स्विजरल्याण्डमा भिड्ने भए युरो कपकालागि नेपाली
नेपालसित तुलना गरिने युरोपको सुन्दर देश । धेरैको सपनापनि स्विजरल्याण्ड देख्ने । यही सुन्दर देशमा अबको गर्मी याममा नेपालीहरुलाई अवशर जुरेको छ, नेपाली नेपालीहरु बिच युरो कप फूटबल प्रतियोगितामा भिड्ने । स्विजरल्याण्ड कस्तो रहेछ भनेर हेर्ने अवशरपनी जुरेको छ । फूटबलका पारखीहरुकालागि खेलेर आफ्नो सिप देखाउने । प्रशंसकहरुले हेरेर मनोरञ्जन लिने । एन आर एन स्विजरल्याण्डले युरो फूटबल कप आयोजना गरेर यो अवशर जुराएको हो । जून २७ र २८ (सनीवार र आइतवार) युरोपका नेपाली खेलाडीहरुबिच फूटबल प्रतियोगिता गराइने छ ।
आयोजक एन आर एन स्विजरल्याण्डले जनाए अनुसार अधिंकांश खेल शनीबार नै सकिने छ । सेमी फाईनल र फाईनल भने आतवार हुने छ । पुरस्कार बितरण र बिदाई जस्ता औपचारिक कार्यक्रमा आईतवार बिहान सकिने छ । खेल आईतवार बिहानै सकिने हुनाले आईतवारनै आआफ्ना मुलुक फर्किन स्विजरल्याण्ड आएका नेपालीहरुलाई सहज हुने छ । खेल आयोजकहरुले युरोपका बिभिन्न मुलुकबाट आउने खेलाडीहरुलाई आर्थिक भार धेरै नपरोस भनेर सात जना खेलाडी र अन्य तीन जना गरी १० जनाको लागि सात सय युरो मात्र लिने निर्णय गरेका छन । यो रकमले दश जनालाई जुन २६ को साँझदेखी खेल सकिने जुन २८ को बिहानसम्म खान र बस्ने ब्यवस्था गरेका छन । अर्थात ७०० युरो तिरेपछी १० जनाले खेल अवधिभर खान र बस्न पाउने छन ।
त्यसो त, यो खेल आयोजना गर्नुको कारण खेलमा मात्रै सिमित राखिएको छैन । नेपाली नेपालीबिचको मित्रता, भाईचारा र हार्दिकता बढोस् । युरोपका अन्य मुलुकमा बसेका नेपालीबिच परिचय होस् । एक अर्को मुलुकका नेपालीको ज्ञान, अनुभव, भोगाई र बिचारहरु आदानप्रदान होस् भनी नेपालीहरुबिच परिचयात्मक कार्यक्रमकारुपमापनि यसलाई एन आर एन स्विजरल्याण्डले लिएको हो ।
युरोपका बिभिन्न मुलुकमा रहेका नेपालीहरुले सस्तो र सुलभ तरिकाले स्विजरल्याण्ड घुम्ने र त्यो अवशरमा युरोपका अन्य मुलुकका नेपालीसितको अनुभव आदानप्रदानसमेत होस् भनेरपनि यो खेल आयोजना गरिएको आयोजकले बताए । थुप्रै मुलुकबाट यसमा सहभागि हुने प्रतिबद्दता जनाएकाले पनि खेललाई थप ब्यवस्थित, मर्यादित र नेपालीहरुको उपस्थितिलाई सहज बनाउनकालागि बेलैमा आफ्नो फूटबल टोलीको नाम दर्ता गराउन र खेलकूदमा सहभागि नभएपनि यसमा दर्शकका रुपमा सहभागि हुन चाहनेकालागिपनि बस्ने र खाने ब्यवस्था उचित मूल्यमा गर्न सकिने भएकोले बेलैमा खबर गर्न आयोजक एन आर एन स्विजरल्याण्डले आग्रह गरेको छ ।
फूटबल खेलको समय तालिका, केही नियम र सम्पर्ककालागि हेर्नुस्
पुरस्कार :
पहिलो पुरस्कार : २१०० स्विस फ्रान्क (दुइ हजार एक सय स्विस फ्रान्क)
दोश्रो पुरस्कार : १३०० स्विस फ्रान्क (एक हजार तिन सय स्विस फ्रान्क)
तेस्रो पुरस्कार : ७०० स्विस फ्रान्क (सात सय स्विस फ्रान्क)
अन्य अरु पुरस्कारहरु पनि हुने छन् ।
खेल सम्बन्धि महत्वपूर्ण जानकारी
– खेलाडीको संख्या १० जना हुने छ I खेलमा ७ जनाले खेलिने छ र ३ जना भने परिबर्तन गर्न सकिने छ ।
– सम्पूर्ण टिमहरु २६ जुनको बेलुका २२.०० बजेसम्म आइपुग्नु पर्ने छ ।
– २६ जुन बेलुका, २७ र २८ गते बिहान सम्म खेलाडीहरुका लागि खान र बस्नको व्यवस्था गरिएको छ ।
– प्रत्यक टिमले अप्रिल अन्तिम सम्म ७०० युरो र १० जना खेलाडीहरुको नामावली एन आर एन ए स्विसलाइ पठाईसक्नुपर्ने छ । ( ७०० युरो – १० जना खेलाडीहरुका लागि खान, बस्न र खेल्न सहित)
रकम पठाउने ठेगाना
- शिव रिजाल (एन आर एन स्विजरल्याण्ड आइ.सी.सी) – ००४१ ७८ ८५१ ५९ ३१
- धर्म गुरुङ (अध्यक्ष, एन आर एन स्विजरल्याण्ड) – ००४१ ७६ ३७८ ३३ ७७
- दिपक शर्मा खतिवडा – ००४१ ७८ ९२४ ८० ३९
- सुबाश पोख्रेल – ००४१ ७९१३८५५००
- शुक्र श्रेष्ठ – ००४१ ७६ ५७० ७५ ६०
स्थान :
Schwimmbadstrasse 7, 5000 Aarau, Switzerland
संयोजक –
निराजन श्रेष्ठ – ००४१ ७८ ६२५ १७ ४४
बिदुर संग्रौला -००४१ ७८ ७२८ ८४ ४६
आयोजक –
एन आर एन ए स्विटजरल्याण्ड
साथमा स्विसबासी नेपाली
एन आर एन स्विजरल्याण्डको सूचनापनि हेर्ने भए
युरोप स्तरिय नेपाली फूटबल प्रतियोगिताको जानकारी
आदर्णिय दाजुभाई तथा दिदी बहिनीहरु, गैह्र आवाशिय नेपाली संघका पदाधिकारीज्यूहरु, युरोपमा रहेका बिभिन्न नेपाली संघ संस्थाका पदाधिकारी तथा महानुभवहरु, लेखक, पत्रकार, संगितकर्मी र सामाजिक ब्यक्तित्वहरूमा एन आर एन स्विजरल्याण्डको तर्फबाट अभिवदन टक्र्याउन चाहन्छौं ।
प्रवाशमा रहेरपनि बिभिन्न समस्या, कठिनाई र अन्य अड्चनले गर्दा हामी नेपालीहरुमा ठूलो संभावना, सिप, चाख र रहर हुँदाहुँदैपनि खेलकूदका क्षेत्रमा सोचेजस्तो प्रगति गर्न पाएका छैनौं । हामी खासगरि दोस्रो पुस्ताका नेपालीलाई युरोपका बिभिन्न मुलुकमा स्थापित हुनैकोलागि संघर्ष गर्दागर्दै दैनिक जीवनका काम बाहिर अन्य शारिरिक, बौद्दिक र यहाँका अवशरहरू खोज्ने फूर्सद मिल्दैन । हाम्रा युवाहरूलाई चाहेरपनि खेलकूदमा सरिक गराउन सकेका छैनौं । युरोपका बिभिन्न मुलुकमा बस्ने नेपालेहरुबिच संपर्क गराएर एक अर्काका अनुभव, ज्ञान, सिप र भोगाई सझेदारी गराउन सकेका छैनौं । समय र रुचि हुँदाहुँदैपनि युरोपको महगीले गर्दा पर्टकले झैं होटेलमा बसेर युरोपका अन्य मुलुक हेर्न, त्यहाँका नेपालीसित भेट्न र अन्य मुलुकबारे सिक्न अड्चन हुने गरेको छ । यहि रुचिलाई मननगरि एन आर एन स्विजरल्याण्डले यहि जुन २७ र २८ का दिन युरोपका नेपालीहरुबिच युरोप स्तरीय मैत्रीपूर्ण फूटबल प्रतियोगिता गराउने निधो गरेको छ । नेपालीहरूलाई ठूलो आर्थिक भार नपरोस्, ओहोरदोहोरमा समस्या नहोस् भनेर सस्तो र सुलभ मूल्यमा प्रतियोगिता हुन्जेलसम्म सुलभ र नेपालीको आर्थिक भारले थेग्नेगरी ब्यवस्था मिलाएका छौं ।
विशुद्द खेल र प्रतियोगिता मात्रै नभएर यसले नेपाली नेपालीबिचको भाईचारा, सुमधुर संवन्ध र परिचयको अवशर जुराउने कडीका रुपमा हामीले यसलाई लिएका छौं । प्रवासमा रहेका नेपालीहरुबिच मित्रता बढाउनुका साथै यसले दोस्रो पुस्ताका नेपालीकालागि केही सिक्ने महत्वपूर्ण अवशर जुराउने छ भन्ने हाम्रो विश्वासपनि छ । यस प्रतियोगितामा भाग लिनका लागि विभिन्न युरोपेली मुलुकमा रहनु हुने नेपाली प्रतियोगी टिमहरुले तल उल्लेखित व्यक्तिहरुलाइ सम्पर्क गर्न सक्नु हुने छ । यसलाई सफल पार्न, धेरै नेपालीको पहुँचमा पुर्यािइदिएर सहयोग गर्नुहुन हामी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक आग्रह गर्दछौं ।
पुरस्कार :
पहिलो पुरस्कार : २१०० स्विस फ्रान्क (दुइ हजार एक सय स्विस फ्रान्क)
दोश्रो पुरस्कार : १३०० स्विस फ्रान्क (एक हजार तिन सय स्विस फ्रान्क )
तेस्रो पुरस्कार : ७०० स्विस फ्रान्क (सात सय स्विस फ्रान्क)
अन्य अरु पुरस्कारहरु पनि हुने छन् I
खेल सम्बन्धि महत्वपूर्ण जानकारी
– खेलाडीको संख्या १० जना हुने छ I ( खेलमा ७ जनाले खेलिने छ र ३ जना भने परिबर्तन गर्न सकिने छ )
– सम्पूर्ण टिमहरु २६ जुनको बेलुका २२.०० बजे सम्म आइपुग्नु पर्ने छ I
-२६ गते बेलुका ,२७ र २८ गते बिहान सम्म खेलाडीहरुका लागि खान र बस्नको व्यवस्था गरिएको छ I
– प्रत्यक टिमले अप्रिल अन्तिम सम्म ७०० युरो र १० जना खेलाडीहरुको नामावली एन आर एन ए स्विसलाइ पठाई सक्नु पर्ने छ I ( ७०० युरो – १० जना खेलाडीहरुका लागि खान, बस्न र खेल्न सहित)
एन आर एन ए स्विटजरल्याण्ड a / c No . ८५-४९७९६०-९
सम्पर्क शिव रिजाल (आइ.सी.सी स्विस)- ००४१ ७८ ८५१ ५९ ३१
धर्म गुरुङ(अध्यक्ष) – ००४१ ७६ ३७८ ३३ ७७
बिदुर संग्रौला – ००४१ ७८ ७२८ ८४ ४६
दिपक शर्मा खतिवडा – ००४१ ७८ ९२४ ८० ३९
शुक्र श्रेष्ठ – ००४१ ७६ ५७० ७५ ६०
स्थान : Schwimmbadstrasse 7, 5000 Aarau, Switzerland
संयोजक – निराजन श्रेष्ठ – ००४१ ७८ ६२५ १७ ४४
आयोजक – एन आर एन ए स्विटजरल्याण्ड
साथमा स्विसबासी नेपाली





