नाचे झैं गरेर पोथी फकाउने कस्तो काईदा !

deer fight-1

झट्ट हेर्दा नाचे जस्तो देखिन्छ । तर होइन । यिनीहरुले पोथीकालागि मारमुंग्री गरेका हुन । म्रिगहरुको लड्ने अनेक तरिका मध्ये योपनि एक हो । लुटे भालेहरु यस्ता बलियाको लडाईं देखेपछि परै भागछन । कि अली परबाट लुकेर हेर्छन । अक्टोबर वा नोभेम्बरको शुरुतिर जंगलमा यस्ता क्रियाकलाप देख्न सकिन्छ । युरोपका जंगलमा । म्रिग पाइने वनमा यो याममा भालेहरू पोथीका लागि लडाभाँती गर्छन् । पोथीलाई कसले ओगट्ने, कति वटालाई ओगटेर संभोग गर्ने भन्ने प्रतिस्पर्धामा भाले म्रिगहरुबिच लडाई हुन्छ । त्यसमा जित्नेले हार्नेलाई लघारेर पोथी ओगटेर बस्छ । पोथीहरुलेपनि यस्तै बलिया लडाकू भाले रोज्छन । भाले भालेबिच लडाई हुँदा खुट्टाले हान्ने, रोक्ने र सिङ जुधाउने गर्छन् । गर्धनको प्रयोगपनि गर्छन् । यस्तो लडाईमा हानेर, टोकेर भालेहरू रगताम्य समेत हुन्छन् । कहिलेकाहिँ त मारिनपनि सक्छन् । यो तस्विर भने बेलायतको रिचमोण्ड पार्कमा खिचिएको हो ।1415807364661_wps_33_MANDATORY_BYLINE_PIC_BY_B

1415807401415_wps_38_MANDATORY_BYLINE_PIC_BY_B

1415807376523_wps_35_MANDATORY_BYLINE_PIC_BY_B

1415807429102_wps_42_MANDATORY_BYLINE_PIC_BY_B

(फोटो : बार्तेक ओल्जेस्की, डेली मेल)

तपाइँको प्रतिक्रिया