नेपालमा गुमनाम शेर्पा स्विजरल्याण्डमा हिमाली हिरो !!

sherpa_dawa1_big

बुधबार स्विजरल्याण्डको फ्रान्सेली भाषी क्षेत्र लोजानमा बस्छन सेद्रिक आगासे । उनले नेपालका लागि धेरै योगदान गरेका छन् । बुधवार उनैको घरमा पुग्दा उनको घरको टेबलमा एउटा पत्रिकामा आँखा परे, खेलकुद संवन्धि । मुख प्रिष्ठको तस्विरनै एक जना गहुँगोरो वर्णको मानिस मांशपेशी डल्लो पारेर दगुरेको । मैले पत्रीकामा आँखा यस्तो लगाएपछी आगासेले सोधे ‘तपाई यो मानिस चिन्नुहुन्छ ?’

को हो र ?

दावा शेर्पा !

नेपालमा दावा शेर्पा धेरै हुन्छन् को को, कुन दावा कुन । कुनै दावा शेर्पा त मेरै साथीपनि थिए ।

यहि दगुर्ने दावा शेर्पा क्या !

ए खै चिनेजस्तो लागेन ।

हो र ? उनले आँखिभौं जुरुक्कै उचाले । लाग्थ्यो, एउटा महान नेपाली, चर्चित नेपालीलाई अर्को नेपाली चिन्दैन ।

उनले दावाका बारेमा बेलिबिस्तार लगाउन थाले, पत्रिका देखाउँदै ।

दावा नेपाल छोडेर स्विजरल्याण्ड आएको १५, १६ वर्ष भएछ । जेनेभा बस्दा रहेछन् । थालेछन्, हिमालयन ट्रेल (हिमाली गोरेटो) दौडमा भाग लिन । हिमालमा दौडेर कसले तोकिएको दूरी छिटो  दगुर्छ भन्ने हो यो खेल । दावा जहिलेपनि पहिलो हुँदा रहेछन् यो खेलमा । हिमालमा बस्ने हिम चितुवा झैं हिमालका अप्ठेरा, भिराला गोरेटामा उनी हुरुरु दगुरेर सबैलाई उछिन्दा रहेछन् । उनी यता स्विजरल्याण्ड र फ्रान्सका हिमालमा दगुरेर किर्तिमाननै बनाएका रहेछन् ।

Cédric-Agassis-photos 001

उनले हालसम्म दर्जनौं यस्ता हिमाली दौड जितिसकेका रहेछन् । थुप्रै तक्मा पाएका । स्विजरल्याण्ड र फ्रान्सबाट निस्किने खेलकुद संवन्धी (स्पोर्ट्स मागाजिन) पत्रीकामा उनको रजाइँनै चलेको । मुख प्रिष्ठमै तस्विर छापिने । अन्तर्वार्ता आउने । खेलकुद र अझ खासगरी हिमाल, हिउँ र अन्य दौड संवन्धी बिषयमा चासो राख्नेले त सबैले चिन्दा रहेछन् । धेरैकालागि उनी ‘स्पोर्ट्स हिरो’ बनिसकेका ।

उनका फ्यान (समर्थक, हुरुक्क हुने, रुचाउने) हरूको जमात विशाल बनिसकेछ । दावाले दगुर्छ भनेपछि कोहि हेर्न आउने । कोहि ‘दावाको अगाडी हामीले के सकिन्छ र ?’ भन्ने । दौडमा भाग लिनेहरू ।’दावा यस्ता मान्छे हुन् उनी हार्दै हार्दैनन् । जहाँ भाग लियो जितिहाल्ने’ आगासिसले भने ।

उनको राम्रो पक्ष भनेको उनी आफू मात्रै हिरो बनेका छैनन् । आफ्नोलागि मात्रै नाम र दाम कमाएका छैनन् । हिमालयन ट्रेल दौड आयोजना गरेर आर्थिक अभियाननै चलाएका छन् । दौडमा भाग लिन तिर्नुपर्ने प्रवेश शुल्कसमेत उनले जोगाउँछन । नेपालका वालवालिकालाई सहयोग गर्न आगासिस जस्ता मनकारी स्विसहरुसित मिलेर त्यस्तो दौड प्रतिस्पर्धानै आयोजना गर्छन् । मनकारीबाट आर्थिक सहयोग लिन्छन र त्यो रकमलाई नेपालको हिमाली, बिकट क्षेत्रमा स्वास्थ्य र शिक्षा नपाएर रल्लिनुपरेका, बरालिएका, दु:ख पाएका वालवालिकालाई शिक्षा दिन खर्च गर्छन् । उनले यसो गर्दा सेद्रिक जस्ता मनकारी स्विसहरुसित मिलेर त्यस्तो दौड प्रतिस्पर्धानै आयोजना गर्छन् । आगासिस जस्ता मनकारी स्विसहरुलेपनि उनलाई मनग्गे साथ दिएका छन् । सेद्रिक आफैंपनि यस्तो दौडमा सहभागी बन्छन् । अरु स्विसहरूलाई विश्वासमा लिन्छन् ।

दावा शेर्पाले यो सबै काम गर्दा नेपाल, नेपाली र शेर्पा जातिको इज्जत  र प्रतिष्ठालाईपनि उँचो पारेका छन् । नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसार गरेर अरु स्विस र फ्रान्सेलीहरुलाईपनि नेपाल जान प्रेरित गरिरहेका छन् । दावाले जति नेपाल र नेपालीको लागि काम गरेका छन् त्यति अरु कुनै नेपालीले गर्थ्यो भने उसको नाम नेपालका मेडियामा एकछत्र छाउँथ्यो । तर उनलाई खासै कसैले चिन्दैन । किनभने नेपाली मेडियाको पहुँचमा उनी पुगेकै छैनन् ।

तपाइँको प्रतिक्रिया