वेल्जियमवासी नेपाली समुदाय र नेपाली दुतावास वेल्जियमवीच फरक अवधारणा रहँदै आयो ।

वेल्जियमस्थित नेपाली समुदायले खोजविन गरेर पत्ता लगाएको, तमु समाज वेल्जियमले उक्त स्थानमा हरेक वर्ष श्रद्धान्जली कार्यक्रम आयोजना गर्दै आएको, सम्पुर्ण नेपाली समुदायको सहभागितामा वन्दा सहादत प्राप्त गरेकाहरुसँग जोडिएको विभिन्न समुदायको भावनापनि समेटिने, वेल्जियम वाहेकका ठाउँ हरुमा पनि यस्ता स्मारकहरु नेपाल सरकारले निर्माण नगरेको, भावनात्मक तथा सांगठनिक रुपमा जोडिएका संघसंस्थाहरुको पहलमा निर्माण भएको, स्मारक निर्माणका लागि आवस्यक खर्च नेपाली समुदायकै स्वेचिछक सहयोगवाट संकलन गरिने हुँ दा राष्ट्रको ढुकुटीवाट खर्च गर्न नपर्ने जस्ता विविध सकरात्मक पक्षहरुलाई आधार वनाई दुतावासले वनाउन उचित नभएको कुरामा नेपाली समुदायको वीचमा आम सहमतिनै भएको हो ।

यो आम सहमतिलाई लिएर हामी वेल्जियमस्थित नेपाली संगठनका प्रतिनिधीहरुले दुतावासमा गई महामहिम राजदुत राममणि पोख्रेलसँग पटक पटक भेटी ध्यानाकर्षण गराइएको र उक्त अवसरमा राजदुत पोख्रेलले नेपाली समुदायको भावना र सहमतिमानै स्मारक निर्माण गर्ने मौखिक सहमति गरेका थिए । यसै विषयलाई लिएर इपरको प्रशासनलेपनि दुतावास विनानै नेपाली समुदायले पनि स्मारक निर्माण गर्न सक्ने व्यहोरा सहितको पत्र दिएको थियो । तरपनि यसलाई अनावस्यक संघर्षको रुपमा लैजान भन्दा सहमतिमानै निर्माण गर्दा उत्तम हुनाले सहमतिको लागि प्रतीक्षा गरिरहेका सम्पुर्ण वेल्जियमस्थित नेपाली समुदायको मर्म र भावना विपरित दुतावासले स्मारक निर्माण गरेको जानकारीमा आएकाले उक्त अलोकतान्त्रिक र फासीवादी कदमको हामी घोर भर्त्सना गर्दछौं ।

दुतावासले बनाएपनि राजदूतकै नाम त झुण्डियो नी

सीता सापकोटा, बि पी प्रतिष्ठान, बेल्जियम 
sita-sapkota-belgium

हाम्रा पुर्खाहरु, हाम्रा पुर्बजहरु भनेका हाम्रा ईतिहास हुन । श्रदा र सम्मानका प्रतिमुर्ती हुन । पूर्व  शैनिकहरुको नाममा स्मारक बनाउनु भनेको उनीहरु प्रतीको सम्मान र भोलीका दिनमा हाम्रा सन्ततीहरुले ईतिहास सम्झने स्थल र माध्यम हो ।  तर यहाँ स्मारकको नाममा राजनिती भयो ।  जुन नहुनु पर्थ्यो ।  दुख को कुरा हो । राज्यको दायित्व,  नेपाली समाजको दायित्व र हामी प्रत्येक नेपालीको दायित्वभन्दापनि ब्यक्तीको नाम र मान सम्मानको पछाडी कुदेको देख्दा उदेक लागेर आयो । साझा सवालमा राष्ट्रियताको साझा एक मत हुनु जरुरी थियो । त्यो हुन सकेन ।

स्मारक बन्नु भन्दापनि मेरो नाम माथि हुनुपर्दछ र मेरो नेतृत्वमा हुनुपर्दछ भन्ने बिषयले प्राथमिकता पायो ।  यो नितान्त दुखद कुरा हो । चाहे गैर आवासिय नेपालीको नेतृत्वमा होस चाहे तमु समाजको त चाहे दुतावासको । ईपर स्मारक बन्नु पर्दछ भन्ने आम बेल्जियमवासी हामी नेपालीको चाहना हो । २, ३ बर्ष त नेतृत्व होडबाजीमै समय बित्यो । अहिले दुतावासले राजदुत ज्युको नामको प्लेटसहितको एउटा मुर्ती राख्यो । नहुनु भन्दा कानै मामा ठिक भन्ने उक्तीलाई त केही हदसम्म पुरा गर्यो । त्यहाँपनि आखिर ब्यक्तिकै नाम झुण्डियो । त्योभन्दा नेपाली दुतावास राखिदिएको भए राम्रो हुने थियो । यसो भन्दै गर्दा हामी कसैको नामसंग आग्रह पुर्वाग्रह राख्दैनौ । तर यही नामकै निम्ती त रहेछ छ स्मारक निर्माणपनि भन्ने अनुभुती भएको छ । काम भन्दा माथी सबैलाई नाम नै चाँहिदो रहेछ भन्ने यथार्थ साबित भएको हाम्रो बुझाई हो ।

बेल्जियमबासि नेपालीको अपनत्व नभएको स्मारक किन चाहियो ?

जित लामा, नेपाली  जनप्रगतिशिल मञ्च, बेल्जियम 
JIT LAMA नबन्नु भन्दा बनेकै राम्रो भो नि भन्ने खालको केही बिचारहरु पनि देखियो । तर यो होईन । बेल्जियमस्थित प्राय सबै संघ संस्था तथा तत्कालिन एनआरएन समेतलाई अपमानित गर्दै नेपाल सरकारको बजेटले बेल्जियमबासि नेपालीहरुको अपनत्व नरहने गरि बनाएको बेल्जियमको इपर स्मारक बनाउनु भन्दा नबनाएको भए राम्रो हुन्थ्यो । प्राय सबै समाजलाई फुटाएर एक अर्कामा बैमनश्यता पैदा गरेर बनाएर कसैलाई फाइदा गरेको छैन । नेपालमा स्वयं राजदुत संलग्न रहेको पार्टीले भनेको जस्तै जनताको अपनत्व नहुने संबिधान किन चाहियो भनेर आन्दोलन गरिरहेको अवस्थामा बेल्जियमबासि नेपालीको अपनत्व नभएको स्मारक किन चाहियो ? सबै संघ संस्था तथा नेपालीको सहमति र अपनत्व हुनेगरी बनाउनुपर्ने थियो । सहमतिको सम्भावाना पनि थियो । अब हरेक बर्ष त्यहि स्मारक मुनि तमु समाज तथा दुताबासकै आदेशमा बनेका निर्माण समिति र जसलाई आँफैंले अपमानित ढंगले पन्छाएको ब्यक्तिहरु समेतले मुख अमिलो गर्दै फुल चढाउनु बाहेक के नै रहयो र ?

समाजसेवा वा राष्ट्रियहित भन्दा आफ्नै नामको लेबल लाउन खोज्ने प्रबृतीको दुखद परिणाम

उज्ज्वल के सी, कलाकार, बेल्जियम

ujjwal-kc-belgiumयो कार्यको उठान मैले जानेसम्म तमु समाज बेल्जियमबाट भएको हो । यदी सबै नेपालीले वहाँहरूको नेत्रित्वमा नेपाल र नेपालीको सम्मान बढ्ने गरी बनाएको भए अति उत्तम हुन्थ्यो । तर यहाँ समाजसेवा वा राष्ट्रियहित भन्दा खाली आआफ्नै नामको लेबल लाउन खोज्ने प्रबृती जताततै ब्याप्त हुनुको दुखद परिणाम मध्यकै योपनि एक परिणती हो । यो बिगतमा पनि जयन्तु स॔स्कृतम सनातन धर्मका समाजसेवीहरूले थालेको नेपाल घरको थालनीलाई एनआरएनएले कब्जा गर्न खोजेपछि योजना तुहियो । यि यावत अनुभव पश्चात यो परदेशी भूमीमापनि यदि नेपाली समाज फुटेर होईन जुटेर अघि बढेन भने भोली आउँदो पुस्ताले धिक्कार्ने छ । जहाँसम्म सम्मानित राजदुत ज्यूको कुरो छ यदि बहाँले ब्यक्तिगत खर्चमा स्थापित गरेको हो भने उहँको नाममा स्थापित लेख्नु ठिक हो । तर राज्यको खर्चमा हो भने उद्घाटित हुनुपर्ने हो ।
कांग्रेस र माओवादीको झोला स्मारकले गर्दा फाट्यो

राम पुन, एन आर एन आन्तर्प कमिटि 
ram-pun-belgiumमलाई साह्रै खुसि लागेको छ । किनकी यो कुनै जातिको नाम राजनीतिक गर्ने भाडो भएको थियो । कुनै गोर्खाली नेपाल देशको लागि लडेको होईन इंडिया बाट लडेका हुन् ।  माओवादीले जातीय राज्य दिन्छु भनेजस्तै हो । त्यसो भएर राजदूतावासले जे गर्यो  ठिक गर्यो । बधाई छ नेपाली राजदूतावासलाई मेरो ।  कुनै दुई मत छैन खुसि लाग्यो ।

किनकी चार वर्ष एन आर एन बेल्जियम यहि इपरको र नेपाल हाउस राजनिकमा बित्यो । आज बेल्जियमका माओवादीले बोकेको झोला पनि फाट्यो । कांग्रेसकोपनि यहि इपरले फाट्यो । अझपनि बहिस्कार गर्दै हिड्ने पनि यहि इपर हो । त्यही भएर जे होस खाईन पाईको एउटा बाटो सफा गर्दिएछन् खुसि लाग्यो ।

आर्थिक मामलामा पारदर्शिता छ वा छैन दुताबासले प्रस्ट पार्नु आवस्यक

दुर्गा प्रसाद सुबेदी, अध्यक्ष एभरेस्ट नेपाली समाज, ब्रुज 
durga-prasad-subedi-belgiumस्मारक बन्नुपर्थ्यो । बन्यो । राम्रो भयो ।  झगडा हुनु राम्रो होइन । लुछाचुँडीमा भुल्नु भन्दा दुताबासले बनाएको राम्रो भयो । अबका दिनहरुमा सबै मिलेर अगाडी बढ्नुको बिकल्प छैन ।  अब बनिसकेपछि विवाद खडा गर्नुभन्दा बरु आउने दिनहरुमा अरु बिषयहरुमा सबैको अस्तित्व स्वीकार गर्दै अगाडी जानुपर्दछ । तर आर्थिक मामलामा पारदर्शिता छ वा छैन त्यो हामीहरुले खोज्न पाउनु पर्दछ । दुताबासले प्रस्ट पार्नु आवस्यक छ ।

राजदूतको गालामा कालो धब्बा

सोम थनेत, जनजाती सरोकार मञ्च युरोप, बेल्जियम 
Som-Narayan-Thanet--Badaka-Belgium-00545322120

खास गरी जातिय पहिचानको सवालमा बेल्जियममा कालो धव्वा लागेकै थियो । महामहिम राजादुत राममणी पोखरेलज्युको गालामा । पछिल्लो समयमा उनले त्यो कालो धव्वा मेटाउने प्रयत्न गर्दै गर्दा कालोलाई सेतो वा अन्य रङ्गले पोत्नु पर्ने थियो । तर कालो धव्वालाई उनले मोबिलले पोती दिए । Installed by H.E. Ram Mani Pokharel भन्ने वाक्यले के अर्थ लगाउने ? अथवा सत्य त्यही नै हो । अर्थात उनले आफ्नो खल्तीबाट बनाए भन्ने बुझ्छौ हामीले । बेल्जियममा यती ठुलो संख्यामा उपस्थित नेपाली समुदायमाथि उनले हैकमता र सामन्तीपन लादेकै हुन ।
राजदुतको नाम नभएर दुतावासको मात्रै भए उत्तम हुने थियो

उल्का घिमिरे / दिनेश भण्डारी

जन सम्पर्क समिति बेल्जियम 

एउटै कुरामा वाद विवाद गरिरहनु भन्दा नयाँ विषयतिर ध्यान केन्द्रित गर्दा लाभदायक हुन्छ होला । बन्ने चिज बन्नु थियो । बन्यो । नाम लेख्दा राजदुतको नाम नभएर दुतावासको  मात्रै नाम भएको भए उत्तम हुने थियो ।  समय सापेक्ष बिषयबस्तुहरुमा कार्य गर्नु जरुरी छ ।

तपाइँको प्रतिक्रिया