५८०० वर्ष बुढो रुख काटिएपछि जनजाति आन्दोलित
आन्दोलनपनि अचम्म अचम्मका सुन्नुपर्छ । कुलोको पानी सुकेर, कुखुरो किचिएरसमेत सडक जाम गरेको सुनिएकै हो । तर एउटा रुख काटिएको नाममापनि आन्दोलन् हुने रहेछ । त्योपनि विकसित, सभ्य भनिएकै मुलुकमा । पेरु र ब्राजिलका आदिबासी जनताले विश्वकै बुढो रुख काटिएपछि त्यसका बिरुद्द आन्दोलन् घोषणा गरेका छन् । नगरुन्पनी किन ? विस्व्हकै सबैभन्दा बुढो रुख भनेर् यसले देशकै इज्जत बढाएको थियो । त्यहाँका आदिबासी जनजातिको संरक्षणप्रतीको लगाव देखाएको थियो । यो रुख मात्से जनजातिको ऐतिहासिक महत्व र सांस्क्रितिक पहिचानसित जोडिएको थियो । मात्से त्यहाँका मुला पूर्खा हुन् । आमेजन जंगल आवासपासका आदिबासी हुन् । पेरु र ब्राजिलको सिमा नजिक रहेको यो विश्वकै सबैभन्दा बुढो रुख गैह्र कानुनी रुपमा काठको ब्यापार गर्नेहरूले झुक्किएर काटिदिएपछि आदिबासीहरू क्रुद्द बनेका छन् ।
करिब ५८०० वर्ष पुरानो मानिएको थियो यो रुख । मात्सी जातिको बाहुल्य रहेको मात्से इन्डेजेनिय रिजर्भ भन्ने आदिबासी आरक्षभित्र थियो । यो आरक्षमा रुख विरुवा कटान गर्न पूर्णरुपमा बन्देज छ । तर अबैध रुपमा काठको ब्यापार गर्नेले झुक्किएर यो रुख यहि हप्ता ढालिदिए । चालिस मिटर अग्लो यो रुख त्यहाँका जनजातिको जंगलमा भूद्रिश्यका हिसावले महत्वपूर्ण भूमिका खेलेको थियो । त्यसलाई उनीहरूले आदिबासी जनजातिको सांस्क्रितिक भूद्रिश्य झम्काउने महत्वपूर्ण माध्यमपनि भनेका छन् ।
किनभने यो रुख हुर्किँदै, बध्दै गरेको त्यहाँका जनजातिका अनेकौं पूर्खाले देखे भोगेका थिए । यो रुखलाई त्यहाँका आदिवासीहरूले आफ्नो सांस्क्रितिक पक्षमा समाहित गराएका थिए । त्यसैले यो रुख तिनको सांस्क्रितिक पहिचानको एक जिवित पहिचान बनिसकेको थियो । त्यहाँको उष्ण प्रदेशिय जंगलको अत्मा बनिसकेको थियो, यो रुख । यहि रुखको आत्मबाट अन्य जिवजन्तुको जिवन जिवित रहन संभव बनेको आधिबासीहरूले विश्वास गर्दै आएका थिए । ‘तिनले हामी जनजातिको जिवनमाथि मात्रै नभएर बाँकी सम्पूर्ण विश्वलाईनै अँध्यारो बनाइदिएका छन्’ मात्सी आदिबासीका नेताहरूले भनेका छन् ।
यो रुखलाई उनीहरूले ‘मदर ट्री’ अर्थात् मात्री ब्रिक्षको रुपमा मान्दै आएका थिए । यसले धेरैलाई भाग्य, राम्रो स्वास्थ्य र सुदिन ल्याइदिएको उनीहरूको विश्वास थियो । यो मात्री ब्रिक्षले आफ्ना जराहरू टाढा टाढासममा फैलाएर जंगलका अन्य वन र वनस्पतीलाई आत्मा भरिदिएकोपनि उनीहरूको विश्वास छ । मात्री ब्रिक्षनै काटिएपछी यहाँका जनजाति, जिव जन्तु, पानीको स्रोत, वनस्पतीकालागि केहिपनि बाँकी नरहेको भन्दै उनीहरू मर्माहत भएका हुन् । ‘तिनीहरूले हाम्रो मात्री आत्माकै हत्या गरिदिए’ स्थानिय धामी कालाहुपतलले भने ।
(आफ्नो ऐतिहासिक, सांस्क्रितिक रुख काटिएपछि आन्दोलनमा उत्रिएका मास्त्से आदिवासी जनजाति)
संरक्षणबादीहरुलेपनि यसलाई अन्तर्राष्ट्रिय घटना भनेका छन् । किनभने ब्राजिल र पेरुका जंगलमा थुप्रै प्राकृतिक ग्याँसहरू पाइन्छन । त्यसैले इन्धनका ब्यापारीहरूले त्यसलाई झिक्न लामो समयदेखि सरकार र स्थानिय प्रशासनसित जंगल मास्ने प्रयास गर्दै आएका थिए । त्यसैले त्यहाँको संरक्षित क्षेत्रको करिब आधा भाग बितेको एक दशकमा सखाप पारिसकिएको छ । आफ्नो सांस्क्रितिक विरासतलाई जोगाउने तिनको प्रयासमाथिपनि यो रुख काटिदिएर अबरुद्द गरिदिएका छन् ।
सन् १९९१ देखि सन् २०१४ सम्ममा अमेजोन क्षेत्रको जंगल तीन गुणाका दरले मासिएको छ । जंगल मासेर त्यसलाई गाइभैंसीको चरन बनाइएको छ । यो उष्ण प्रदेशिय जंगल जैविक विविधता संरक्षण गर्ने विश्वकै प्रमुख स्थल हो । तथापि अहिले हरेक मिनेटनै पिच्छे एक सय एकड यहि जंगल फँडानी गरिन्छ ।
(फोटो- वर्ल्डन्युज डेली रेकर्ड)







