अर्काको यौनांग हेरर दंग पर्छन् बाँदर

hotmonkeysex

साथीहरु धेरै भयो नी मैले जिवजन्तुका बारेमा लेख्न नपाएको । आफु वन्य जिवनमा रमाउने मान्छे । केहि लेख्न भ्याएको होइन । आज चाहिँ एउटा सामाग्रि पस्कौं पस्कौं झैं लाग्यो तपाईहरु नांगा तस्बिर र फिल्म कत्तिको हेर्नु हुन्छ ? अहिले नहेरेपनि किशोर किशोरी हुँदा त पक्कै हेर्नु भो होला लुकि लुकि भएपनि । त्यसरि किशोर किशोरी मात्रै होइन ब्रिद्द ब्रिद्दालेपनि हेर्छन् है हेर्न त ? कति पुरुष त टाढैबाट आँखा तन्काउन थाल्छन् यस्सो महिलाका लुगा घुँडाबाट माथि सर्दापनि । तर मान्छेमा मात्रै होइन रहेछ है त्यस्तो यौनांग हेर्ने आकर्षण त । बाँदरहरुपनि आफ्नो समूहका सदस्यको यौनांग हेरेर मुस्कुराउने रहेछन् ? दंग पर्ने रहेछन् । घाँटी बटारी बटारी, आँखा तन्काई तन्काई हेर्ने रहेछन् अर्काको यौनांग

 

के हो बाँदरले के गर्छ भन्दै हेर्दै हिँड्नुहुन्छ कि क्या हो भन्नु होला । यो बैज्ञानिकहरुले खोजिनिति गरेर पत्ता लगाएको वास्तविकता हो । उनीहरुका अनुसार बाँदरहरुले सामाजिक मूल्य र मान्यता कायमगर्न त्यसरि यौनांग हेर्ने रहेछन् । केहि सदस्यको यौनांग हेरेपछि ति बिचमा कसले कसलाई सामाजिक हेला गर्ने हो र कसले कसलाई रुचाउने हो भनेर निर्णय गर्छन् ।

 

डुक बिश्व बिद्दालयको मेडिकल सेन्टरले करेन्ट बायोलोजि भन्ने मेगाजिन पत्रिकामा प्रकाशित गरेको आलेख अनुसार बाँदरहरुले सबैखाले सामाजिक क्रियाकलापका बारे जानकारि लिने गर्छन् । कुनै जानकारि बढि महत्वपूर्ण त कुनै कम हुन्छन् तिनकालागि । भालेहरुले उच्च श्रेणी (बलियो, सुन्दर, हैकमवाला, रवाफिलो भन्न खोजिएको) भालेलाई नै बढि ध्यान दिन्छन् । तर त्यस्ताले एक अर्कासँग आँखा भने कम जुधाउँछन् । किनकि लामो समय आँखा जुधाउँदा रिस उत्पन्न गराउँछ जसले गर्दा ति दुई भालेबिच ज्यान नै जोखिममा पर्नेगरि डरलाग्दो लडाई हुन सक्छ ।

 

monkey-sex-540x380आफुले आहारा पाउँदा रवाफिला (डोमिनेन्ट) भालेहरुले तुरुन्तै आफ्ना प्रभावका वा वरिपरिका पोथीहरुसँग बाँडेर खाने गर्छन् । तर कमजोर भालेहरुले भने पहिल्यै टाउको निहुर्‍याउने रहेछन् । अर्थात तिनलाई रवाफिला भालेको अगाडि पोथीहरुलाई वहसमा पार्न सकिन्छ भन्ने विश्वासनै नहुने रहेछ । अर्को कुरा रवाफिला भालेहरुको खानामा पहुँचपनि बढि हुन्छ । किनकि तिनले निर्धाहरुलाई धम्काएर, थर्काएर र लघारेरपनि बढि लिन्छन् । त्यहि कारणले गर्दा पोथीपनि त्यस्तै भालेतिर बढि लहसिन्छन् ।

 

कुनै पोथीको यौनांग हेर्दा भने तिनलाई फाईदा पुग्छ भन्छन् बैज्ञानिकहरु । त्यसैले तिनले पोथीको यौनांगमा घोरिई घोरिई हेर्ने गर्छन् । तिनको यौनांगको आकार कत्रो छ नियाल्ने गर्छन् । ठुलो र रातो छ पोथीको यौनांग भने त्यसले भालेलाई आकर्षण गर्ने रहेछ ।

बैज्ञानिकहरुले के पनि पाए भने परिक्षणका क्रममा ऐनाको अगाडि राखिदिएका मध्ये मोटा, स्वस्थ, तगडा र रवाफिला कामुक मध्ये ४१ प्रतिशत भालेहरुले आफुलाई हेरेर बस्ने रहेछन् । तर कमजोर वा दबिएका भालेमध्ये चाहिँ १४ प्रतिशतले मात्रै हेर्ने रहेछन् आफ्नो अनुहार ।

 

भाले बाँदरहरुले पोथीका यौनांग हेर्न औधी रुचाउँछन् । अरु भालेको अवस्था थाह पाउन भालेले अरु भालेको यौनांग पनि हेर्ने रहेछन् । तर पोथीको यौनांग हेरिरहने भालेहरु भालेको भने एकै छिन मात्रै हेर्ने रहेछन् बैज्ञानिकहरु के भन्छन् भने मानिसहरुले अर्काको यौनांग हेरेपनि बाँदरले झैं एकाग्र भएर हेर्दैनन् । त्यसरि हेरेपनि उसको यौनांग देखेकै भरमा त्यो ब्यक्तिको संकेत र अवस्था बुझ्न सक्दैनन् ।

 

जिवजन्तुका यौन संबन्धि तलका लेखपनि हेर्नुस-

वन्यजन्तुमा बलात्कार

 

वन्यजन्तुपनि समलिंगी

 

यति सुन्दर किन ?

 

यौनकालागि वालहत्या

 

यति लामो किन ?

 

बलत्कारीलाई बदला

 

अड्कली अड्कली

 

फेर्न पाए दर्जन वटी

 

कंचटमा वैंशको भारी

 

रातो अनुहारले बढाउँछ हिमचिम

 

जति लसपस उति धेरै फाईदा

 

भालेका निम्ति यत्रो बबाल ?

 

आँखै अगाडि बलात्कार

 

लगातार एक घण्टा संभोग, ५६ पटक स्खलन

 

चुम्बन चराको

तपाइँको प्रतिक्रिया