एन आर एन अमेरिका कांग्रेस र एमालेको भात्री संगठन
एन आर एन राजनीति गर्ने थलो होईन । यसमा राजनीति छिराउनुहुन्न । सबै नेपालीको साझा थलो भनेर् कुर्लिने गर्छन् । तर भित्र भित्रै त्यसमा बस्ने भने ज्यान दिएर राजनीति गरिरहेका हुन्छन् । छन् । एन आर एन अमेरिकाले सबैभन्दा चर्को राजनीति गरेर एन आर एनमा राजनीति हुन्न भन्ने कुरो गलत हो भन्ने साबित गरिदिएको छ । यो सबैकालागि काम लाग्न, आँखा खोलिदिनपनि सक्छ । राजनीतिक दलका भात्री संगठनले पार्टीकै झण्डा बोकेर भाग लिना सक्छन् । नेपालमा संविधान निर्माणका लागि भैरहेको प्रयासमा एन आर एन अमेरिकाले नेपालमा संविधान बनाउनकालागि सहमतीका प्रयासहरू भैरहेकै बेला नेपाली नागरिक, तिनका प्रतिनिधी र दलहरू भन्दापनि दुई कदम अगाडी बढेर प्रक्रियामै गएर संविधान बनाउन भन्दै बिज्ञप्ती जारी गरेको छ । नेपाली कांग्रेस र एमालेको चाकरी गरेको छ ।
उसले सहमति र सहकार्यभन्दा नेपाली कांग्रेस र एमालेलाई उक्साउने, प्रभावित पार्ने र तिप्रति बफादारिता देखाएको छ । उसले स्पष्ठ रुपमा नेपाली कांग्रेस र एमालेले भन्दै आएको प्रक्रियालाई बिज्ञप्ती जारी गरेर साथ दिएको छ । एन आर एन अ मेरिकाका अध्यक्ष खगेन्द्र छेत्रीले बकाईदा नाम ठोकेरै बिज्ञप्ती दिएका छन् । यो संस्थाले हत्त न पत्ता आफूलाई कांग्रेस र एमालेको भात्री संगठन जस्तो देखाउन खोजेको छ ।
अन्तरिम संविधानमा भएका, गरिएका सहमति र सहकार्य र दस्ताबेजहरूलाई बेवास्ता गरेर यसरी कुनै दल विशेषका रुपमा एन आर एन अमेरिका देखिएपछि एन आर एन अमेरिकाले कुनैपनि हालतमा सबै नेपालीको साझा भावना समेट्न सक्दैन । अहिलेको नेत्रित्वबाट त्यो संभव छैन । एन आर एन अमेरिकाले यसरी कांग्रेस र एमालेको भात्री संगठन जस्तो बनेपछि प्रश्न उठेको छ, नेपाली कांग्रेस र एमाले भन्दा फरक पार्टीको समर्थन गर्ने, झुकाउ राख्नेले अर्को एन एन आर एन अमेरिका बनाउने ? राजनीति गर्न नचाहनेले अलग्गै एन आर एन बनाउने ?
बिगतमा मधेशी पार्टीहरुसित एक मधेश एक प्रदेशमा ल्याप्छे ठोक्नेनै कांग्रेस सभापती, प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला थिए । त्यसैले अहिलेको असमान्जस्य अवस्था त्यसै निम्तिएको होईन । बिगतका सरकारले दलित, जनजाति, मधेशीहरुसित धेरै सहमतिहरू गरेका छन् । तीनलाई पालना भएको छैन् । पहिलो संविधान सभामा बहुमत हुनेले प्रक्रियामा गएर मतदानबाट संविधान बने रगतको खोलो बग्छ भनेर एमाले कांग्रेसलेनै भनेकाले सहमति गर्न खोज्दा त्यो संभव भएन । अहिले कांग्रेस र एमालेको बहुमत छ भन्दैमा पेलेर, प्रक्रियामा गएर संविधान बनाएपनि त्यसपछि देशमा शान्ति हुने देखिन्न । त्यसैले सकेसम्म सबैले सहमतीकै आधारमा संविधान बनाउन उत्प्रेरित गर्नुपर्छ । झन् बिदेशका नेपालीले त त्यसमै जोड गर्नुपर्छ । देशमा सर्वस्विकार्य संविधान आयो भने न देशले दिर्घकालिन निकास पाउने हो । कुनै राजनीतिक दलको दलाली गरेर, भरिया बनेर होईन !
कम्तिमा यो राजनीतिक विषय हो । दलाह्रु बीच भैरहेको राजनीतिक बेमेल । राजनीतिक लडाईँ । त्यसमा राजनीति भित्र्याउनुहुन्न भन्ने संस्थाले राजनीतिक बिषयमा चार कदम अगाडी बढ्न पक्कै सुहाउँदैनथ्यो ।
हामीलाई फेसबुक र ट्विटरमा पछ्याउनुस्
https://www.facebook.com/nepalplus
https://twitter.com/nepalplus
फ्रान्सेली भाषा बोल्ने साथीहरु छन् भने फ्रान्सेली भाषाको लागि सिफारिस गर्नुस्
https://www.facebook.com/nepalplusenfr
https://twitter.com/nepalplus





