नयाँ बच्चा जन्मिँदा सामूहिक स्वागत

article-2108183-11F7B1C3000005DC-178_964x504

हात्तीहरूको जिवन अचम्मैको हुन्छ । आफ्नो परिवारमा नयाँ बच्चा जन्मिँदा मानिसले बरु उति साह्रो खुशियाली बाँड्दैनन् । तर हात्तीहरूले भने असाध्यै खुशि बाँड्छन । रमाउँछन । बच्चालाई बाघ, हुँडार वा सिंहले खाइदेला भनेर तिनबाट बचाउन हात्तीको बथानले वरिपरिबाट सुत्केरी पोथी र बच्चालाई घेरेर सुरक्षा दिन्छ । अफ्रिकाको आम्बोलेसी राष्ट्रिय निकुञ्जमा लिएका तस्विरले हात्तीको अनौठो जीवनको व्याख्या गर्छ ।

article-2108183-11F7B273000005DC-808_964x416

हुँडार देखेपछि हात्तीले धुलो फ्याँक्ने, छर्किने, कराउने, चिच्याउने गर्छन् । त्यसपछि हुँडार भाग्छन् ।

article-2108183-11F7B265000005DC-149_964x486

बडी गार्ड : यि हात्तीले भर्खर जन्मेको बच्चाको सुरक्षा दिएका हुन् । जनावर सुरक्षित रहन की असाध्यै बलियो हुनुपर्‍यो की त चलाख । आफ्नो सुरक्षा गर्न अक्किल निकाल्नुसक्नुपर्‍यो ।

article-2108183-11F7B1D7000005DC-921_964x580

पोथीले बच्चा पाउने बेला सुरक्षा दिन, स्याहार गर्न समूहका अरु हात्ती वरिपरि बस्छन ।

article-2108183-11F7B251000005DC-902_964x489

हात्तीको बच्चो जन्मिएपछि त्यसलाई झुलुक्क हेर्नपनि हात्तीहरूलाई हतारो हुन्छन् । तिनले चारैतिरबाट झुम्म भएर हेरिहाल्न खोज्छन् ।

article-2108183-11F7B27D000005DC-366_964x620

बल्ल बच्चाले सुँड अलिकति उठायो । बाँकीले सुरक्षा दिईरहन्छन ।

article-2108183-11F7B25B000005DC-756_964x905

भर देउ : पहिलो पटक जमिनमा खुट्टा टेकेर उभिन गाह्रै हुन्छ । त्यसैले बच्चाले अरु हात्तीको सुँडमा भर दिएर उभिन खोज्छ ।

article-2108183-11F7B1DE000005DC-151_964x548 (1)

पहिलो चुम्बन : उभिनासाथ आमालाई पहिलो चुम्बन दिन्छ बच्चाले !

article-2108183-11F7B1CA000005DC-799_964x565

आफ्नो समूहमा जन्मेको बच्चालाई सुँड ठड्याएर चिच्याउँदै सामुहिकरुपले स्वागत गर्छन् हात्तीहरूले ।

(फोटो- पाओलो तोर्चियो, डेली मेल )

तपाइँको प्रतिक्रिया