निर्मला हत्याकाण्डको बिरोधमा पेरिसमापनि प्रदर्शन गरिने

कन्चनपुर जिल्लामा बलात्कारपछि हत्या गरिएकि १३ वर्षे वालिका निर्मला पन्त लगायतका हत्याकाण्डको फ्रान्सको राजधानी पेरिसबाटपनि बिरोध गरिने भएको छ । यहि सेप्टेम्बर २३ तारिख आइतवार पेरिसमा बिरोध प्रदर्शन राखिएको हो ।

यो हत्याकाण्डको बिरुद्द ऐक्यबद्दता जाहेर गर्न पेरिसवासी सचेत नागरिक, समाजसेवी र सर्वसाधारणले निर्मलाकालागि न्याय (जस्टिस फर निर्मला) को नाममा बिरोध प्रदर्शन गर्ने भएका हुन् । बिरोध प्रदर्शन पेरिसको स्तालिन ग्राद स्थित पार्कमा
दिउँसो साढे तिन बजेदेखि चार बजेसम्म गरिने भएको छ । यो बिरोध प्रदर्शनमा सबैलाई सहभागि भएर ऐक्यबद्दता जनाउन नेपालीहरुले आग्रह गरेका छन् ।

कार्यक्रममा आउन चाहनेहरुलाई सकेसम्म कालो टि शर्ट या कालो पहिरन पहिरिन अनुरोध गरिएको छ । कार्यक्रम शान्तिपुर्ण तरिकाले सामुहिक रुपमा मैन बत्ती जलाउने र महिलाहरुमाथि भइरहेको हिंसा हत्या बलात्कार जस्ता जघन्य अपराध बारे कविता, कथा, नाटक या कुनै माध्यम मार्फत रचनात्मक तथा सृजनात्मक बिरोध गरेर समापन गरिने छ । त्यहाँ आँफूलाई मन लागेका केहि (प्लेकार्ड) सन्देशहरु सेतो कागजमा लेखेर ल्याउन सकिने बिरोध प्रदर्शन आयोजककर्ताहरुले जनाएका छन् ।

कार्यक्रममा कुनै पनि राजनीतिक पार्टी या कुनैपनि संघसंस्थाको गतिबिधिहरुबारे छलफल, बहस र चर्चा नगरिने जनाइएको छ । केहि सचेत नागरिकहरुको प्रयसमा यो कार्यक्रम आयोजना भएकाले सबै तह, क्षेत्र र समूदायका आम नेपालीहरु जम्मा भएर निर्मला हत्याकाण्ड बिरुद्द सरकारलाई पेरिसबासी नेपालीको सन्देश पठाउनपनि उपस्थित भैदिन आग्रह गरिएको छ ।

तपाइँको प्रतिक्रिया