कंचटमा वैंशको भारी

ददिराम सापकोटा

 हामी अत्तर किन छर्कन्छौ ? शरिर गन्हाएको वास्तविकता ढाक्नरु कि पुरुषले महिला र महिलाले पुरुषलाई आफुतिरnepal-elephants-musth-nepalplus-1.jpg आकर्षित गर्नर ? प्रायस: वैशालु अवस्थामा पुगेपछि मानिसहरु ( खासगरि शहरिया महिलाहरु ) थरिथरिका अत्तर खोज्दै बजार धाउँछन। जे होस यसको प्रयोग बैशालु जोडीले बढि गरेको पाइन्छ। हात्तीहरुपनि वैशले छोएकाबेला एक खाले अत्तर सुँघ्ने र त्यो कताबाट आएको छ खोजि गर्दै हिँड्छन। तर उनिहरुकालागि चाहिने अत्तर भने वैशालु अवस्थाले समातेपछि आफ्नै शरिरबाट पैदा हुन्छ। हो, भाले हात्तीमा करिब ११ देखि १२ वर्ष बाटै यौन इच्छा पलाउँछ। तर पाका भालेहरुले यस्ता सानालाई लखेट्ने गर्छन। भाले जब २० देखि २५ वर्षे उमेरको हुन्छ तब कंचटको दुबैतिर फुलेर आउँछ। त्यसबाट पिप जस्तो एक खाले तरल पदार्थ निस्कन्छ। यो अवस्थालाई नेपालीमा मत्ता वा मात (Musth) लागेको भन्ने चलन छ। रगतको पानिलो जिवरस (Blood Serum), पिसाब र कंचटको धमनी (Temporal gland) मा टेस्टोस्टेरन हर्मोन उच्च हुन थालेपछि भाले मत्ता हुन्छन। यो कडा गन्ध गालाबाट तल बग्दै झर्छ।

यो अवस्थाका भालेहरु ज्यादै रिसाहा , आक्रामक हुन्छन। यिनले स्वाँ स्वाँ र फ्वाँ फ्वाँ गर्दै सुँडपनि नागबेली पारेर हल्लाउँदै हिँड्छन। त्यसो त हात्ती मत्ता किन हुन्छ भन्ने प्रश्न उठ्ला। यो स्वच्छ र स्वस्थ वंशाणुगुण (Gene) छान्ने, विविधता छर्ने प्रकृतीको चलाखि हो। यदि भालेहरु वर्षैपिच्छे यसरि मत्ता अवस्थामा नपुग्ने र आक्रामक नबन्ने हो भने सधै सबैभन्दा ठूलो भालेले मात्रै पोथीहरु ओगटिदिन्छ। आफ्नो नजिकको नाता पर्नेको गर्भ लिन सक्ने सम्भावना हुन्छ। अरु भालेहरुले कहिल्यै अवसर पाउँदैनन। यसो भएमा प्रकृतीमा स्वच्छ र सक्षम जीनहरु खेर जान सक्छन। सृष्टीमा विविधता हुँदैन। त्यो बलियो भालेमा कुनै खराबी भए उसले थुप्रै पोथीहरुलाई निसन्तान राख्न सक्ने जोखिम समेत हुन्छ।  आफ्नो परिवारबाट टाढा वा नाता नपर्नेमा संभोग गर्नेका धेरै र स्वस्थ बच्चा जन्मिन्छन। यसको वंशाणुगत कारण छ।

 तिनका जीन राम्ररि फैलन्छन। नाता गोतामै प्रजनन भएको खण्डमा कम संख्या र अस्वस्थ जन्मिन सक्छन। त्यसताबाट जन्मिएका बच्चाको प्रतिरोधात्मक क्षमता कम हुन्छ। यहि कारणले गर्दा हो मानिस र केहि स्तन्धारी जीवले वालककालमा सँगै हुर्किएकासँग यौनकार्य गर्न अस्विकार गर्ने।   मत्ता हुनु उच्च यौनीक र आक्रामक हुनु हो। यतिबेला टेस्टोस्टेरन हर्मोन उच्च अवस्थामा पुगेको हुन्छ। यो बेला कंचटको धमनीबाट रस बग्छ। पिसाबमा कडा गन्ध आउँछ। लिंगबाट एक खालको गन्धयुक्त रस बग्छ। भाले मत्ता भएका बेला यो कंचटको धमनीबाट बग्ने रसमा १६ खालका मिश्रण पाइएको छ (*१) ।  हुनत यसलाई भालेले आफु उच्च यौनीक अवस्थामा पुगेको पोथीलाई जानकारि दिने, प्रतिद्वन्दिसँग प्रतिस्पर्धागर्न आफु कुन अवस्थामा छु भनेर देखाउने ईमान्दार संकेत हो पनि भन्न सकिन्छ। मत्ता अवस्थामा वैंशले यति समात्छ कि भालेहरुले आफ्नो लिंग धमिराको थुम्को, रुख र जमिनमा रगड्ने गर्छन। पिसाब तुरुक्क तुरुक्क तुर्क्याउँछन।

यहि कारणले गर्दा लिंगको टुप्पो हरियो हरियो निलो निलो जस्तो हुन्छ।   उत्तेजित अवस्थाको संचार आदानप्रदानका बेला भालेहरुले कानपनि फट्फटाउने गर्छन। खासगरि पोथी अन्य मत्ता भालेको नजिक पुगेको बेला। आफ्नो कंचटको धमनीको गन्ध संभावित पोथीसम्म पुर्‍याउन र प्रतिद्वन्दिलाई आफु आक्रामक अवस्थामा रहेको संकेत गर्नपनि कान फट्फटाएर निस्केको हावाले वासना पुर्‍याउने गर्छन भन्ने भनाई अनुसन्धानदाताहरुको छ। किन आवश्यक पर्छ यो सबै हात्तीकालागि? भाले हातीहरु प्राय: कि त एक्लै कि त साना साना कुमार ( Bachelor) समुहमा बस्छन। पोथीहरुको छुट्टै समुह हुन्छ। ऋतुकालमा भाले र पोथी भेट्ने हात्तीको माध्यमनै यहि हो। हात्तीले करिब १० मिटर टाढासम्म मात्रै देख्न सक्ने हुनाले संचारको माध्यम आवाज र गन्ध हो। मानिसका कानले सुन्न नसकिने हावाको तरंगमा मिसिएका ज्यादै मसिना आवाजहरु सुन्छन हात्तीले। भाले र पोथीका गन्धहरु केहि किमी टाढैबाट पत्तालगाउँछन। मत्ता अवस्थाका भालेले निकालेको आवाज केहि किमी टाढैबाट सुन्छन अन्य भाले र पोथीले। यौनकार्यका लागि तयारी अवस्थाकी पोथीले मत्ता भालेको आवाजलाई सकारात्मक उत्तर फर्काएपछि भालेहरु त्यस्ता पोथी खोज्दै आउँछन। त्यसैले हातीको ऋतुकालमा जब भाले मत्ता अवस्थामा पुग्छ उसको बारेमा यौनाकांक्षी पोथीले टाढैबाट थाह पाउँछे र उसले त्यस्ता भालेलाई हरियो संकेत दिन्छे।

पोथीका यस्ता संकेत आवाज र गन्धबाट थाह पाएपछि वरिपरिका भालेहरु संभावित पोथीतिर आउँछन।मत्ता अवस्थाका भालेहरुले फ्रान्टालीन नामको हर्मोन बढि उत्पादन गर्ने हुनाले पोथीहरु बढि आकर्षित हुन्छन (*२)। पोथीहरुपनि यौनाकांक्षी अवस्थामा पुगेपछि कराउने, पिसाब तुरुक्क तुरुक्क तुर्क्याउने, गोब्र्याउने गर्छन। यसरि पोथीहरुले आफ्नो तयारी अवस्थाको प्रचार गर्न थालेपछि भालेहरु आकर्षित भई एकापसमा द्वन्द शुरु हुन्छ।  तर समुहका थोरै पोथीमात्र तयारी अवस्थामा हुन्छन। त्यसैले सबै भालेले मौका नपाउने हुँदा भालेहरुबिच पोथी ओगट्नकालागि प्रतिस्पर्धा चल्छ। मत्ता भालेले मत्ता अवस्थामा नरहेका साना भालेहरुलाई सजिलै लघार्छन। पोथीले चाहिं भालेहरुले लडाई गरेको नियालेर बस्छे। जित्नेलाई अँगालौंला भनेर कुरेर बस्छे। यौनाकांक्षी पोथीहरुले यस्ता भालेलाई बाटो खुला गरेर साना भालेहरुलाई रोक्छन जसमा मात आइसकेको हुँदैन। पोथीहरुले पाका भाले रुचाउँछन।

पूर्ण रुपमा पाका नभएका , कम अनुभवी वा साना भालेहरु नजिक आउँदा भाग्छन। जबर्जस्ति गर्न लागे तिनका आमा र दीदी बहिनीहरु गर्जिएर बलिया भालेहरुलाई बोलाउँछन तिनलाई लखेटेर पठाउन् भनेर। asian-elephants-nepal-musth-nepalplus-2.jpgहुनत मात नलागेका भालेले पोथीसँग संभोग गर्न सक्दैनन भन्ने होइन। यस्ता भाले पोथीको छनोटमा नपर्ने मात्रै हुन। भालेहरु उत्रै छन भने त लडाई झन डरलाग्दो हुन्छ। लडाई गर्दा साना रुख उखलेर पिट्ने, मुढाले हिर्काउने गर्छन। केहि घण्टापछि जित्नेले हार्नेलाई केहि किमी परसम्म लखेट्दै जान्छ। त्यसैले भालेहरु लडाइबाट प्रायस् टाढै बस्न रुचाउँछन। तर मत्ता अवस्थामा भएपनि साना भालेहरु ठूला र बढि आक्रामकतिर नजाने, ठूला भाले नजिक आइपुगे तर्कने गर्छन। दबिएका भाले (subdominant) ले पनि आफ्नो गन्ध छोड्छन ठूला भालेलाई अग्रिम जानकारि दिएर। आफु सुरक्षित रहनकालागि। भालेहरुबिचको द्वन्द जोखिमपूर्ण हुनाले आफ्नो शारिरिक र यौनिक अवस्थाबारे तरल पदार्थ छर्केर जानकारि दिनु बचाउको तरिका हो।  अन्य भालेहरुमाथि आधिपत्य जमाएको भाले (Dominant male) ले पोथी छेउ पुगेपछि जबर्जस्ति गर्दैन। बरु उसले पोथीको यौनिक अवस्थाको बारेमा जानकारि लिने कोसिस गर्छ।

पोथी संभोगको पूर्ण तयारि अवस्थामा छ कि छैन भन्ने कुरा उसले टाढैबाट पाएको वास्नामात्रै पर्याप्त हुँदैन। यौनिक अवस्थाको जानकारि भएपनि। त्यसैले भालेले आफ्नो सुँडको टुप्पोले पोथीको गुप्तांगमा बिस्तारै स्पर्श गर्छ। पोथीलेपनि पिसाब तुरुक्क तुर्क्याइदिन्छे। भालेले त्यो पिसाब बिचार गरिगरि सुँघ्छ। त्यसपछि सुँडको टुप्पोलाई अझ राम्ररि परिक्षण गर्न उसले मुखको बिचतिर घुसार्छ। जहाँ उसको एउटा ध्राणिय भाग (Vemeronasal Organ) हुन्छ। यसले पोथीको फेरोमेन हर्मोन (पोथीको यौनाकांक्षीत हर्मोन ) लाई प्रारम्भिक रुपमा पत्ता लगाउँछ। पोथी सभोगकालागि तयारि अवस्थामा छ भन्ने निर्क्योल भएमा भाले थप उत्तेजित बन्छ (*३)।   पोथीहरुपनि के कम ? भालेको अवस्था थाह पाउने पोथीका पनि आफ्नै उपाए छन। पोथीहरुलेपनि मस्त भएका भाले र नभएका गन्धबाटै चिन्छन। पोथीहरुलेपनि आफ्नो समुहका पोथीलाई जानकारि दिन र भालेलाई आकर्षित गर्न रासायनिक संकेतहरु छोड्छन।

भालेको पूर्ण अवस्था , उमेर ठम्याउन भालेको पिसाबको नमूना परिक्षण गर्छन सुँडको nepal-elephants-musth-nepal-nepalplus-3.jpgटुप्पोले। भालेको सामाजिकस्तर, प्रजनन क्षमता जाच्ने तरिका पनि हो त्यो पोथीको। पोथीले भाले लिंगको उत्तेजित हुने स्थल र मुखपनि जाँच्छे। यस्ता संकेत हात्तीले र्‍यालमापनि छोडेका हुन्छन। यि बाहेक भालेलाई संकेत गर्ने पोथीका अन्य उपाएपनि छन। पोथीले मिहिन आवाज निकालेर, टाउको ठाडो र सधै भन्दा आँखा फराकिला पारेर भालेलाई बोलाउँछे। पुच्छर हल्लाउँदै समुह छोडेर हिँड्छे। उपयुक्त भाले कुन छ भनेर भालेका टाउका बिचार गर्दै हिँड्छे। भालेका वरिपरि घुम्छे। भाले नजिक आउँदा रोकिन्छे। भालेलाई स्पर्श गर्छे। सुम्सुम्याउँछे। भालेको सुँडमा आफ्नो सुँड जोडेर लठारो पार्छे। यसको अर्थ उ भालेसंग लठ्ठिइसकि। तैपनि उसले अझैपनि सजिलै भालेलाई शरिर सुम्पन्न। उ केहिबेर दौडिन्छे। केहिबेरको दौडादौड, हस्याङ फस्याङ, हिम र चिम पछि बल्ल पछि पछि लागिरहेको उसको प्रेमीका आगाडि पोथीले खुट्टा टक्क अड्याएर सहमति जनाउँछे।

पोथीले अब अन्तिम सहमति जनाउदै छे भन्ने बुझेको भालेलेपनि पोथीको घाँटी र टाउकामा आफ्नो सुँड राख्छ। दाह्रा चाहिं गाला र ढाडमा अड्याउँछ। उत्तेजित भएका बेला हँसिया जसरि बांगिएको हुन्छ उसको लिंग। पोथीमाथि चढेपछि उसका अघिल्ला खुट्टा र लिंग दुबै तन्किन्छन। उसले अगाडिका खुट्टाका नङले पोथीको ढाडमा चपक्क थिचेर सन्तुलन मिलाउँछ। उसको एक पटकको संभोगकाल करिब २० सेकेण्डमै सकिन्छ। संभोगपछि पोथीको योनीबाट सानोतिनो खोलो बगेझैं घ्वाललल्ल विर्य खस्छ। केहि पटकको अन्तरालमा भालेले दिनमा केहि पटक संभोग गर्छ। यौन कालको कुनै खास याम हुँदैन। वर्षभरि जुनसुकै याममा पनि हुन सक्छ। तैपनि एशियाली हात्तीहरुको प्रजनन प्रायस् वर्षायाममा भएको पाइन्छ। यो बेला जंगलमा चारैतिर प्रशस्त मात्रामा घाँस खान पाएर शरिर पुष्टिएकोलेले हुनुपर्छ।

यौनकालपछि पोथीलाई छोडेर भाले आफ्नै समुहमा फर्किने वा एक्लै बरालीने गर्छ। पाको भाले यसरि वर्षको २, ३ पटक nepal-elephants-musth-nepalplus-4.jpgमत्ता बन्छ (* ४)।  भाले र पोथी यसरि संभोग गरिरहेको बेला वरिपरिका अन्य केहि साना भालेहरुलाइ खपिनसक्नु हुन्छ। रिसले आगो भएका यिनले कान फट्कार्छन। टाउको हल्लाउँछन। संभोग गरिरहेका जोडीको अगलबगलमा पुग्छन गोब्र्याउँदै र तुर्क्याउँदै। आवाज निकाल्छन। उनिहरुले यौन उत्तेजित भएको देखाउँछन।  पोथीहरु नौ वर्षबाट यौनीकरुपमा तयार (Estrus) हुन्छन। भालेहरुलाई कम्तिमा दश वर्ष लाग्छ। तर शुरुको अवस्थामा छोटो समयमात्रै कामुक बन्छन। एक महिना ज्यादै उच्च हुन्छ। ५५ वर्षभन्दा माथि पुगेपछि मत्ता हुने क्रम ज्यादै कम हुन्छ (*५)। दबिएका भालेको यौनाकांक्षा अवधि केहि दिन मात्र रहन्छ। तर पाकाहरुको तिन, चार महिनासम्म रहनसक्छ। मत्ता भएकोबेला भालेको टेस्टोस्टेरन हर्मोन जुन रगतमा हुन्छ त्यो ५० गुणाले बृद्धि हुन्छ। यसैले उसको बानी र कृयाकलापमा यस्तो भिन्नता ल्याउँछ (*६)। 

जगली अवस्थामा पोथीहरु प्राय: गर्भिणी वा बच्चासँग हुन्छन। एक्लो भएको बेला वर्षमा चार महिना जति यौनीक अवस्थामा हुन्छन। यो अवधिमा तिनदेखि चार दिन मात्रै गर्भिणी हुनसक्ने उपयुक्त क्षण वा डिम्ब निस्कने समय हो। अफ्रीकी हात्तीहरुमा गरिएको अनुसन्धानले हात्तीहरुले १०० भिन्न हात्तीका आवाज छुट्याउन सक्छन भन्ने पत्ता लागेको छ। ३२ किमी टाढाबाट संचार आदानप्रदान गर्न सक्छन भन्नेपनि (*७)। भाले र पोथीले केहि हप्तासम्म यौनकृया गर्न सक्छन। प्रायगरि एउटा भालेले वरिपरिका केहि पोथीसँग संभोग गर्छ। उसले ति पोथी वरिपरि अरु भालेलाई आउन दिदैन।

सन्दर्भ सूची:

( *१)    ( www.elephantvoice.org)

(* २)     Elephant sex Drive linked to sixth Sense, AFP, December 27, 2005

( *३)     Pheromones in urine spurs mating in Elephants, Sharon Guynup , National Geographic Today, October 04, 2004  

( *४)   Sexual differences in three unconventional mammals: Spotted Hyena, Elephants and Tammer Wallabies, Stephan E. Glickman, Roger V. Short, Marilyn B. Renfree . Hormons and Behaviour, Volume 48, Number 4, November 2005) 

 ( *५)   www.Elephant.se/musth

( *६)   Doctor Tatiana’s sex advice to all creations, page 65, 66, 68, Olivia Judson, Henry Holt and Company, Newyork, 2002) 

 (* ७)   Do Disney’s Real Elephants Have Tales to tell ?, National Geographic News, February 21, 2003 

तपाइँको प्रतिक्रिया