सन्तान दिनेलाई पहिचान नदिनेले नारी स्वतन्त्रताका गफ हाँक्ने ?

  • कल्पना मगर / लुभेन, बेल्जियम

kalpana-magarआज भन्दा १०५ वर्ष अगाडी संसारका महिलाहरूले पुरुष र महिलाबिचको भेदभाव बिरुद्धमा लामो समय आनदोलन गरी प्रप्त गरेको अधिकारको महान दिन हो । पुजिवांदी ब्यापारको चरम होडबाजीमा बिकसित मुलकहरुका महिलाहरुले पुरुष सरह काम गर्थे । तर एउटै श्रम गर्ने महिला र पुरुषबिच रहेको असामनता पारश्रमिक असमनाता थियो । त्यही असमनाताको बिरुद्ध संसारभरीका महिलाहरु जुर्मुराएर उठेका थिए । महिलाहरुले राज्यले गरेको बिभेदको बिरुद्ध समान कामको समान ज्याला पाउनू पर्ने माग राख्दै शसक्त आन्दोलन गरी आफ्ना अधिकार सूनिश्चित गरेका थिए । पुरै अमेरीका र यूरोपमात्र मात्र नभएर संपुर्ण बिश्वलाईनै हल्लाउने गरी भएको आन्दोलनले व्यापक हुदै जादां यूरोप र अमेरीकाको सहरमा महिलाहरुले बिरताका साथ लडे । थुप्रै महिलाहरुले साहादात प्राप्त गरे ।

१९०८ देखि संसारका समाजबादी पार्टींहरुले महिलाहरुको अधिकारको लागि अन्तर्राष्ट्रीय सम्मेलन गर्दै आउँदा भियाना सम्मेलनबाट महिलाहरुले भोट हाल्न पाउने अधिकार र अफिसमा काम गर्न पाउने अधिकारकोलागि ससक्त अन्दोलन गर्ने निर्णय गर्दै आन्दोलन गरे अन्तत सक्तिशाली भनिने देस अमेरीका, बेलायत, जर्मनी जस्ता देसका सरकार महिलाहरुको आन्दोलनको अगाडी घुँडा टेक्न बाध्य भयो । यही आन्दोलनले महिलालाइृ पनि पुरष सरह श्रम र अधिकार दिन बाध्य बनायो । बिश्वका सबै देशले यो नियमलाई लागु गर्न बाध्य भए । यहि उत्सवलाई संसारभरका महिलाहरूले प्रेरणादायी उत्सवको रूपमा मनाईरहेको पाईन्छ ।

कतिपय समाजबादी देशहरुमा यो दिनलाई सार्वजनिक बिदा दिईन्छ भने पूँजीवादी देशहरुमा सार्वजनिक बिदाको ब्यवस्था अझै भएको पाईदैन । एकाईसौं शताब्दीसम्म आईपुग्दा बिश्वका धनी देशका महिलाहरूले यो दिनलाई उत्सवको रूपमा मनाउन सफल भैसकेकाछन भने बिश्वका कयौं देशहरू जून देशमा महिलाहरू समाजबाट लिङ्गियरूपमा हेपिएका, पिछडीएका छन यो दिन एक चूनौतिको रूपमा मनाउन बाध्य भैरहेका छन । यहि दिनलाई आधार मानेर महिलाहरुको अधिकारकोलागी लडिरहेका छन । यद्दपि संसारभरका महिलाहरू यो दिनको प्रभावबाट अछूतो रहेका छैनन ।  तर फरक यति मात्र छ की सबैले यसको आआफ्नै महत्वका साथ मनाउने गरेको देखिन्छ । विश्वका कयौं उत्पिडीत महिलाहरू लगायत नेपाली महिलाहरूले पनि निरन्तर सघर्षकैरुपमा महिला दिवसलाई असाध्यै महत्वका साथ मनाउने गरेको छन ।

परम्पराबादी सामन्तिबादी राज्य ब्यवस्थामा आधारित नेपाली साशन ब्यवस्था र पुरुष प्रधान नेपाली समाजको बनोटका कारण नेपाली महिलाहरु पुरुषको दासको रुपमा मात्र उपयोग गरिएको थियो र अझै पनि यो ब्यवस्थालाई नेपाली परम्परा भनेर लागु गरेको पाईन्छ । चुलो र चौकाको घेरावन्दीमा रहेका नेपाली महिलाहरुले ईतिहास रच्दै १० वर्षे जनयूद्धमा होमिएका साहसी महिलाहरूले समाज परिबर्तनको लागी योगदान गरे । महिलाहरुको छुट्टै ब्रिगेट बनाउन सफल भए । ति बिर साहासी महलिाहरुले महिलाहरु पनि नेपाली समाज मा पूरूष सरह शारीरिक,  मानसीक र राजनैतिक रूपमा समान सहभागिता हून सक्छ भन्ने कूराको सप्रमाण जनमूक्ती सेनामा विभिन्न कमान्डका सफलतापूर्वक मोर्चाहरू सम्हालेर पेश गरिसकेका छन । यसरी जनयूद्धमा महिलाहरुले भूमिका निभाउदै गर्दा महिला माथि भेदभावको आभाष कहिल्यै  भएन । पुरै जनयूद्धकालीन समयमा कुनै बलत्कारको घटना भएन । तल्लो बर्ग र निकै हेपीएको बर्गबाट नेपाली महिलाहरुको नेतृत्व गर्ने क्षमतामा सयौ गुणा बिकसित भएको कुरा पहिलो संबिधानसभाको चुनावले गराएको प्रतिनिधीत्वले देखाएको छ ।

१० वर्षे जनयूद्ध तथा १९ दिने जनआन्दोलनबाट प्राप्त आन्तरिम संबिधानमा लेखिएका महिलाको अधिकारलाई सुनिश्चत गर्ने भनिएको छ । नेपालमा रहेको समस्यहरुमा लिङ्गिय भेदभावलाई मुख्यरुपमा चित्रण गरिएको छ । नेपालमा महिला भएकै कारण समाजमा र नेपालको बिकसको मुल प्रवाहबाट पिछडीनु परेको सत्यलाई कसैले नकार्न सक्दैन । अहिलेको एकासौ सताब्दिमा पनि संसारको सबैभन्दा कम साक्षर महिला भएको देश नेपाल भन्नुपर्दा हाम्रो सिर निहुराउनु परेको छ । २०११ को तथ्यांक अनुसार महिला साक्षरता जम्मा ४७ प्रतिशत छ । यो दर पुरुष भन्दा २७ प्रतिसतले कमि छ । यो सबै कारण भनेको सामन्ति राज्य ब्यवस्थाको कारणनै हो ।

अव हामी नेपाली नारीलाई अधिकार संपन्न बनाउ भन्दै गर्दा नेपालको ठूला भन्ने पार्टी तर सामन्तिका पहरेदार नेपाली कांग्रेस र नेकपा एमालेले जस्ले सन्तानको जन्म दिन्छीन उनैले पहिचान अथवा नागरीकता दिलाउन सक्ने छैन भन्ने बेतुकका कुराले नेपाली महिलाहरुको अधिकार हरण गर्न खोजिदै छ । राणकालीन सामन्ति सोच भएका नेपालका सामन्ति पार्टीहरुको सामन्ति सोचले नेपाली महिलाहरु फेरी पनि अधिकारबाट बन्चित हुने खतरा बढेको  छ । महिलाहरुमाथि तेजाव हाल्ने,  बलात्कार गर्ने जस्ता घटनाले पनि महिलाहरुलाई हाम्रो समाजले हेर्ने दृष्टीकोण के हो भन्ने कुरा छर्लङ्ग परेको छ । हामी महिलाले यो मार्च ८ लाई आन्दोलनको रुपमानै मनाउनुपर्ने हुन्छ । उत्सव त त्यो बेलामा मनाईछ जुन बेला आफ्नो  अधिकारहरु सुनिश्चित हुन्छ । तर हामी नेपाली महिलाको अधिकार सुनिश्चित भईनसकेको हुनाले यो महिला दिवसलाई आन्दोलनकैरुपमा मनाउन जरुरी छ ।

गत संबिधानसभामा राज्यको पुनर्सरचना आयोगले निर्धारण गरेको नेपालको मुल समस्याहरु  लिङ्गिय, समस्यालाईपनि किटान गरेको छ । आधा भन्दा बढी जनसख्यालाई अँध्यारोमा धकेलेर संसारका कुनै देस पनि बिकास हुन्छ भनेर कल्पनासम्म पनि गर्न सकिदैन । तसर्थ आगामी संबिधानमा महिलाहरुको अधिकारलाई सुनिश्चित गर्न राज्यको कुनैपनि तहमा महिलाहरुको पचास प्रतिसतको ब्यवस्था गर्नुपर्ने हुन्छ ।

त्यसैले, यो मार्च ८ लाई आमाको नाममा नागरीकता प्रदान गर्न हुदैन भन्ने र पहिचान बिरोधीहरुको बिरुद्धमा संसक्त आन्दोनको,रुपमा मनाउन जरुरी छ । साथै महिला हिंसा र महिलाहरुमाथि गरिएको भेदभावको बिरुद्धमा केन्द्रित हुन जरुरी छ ।

तपाइँको प्रतिक्रिया