आमा खुवाउने औंशीमा भाँडाकुँडामा जोड दिएको भन्दै फ्रान्सेली महिलाहरु आक्रोशित

बिदेशीको मदर्स डे हाम्रो आमा खुवाउने औंशी । यो पर्वलाई विकसित देशमापनि खुब महत्व दिईन्छ । फ्रान्समा यो मदर्स डे (फेत दे मेयर्) मा ठूला ठूला सुपरमार्केटले ताप्के, डाडु र पनियो, कराइ, कसौंडी, चम्चा, कांँटा, चक्कु, पानी खाने जग, प्लेटको भाउ घटाए । ‘विशेष छुट, आमा खुवाउने औंशी विशेषकालागि’ भन्दै भान्छाका सामानको उरुङ लगाए । सुपरमार्केटले सोच्यो, हामीले विशेष छुटमा सामान दिएर आमाहरुमाथि न्याय गर्‍यौं । तर लैंगिक समानतावादी, नारी अधिकारवादी, समानतावादीहरुले भने यसलाई रुचाएनन् । मदर्स डे गैसक्दापनि भान्छाका सामान सहुलियत दरमा दिने ब्यापारीहरुको आलोचना भैरहेको छ । किनहोला ?

कारेफुर, ओसँ, जे भाँ आदि ठूला सुपरमार्केटहरुले ‘आमा खुवाउने औंसीमा विशेष छुट, आमालाई गज्जबको उपहार, विशेष छुट’ यस्ता नारा लेखेर बिक्रिमा राखे । प्रचारप्रसार गरे । यस्तो अवशरमा बिशेश छुट दिएपछि ग्राहकलाई खुशि पारिन्छ । सम्मान दिएको जस्तो हुन्छ । महिलाहरुबाट विशेष धन्यावाद पाइन्छ । महिला ग्राहकहरुमा विशेष आकर्षण हुन्छ भन्ने सोचेका थिए । तर तिनको यो सोच आसा गरे अनुरुप देखिएन । यो पटक बढि आलोचना भएको देखियो ।

महिलावादी, लैंगिक समानताबादीहरु भनुँ न तिनले चर्को बिरोध गरिरहेका छन् । ‘के आमा भन्ने बित्तिकै कसौंडी र ताप्के मात्रै सोच्नुपर्छ ? आमाहरुलाई दिने भान्छाको सामान मात्रै हो ? पुरुषहरु गाडी, हवाईजहाज, विमान, कम्प्युटर र मोबाईल फोनमा रमाउने । पुरुषका लागि मेशिनरी सामाग्रि राख्ने, देखाउने । पुरुषहरु किताब पढेर, कम्प्युटर चलाएर रमाएको, ब्यस्त भएको देखाउने । महिलाहरुलाई चाहिँ भान्सामै रमाएको, भाँडाकुँडामा खुशि भएको, सिमित रहेको देखाउने ? महिलाहरुलाई खुशि पार्न राम्रा राम्रा भाँडा किनिदिनुपर्छ भनेर मनोबैज्ञानिकरुपले प्रभाव पार्न खोज्ने ?

उनीहरुको भनाई छ, आमाको नाममा महिलालाई सधैं भान्छामा सिमित राखेर आफूले राज्य, प्रशासन चलाउने र महिलालाई दबाईराख्ने हेचुवा सोच हो यो । अहिले लैंगिक समानतावादी र महिला अधिकारकर्मीहरुले आरोप लगाइरहेका छन् । महिलाहरुलाई समान स्थान दिन जानेर वा नजानेर महिलामाथि हेप्ने, दबाउने यस्ता विषयमा ध्यान दिन आग्रह गरिरहेका छन् । बहस गर्नुपर्ने खाँचो औंल्याइरहेका छन् ।

तपाइँको प्रतिक्रिया