पुष्प जस्तै बनोस तपाईको नयाँ वर्ष

-एस बी छन्त्याल, बेल्जियम

 

ब्लगको परिभाषा मलाई यकिनका साथ थाहा नभए पनि ब्लगरहरुका भनाइ अनुसार निजी बिचारहरु बिद्युतिय संचारको माध्यमबाट संचार गर्नु नै हो भन्ने बुझेको छु । ब्लग आँफैमा समाचार उत्पादन गर्ने सस्था त होइन । तर कहिलेकाही कुनै कुनै बिषय मुख्य समाचार भन्दा पनि तातो बहस हुन पुग्छ। ब्लगका पाठकहरुले आफुलाई लागेका कुरा तुरुन्तै प्रतिकृया जनाउने थलो पनि हो। ब्लगमा बिभिन्न थरिका भावना र बिचारहरु प्रतिकृया मार्फत पोखिएका हुन्छन। ब्लगरले राखेका सामाग्रीमा सहमती असहमती जनाएर जो कोहिले जुनसुकै ठाउँबाट पनि गन्थन गर्ने साझा चौतारी बनेको हुन्छ ब्लग । यस अर्थमा ब्लगको महत्व धेरै नै छ। यसै सिलशिलामा नेपाल प्लसले बिदेशमा आफ्नो ब्यस्तताका बाबजुद पनि समय निकालेर बिबिध खालका समचार, गन्थन, बिचार र ज्ञानबर्धक लेखहरु हामी सामु पस्किदिएको छ। कयौ दु:ख, सास्ती र हैरानीहरु बेहोर्नु परेको होला हामीलाई लेखहरु पस्किदा । पाठककै प्रतिकृयाले तनाब पनि भयो होला र खुशी पनि लाग्यो होला ।  कहिलेकाही उहाका सामाग्री पढ्दा महसुश हुन्छ । पाठकले केही दिन नसके पनि ब्लगरले गरेको मेहनतलाई कदर गरेका र माया दिएका छन् भन्ने कुरा चाँही भुल्न हुँदैन । नेपाल प्लसको नियमित पाठक भएको नाताले केही दिएर सहयोग गर्न नसके पनि नयाँ बर्षको शुभकामना सहित केही फूलका तस्बिरहरु सम्पूर्ण मित्रहरुलाई पनि। नेपाल प्लसले आउदो नयाँ बर्ष सँगै अरु नयाँ आयामहरु थप्न सकोस सफलताको शुभकामना !!!!

 

 

dsc_08591

 

 

dsc_06561

 

 

dsc_06591

 

 

dsc_08041

 

एक प्रकारले सोच्दा ब्लग फूल अनी पाठकहरु भवरा हुन कि तर भवराले रस चुसी फूललाई बिर्सिदियो भनेर थुप्रै गीतका टुक्काहरु बनेका छन ।  पाठकले चाही त्यसो गर्दैनन है।

 

dsc_09601

 

 

dsc_09481

dsc_10131

यी फूलहरुको नाम सबै मलाई पनि थाहा छैन केही को बाहेक । नेपालमा पाइने लाली गुरासको फूल पनि बेल्जियममा भेटे । त्यो पनि घर मलिकले बडो जतनले हुर्काएको रहेछ । त्यस्तै ४ फिट अग्लो तर साह्रै राम्रो फुलेको । यसपाली फूलको नाम चिन्न पनि तपाईं  पाठकलाई जिम्मा दिउ कि ?

dsc_11061

dsc_10571

dsc_05811

dsc_10051

flower1

भवरालाई फूलले झै पाठकलाई  झुम्म पार्ने (आकर्षित) सामाग्री सधैं भरी पस्किदै जावोस नेपाल प्लसका सम्पूर्ण परिवारलाई पाठकको आग्रह पनि । नयाँ बर्ष २०६६ को हार्दिक शुभकामना

तपाइँको प्रतिक्रिया