बिदेशमा कांग्रेसका केही ठालूले कांग्रेस कार्यकर्ताकै शिर झुकाउने काम गर्ने ?
- ठाकुर प्रसाद शर्मा (मनोहरि) / नेदर्ल्याण्ड्स
केहि समय अघि विभिन्न अनलाईन समचारसाईटहरुमा “नेदरल्याण्डस् काँग्रेसले गणेशमान सिंहलाई संझिए” भन्ने शिर्षकमा समाचार आयो । त्यसमा “उनी संगै कारवाहीमा परेका तत्कालिन निवर्तमान अध्यक्ष मनहरि शर्माको बारेमा भने कुनै निर्णय नभएको जनसंपर्क श्रोतले जनायो ।” मेरो अंशले मेरो गम्भिर ध्यानआकर्षण गराएको छ । वैठक बसेर एकातिर एउटा निर्णय र सहमतिमा पुग्ने र मिडियामा असबन्धित कुरालाई उठाएर नेदरल्याण्डको नेपाली समाजमा भ्रम फैलाई आफ्नो दुनो सोझ्याउन खोज्नेहरुको कर्तुत कस्तो छ प्रष्ट पार्न चाहन्छु ।
म आफनो दक्षताले भ्याएसम्म नेदरल्याण्डको नेपाली समाजका हरेक सामजिक गतिविधिमा सहभागी भईरहेको अवस्थामा जनसम्पर्क समितिको संवाद समितिको नामबाट र व्यक्तिगत रुपमा धेरै अनुरोध भएपश्चात जनसम्पर्क समितिका भुतपूर्व उपाध्यक्ष पदम बहादुर क्षेत्रिजीको समन्वयनमा म लगायतका साथीहरु र नेपाली जनसम्पर्क समिति नेदरल्याण्डको संवाद टोली (संवाद टोलिको नाम निर्णयको कपि मा देख्न सक्नु हुने छ) का विचमा उहाँकै घरमा बोलाएको वैठकमा उपस्थित भएको कुरा साँचो हो । उक्त वैठकमा संस्थाका हितका लागि हामीहरु सबै मिलेर जानुपर्छ र हिजो हामी जोबाट जे जस्ता गल्ति भए त्यस लाई महसुस गर्दै आगामी दिनमा एकजुट भै अगाडी बढ्ने सहमति गर्दै गत साल २०१३ मा गैर-आवासीय नेपाली संघ नेदरल्याण्डको चुनवाको विषयलाई लिएर म र वर्तमान कार्यसमितिका उपाध्यक्ष विष्णु पोख्रेलमाथि गरिएको तथाकथित कारवाही फिर्ता गर्ने भन्ने निर्णय भएको हो । हेर्नुहोस निर्णयको कपि ।
यदि हामी मिलेर जाँदा समग्र संस्थाको हितमा हुन्छ भने हामी बाधक बन्नु हुँदैन भन्ने मान्यता राखेर केहि कुरामा असहमति हुँदाहुँदैपनि हामी माथीको सहमति र निर्णय मान्न तयार भएका हौं । पछी जनसम्पर्क समितिका तर्फबाट जनसम्पर्क समितिका भूपू अध्यक्ष नारायण आचार्य लगायतका संवादटोली र हामीविच भएको निर्णय अनुमोदन गर्नका लागि भनेर बोलाइएको बैठकमा छलफल हुनुपर्ने विषयमा छलफल नै नगरि अनावश्यकरुपमा मेरो नाम जोडेर आएको समाचार मिडिया मार्फत पढदा म आश्चर्य चकित परेको छु । यहाँ म के प्रष्ट पार्न चाहन्छु भने जरुरि नै थिएन भने कसैलेपनि म आफ्नै रफ्तारमा हिंडिरहेको एक सामजिक कार्यकर्तालाई वैठक र समन्यवका नाममा किन बोलाईयो र किन आज अनावश्यक मिडियामा भ्रम फैलाउने काम गरिराखिएको छ ? जो जसले यो काम गरिरहेका छन उनिहरुले यसको मूल्य राम्रै चुकाउनु पर्नेछ । त्यसमा सचेत पार्न चाहन्छु ।
मेरो नियत संस्थाको अहितमा जाने हिजो पनि होईन । आज छैन । भोलिपनि रहने छैन । तर जन-समपर्क समिति नेडरल्याण्डलाई आफ्नो नीजि पेवा सम्झने केहि ठालुहरुले नेडरल्याण्ड निवासी नेपाली कांग्रेसका निष्ठावान कार्यकर्ता र समर्थकहरुको शिर निहुराउने बाहेक अरु कुनै काम गर्ने गरेको इतिहांस छैन । हामीलाई बाध्य बनाईरहेका छन । यस खाले प्रवृतिका व्यक्तिहरुलई हामीले समयमै नाङ्गो बनाउन जरुरी छ । नत्र यो समाजमा यस्ता भ्रमित काम अझै बढ्ने छन । संगठनलाई आफ्नो नीजि स्वार्थमा मात्रै प्रयोग गर्ने यो समुहलाई नत नेपाली कांग्रेस प्रति कुनै माया छ नत कुनै जिम्मेवारीवोध नै । जन-समपर्क समिति प्रवासमा बस्ने नेपाली कांग्रेस समर्थकहरुको राजनैतिक संस्था हो भने एनआरएनए विदेशमा बस्ने सम्पूर्ण नेपालीहरुको साझा सामाजिक संस्थाहो । तसर्थ कुनैपनि विवेकशिल नेपालीले राजनैतिक प्रकृतिको संस्था र सामाजिक प्रकृतिको संस्थाको फरकपन देख्न नसक्नु विवेकमा रतन्धो लाग्नु हो ।
राजनैतिक रुपमा भन्नु पर्दा म नेपाली काग्रेसको एक ईमान्दार सिपाही हुँ । सदैव रहने छु । साथै सामाजीक रुपमा भन्नुपर्दा परोपकारी समाजसेवा मेरो जिवनको लक्क्ष्य हो । समाजसेवामा मेरा लागी कुनै पनि राजनैतिक आस्था र विस्वास भएका नेपाली साथीहरु मेरा सारथी बन्न सक्छन । मैले नेपाली समाज नेदरल्याण्ड र जनसम्पर्क समितिका हामी नेपाली दाजुभाई विच एकअर्कालाई भिडाउँदै आफ्नो स्वार्थ पूर्ति गर्न खोज्नेहरुका विरुद्द विद्रोह गरेको हुँ । यसमा मलाई कुनै पश्चाताप छैन । बरु अझै जारी रहने छ । म नेपालको सबैभन्दा ठुलो लोकतान्त्रिक पार्टीको सदस्य भएका हैसियतले गलत कुराका बिरुद्द आवाज उठाउने मेरो कर्तव्य पनि हो ।
म यसै वक्तव्य मार्फत आफ्नो राजनैतिक र सामजिक अडान पुन: प्रष्ट पार्न चाहान्छु । राजनितिका संवन्धमा आफ्नो स्वार्थ अनुकुल कहिले ३६ र कहिले ७४ को समुहमा लाग्ने सिद्दान्तहिनहरुलाई म चुनौतिका साथ भन्न चाहान्छु कि मेरो नेपाली कांग्रेस प्रतिको आस्था सगरमाथा जस्तै अटल छ । यहाँ एक कुरा स्मरण गराउन चाहान्छु । तिमिहरुको तथाकथित कारवाही पश्चात मेरो नेतृत्वको निवर्तमान कार्यसमितिले रोल्पामा संचालन गरेको ‘शहीद दिल बहादुर घर्ति शान्तिका लागि शिक्षा परियोजना’ अन्तर्गतको विध्यालय भवन निर्माण कामको बाँकि रहको ६० प्रतिशत काम कसले सम्पन्न गर्यो ? तिमीहरुले कि मैले ? यदि तिमीहरुमा संस्था प्रतिको अलिकतिपनि जिम्मेवारी र मायां हुन्थ्यो भने दोस्रो संविधान सभाको निर्वाचनको संवेदनशिल समयमा निवर्तमान कार्यसमितिले संचालन गरेको कार्यक्रमलाई समपन्न गर्न लाग्नु पर्नेमा असफल बनाउन किन लाग्यौ ? खैर तिमिहरुको कुटिल नीतिले हावा खायो र तिमिहरुका विभिन्न षडयन्त्र र कुटिलतका बावजुद पनि म एक्लैले त्यो कार्यक्रम सम्पन गरि छाडें । यदि तिमिहरुको कारवाहीको मलाई कुनै मतलव वा अर्थ हुन्थ्यो भने आफ्नो कार्यकाल समाप्त भईसके पश्चात पनि त्यो परियोजना सम्पन्न गर्नलाई म किन लाग्थें होला ? साथै म यो पनि प्रस्ट पार्न चाहान्छु कि सामाजिक सेवामा मेरो विस्वास र समपर्ण भनेको कंचन र निस्वार्थ छ । सामाजीक काम गरे वापत म न त तिमीहरु जस्तो सम्मान खोज्ने मान्छे हो न त प्रचारमुखी ।
तसर्थ, षडयन्त्र र जालझेलमा आफ्नो समय वर्वाद गर्नु भन्दा यदि तिमिहरु सँग केहि क्षमता छ भने सकारात्मक र सिर्जनशिलकाममा आफ्नो समय लगाउ । नत्र अन्त्यमा तिम्रा कुटिल षडयन्त्रहरु तिमिहरुकालागि नै विष बन्ने छन् । एकातिर मिलेर जानु पर्छ भन्दै बैठक बस्ने अनि आफैले निर्णय लेखी हस्ताक्षर गर्ने । अर्को तिर अनावाश्यक कुरालाई मिडियामा प्रचारबाजी गर्दै पानी माथिको ओभानो बन्न खोज्ने प्रवृतिले न संस्थाको हित गर्छ नत्र समाजको । तसर्थ यस्ता भ्रमित कार्य गर्न छाड । नत्र त्यसको ठुलै मूल्य चुकाउनुपर्ने छ ।
(शर्मा नेपाली जनसम्पर्क समिति, नेदरल्याण्डका निवर्तमान अध्यक्ष हुन्)







