नब्बे वटा हात्तीलाई सामूहिक वनभोज

  • योगेश अधिकारी / सौराहा, चितवन

pique-nique-éléphants-chitwan-népal-1

चितवन हात्ती महोत्सवको दोस्रो दिन बिबीध कार्यक्रम सहित हिजो सम्पन्न भएको छ । महोत्सवकै प्रमुख आर्कषणको रुपमा मानिएको छा हात्तीलाई वनभोज । यसै बर्ष देखि सुरुवात गरिएको हात्तीहरुको बनभोज कार्यक्रम शिक्षामन्त्री चित्रलेखा यादबबाट हात्तीहरूलाई खाना दिई उद्घाटन गरियो । बनभोज कार्यक्रममा सौराहामा अवस्थित ९० हात्तीको सहभागिता रहेको थियो । उक्त बनभोजमा कुचि (भित्र धान, सख्खर, र नुन राखि बनइएको विशेष खाना) चामल र सख्खरको हात्तीको खिर लगायत हरियो घाँस, ऊखु, सुन्तला, स्याउ, फर्सी, बन्दा, गाजर, काउली, मुला आदि खाना खुवाईएको थियो । हजारौ दर्शक द्वारा चाखपूर्बक अबलोकन गरिएको यस बनभोज कार्यक्रम प्रत्येक बर्ष यसै दिन संचालन गरिने कुरा आयोजक संस्था क्षेत्रीय होटल संघ नेपाल, चितवन जानकारी दिएको छ । 

chitwan-elephant-picnic-11

elephant-picnic-8

elephant-pinnic-nepal-10

elephants-picnic-sauraha-chitwan-9

यसरि नै आज संचालन भएको हात्तीको छावा बीचको रोमान्चक फुटबल प्रतियोगीता टान (trekking association nepal) र ग्रान्डी इन्टरनेशनल हस्पीटल बिचमा सम्पन्न खेल मा ग्रान्डी इन्टरनेशनल हस्पीटलको तर्फबाट अमरटाँडी गज छावा द्वारा ह्याट्रीक गरि ग्रान्डी इन्टरनेशनल हस्पीटलले जित हासील गरि दोस्रो चरणमा प्रबेश गरेको छ ।

pique-nique-éléphants -chitwan-népal-3

pique-nique-éléphants -chitwan-népal-4

pique-nique-éléphants -chitwan-népal-5

यस्तै समुह C र समुह D बाट प्रथम द्वितिय र तृतिय हुदै क्रमश होटल ल्यान्डमार्क पोखराको लक्ष्मीकली A अल्फा बीटा इन्स्टिच्युटको लक्ष्मीकली B बुबो ट्राभलको व्युटीकली, सिद्धार्थ रेफ्रिजरेसनको सुरजकलि, आउट साईन एडभेन्चरको लक्कीकली, चितवन विकास समितीको रानीमाया कलि हात्तीहरु दोस्रो चरणमा प्रबेश गरेका छन । भोलीबाट दोस्रो चरणको प्रतिस्पध्रा संचालन हुनेछन् ।

pique-nique-éléphants -chitwan-népal-6

pique-nique-éléphants -chitwan-népal-7

pique-nique-éléphants -chitwan-népal-12

pique-nique-éléphants -chitwan-népal-13

pique-nique-éléphants -chitwan-népal-2

(हात्ती महोत्सव र हात्ती पिकनिकमा पुगेर नेपालप्लसका लागि निशुल्क तस्विरहरू उपलब्ध गराउने यिनै हुन् योगेश अधिकारि । सौराहामा उनको होटेल छ, Hotel River Bank Inn । सौराहा जाँदा नदी र निकुन्ञको द्रिष्यसहितको होटेल चाहिए संपर्क गर्न सक्नुहुन्छ योगेशलाई)

तपाइँको प्रतिक्रिया