नेपालीलाई जागिरबाट निकाल्न नेपाली दुतावासकै हारगुहार

NRN-saudi-arebiya-press-release

अरु देशका नेपाली राजदूतवासले अप्ठेरो परेका नेपालीलाई सहयोग दिन्छन् । गाह्रो साह्रो र भर अभरमा साथ दिन्छन् । सेवा गर्छन् । बिदेशमा कामको गाह्रो साह्रो पर्‍यो, कंपनीले ठग्यो वा सास्ती दियो भने तिनलाई कारवाही गर्न संवन्धित देशको सरोकारवालालाई दबाब  दिन्छन् । नेपालीको सबै हितमा काम गर्नु तिनको मुख्य काम हो । तर सुन्दै अचम्म लाग्छ, यस्तोपनी एउटा नेपाली दुतावास छ जसले फोन गरेर नेपालीलाई कामबाट निकाल्न दबाब दिन्छ । काम गरेर आफ्नो मानो खाइरहेको, देशमा रेमिटेन्स लगिरहेको र दु:ख परेका नेपालीलाई साथ र सहयोगपनि दिइरहेकै एक नेपालीलाई साउदी अरेबियाको नेपाली दुतावासले जागिरबाट निकालिदिन कंपनीलाई फोन गरेको छ । नेपाली दुतावासले गरेका गलत कामको बिरोध गरेको झोंकमा  उनलाई देशबाटै निकाला गर्नुपर्छ भन्दै फोन गर्ने र साउदीको प्रशासनलाई दबाब दिएको छ । त्यसरी दबाब दिईएका ब्यक्ति हुन्, धरम केसी । उनलाई जागिरबाट हटाउने कारक बन्न लागेकोपनि नेपालप्लसकै रिपोर्ट हो । 

यसको पुष्टी गैह्र आवाशिय नेपाली संघ साउदी अरेबियालेनै गरेको हो । गत नोभेम्बरको १४ का दिन बैठक बसेको थियो संघको । बैठकमा बिभिन्न बिषयमा छलफल र निर्णय गरिएका थिए । निर्णयको बुँदा ३ मा स्पष्ठसित लेखिएको छ ‘साउदी अरबमा कार्यरत एक जना नेपालीको रोजगारमा नकारात्मक असर पार्नेगरी रोजगारदाता कम्पनीलाई नेपाली नियोगले फोन गरेकोमा सो को घोर निन्दा गर्ने ।’ नेपालप्लसले यी को ब्यक्ति हुन भन्ने बिषयमा आफ्ना स्रोतहरू मार्फत् खोजी गरेको थियो ।  ती ब्यक्ति थिए ‘गैह्र आवाशिय नेपाली संघ साउदीका पुर्व अध्यक्ष र हाल गैह्र आवाशिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सल्लाहकार धरम के.सी. । नेपालप्लसले के.सी.लाई सिधा संपर्क गरेको थियो, यस बिषयमा बुझ्न र प्रतिक्रिया लिनकालागि । तर केसीले नेपालप्लससित संपर्क गर्न चाहेनन ।

केसीले गत नोभेम्बर १ मा भाग्ने भगाउने गोरखधन्दा फेरी शुरू भयो साउदीमा शिर्षकमा एउटा लेख लेखेका थिए, नेपालप्लस डट कममा । त्यसमा साउदीको नेपाली दूतावासले नेपालीहरू भाग्ने भगाउने क्रमलाई न त हिंजो रोक्न सक्यो न त आज रोक्न केही गर्नसकेको छ भन्दै दूतावासको आलोचना गरेका थिए । उनले पासपोर्ट सहजिकरणमा खासगरी पुर्बी क्षेत्रमा निशुल्क र कम शुल्कमा सेवा दिनेहरूलाई दुरूत्साहित पार्दै रोकेर (बन्द गराएर) बढी शुल्क (कमिशन) लिनेलाई संरक्षण र प्रोत्साहन दिएको उल्लेख थियो । लेखमा नियोजित कमिशनखोरी र भ्रष्टाचारमा यस क्षेत्रमा खटिएका दुतावासका स्थानिय कर्मचारी लिप्त रहेको इंगित गरेका थिए । स्रोतका अनुसार त्यहि लेखको प्रतिशोध साँधेर केसीलाई जागिरबाट निकाला गर्न नेपाली दुतावासले उनी कार्यरत कंपनीमा संपर्क गरेको थियो । यस अघिपनि त्यहाँको नेपाली दुतावासले धरम केसीलाई साउदीबाट देश निकाला गर्न अनेक कोसिस गरेको थियो ।

स्रोतका अनुसार त्यो लेखबाट क्रुद्द बनेका राजदूत उदय राज पाण्डेले दुतावासका अरबी भाषा जान्ने एक स्थानिय कर्मचारी लगाएका थिए । ती कर्मचारीले केसीका मेनेजरसित अरबी भाषामै कुराकानी गरेर उनलाई जागिरबाट हटाउन भनेका थिए । नियोगले यस्तो प्रस्ताव गरेपछि कंपनी अचम्ममा परेको थियो । केसीलाई स्पष्ठीकरण लिएको थियो । त्यसपछि केसीले दुतावासले गर्ने गरेका अन्य गलत कामको फेहरिस्तपनि सुनाएका थिए । यस अघि साउदीमै राजदूत बनेर गएका हमिद अन्सारीले गरेको अनियमितता र अत्याचारबारे पनि बताएका थिए । अन्सारीको भ्रस्टाचारबारे नेपाल्स इन्भ्वाई इन रियाद रिकल्ड ओभर ग्राफ्ट क्लेमा (Nepal’s envoy in Riyadh recalled over graft claim) शिर्षकमा समाचार प्रकाशित भएको थियो । केसीले त्यो समाचार देखाउँदै नेपाली राजदूतले कस्तो काम गर्छन् बिदेशमा र कसरी बदनामी भएका छन् भन्ने पेश गरेका थिए ।

साथमा अख्तियार दुरूपयोग अनुसन्धान  आयोगले नेपाली दूतावास साउदी, कतार र मलेसियालाइ तोकेरै प्रेश बिज्ञप्ती निकाल्दै श्रमिक समस्या समाधान गर्न चेतावनी (ध्यानाकर्ष) गराएको  सूचना  / प्रेस बिज्ञप्तीपनि देखाइदिएको स्रोतले बतायो । राजदूतावास जागिरनै खाइदिन दबाब दिएपछी दुतावासका गलत कामबारे जानकारि दिँदै केसीले “हो मेरो राजदूतले नै गल्ती गरेका छन, हिंजो पनि गरे, अहिले पनि गरिरहेका छन, भोली पनि गर्न सक्छन, यी हेर्नुस साउदीबाट अरब न्युजमा प्रकाशित मेरो देशको राजदूतको कालो कर्तूतको समाचार” भनी समाचारको प्रिन्ट नै देखाएको एन आर एन साउदी अरबका एक सदस्यले नेपालप्लसलाई बताए । केसीले एन आर एन साउदी अरेबियाको बैठकमा यसबारे छलफल गर्दा “मलाइ निकै लज्जाबोध भयो । तर बर्तमान राजदूतले नै मलाइ बिदेशी रोजगारदाताका अगाडी आफ्नो देशको बैइज्जति गर्न बाद्य पारे मैले के गर्ने ?” भनेको नेपालप्लस स्रोतले जानकारि दियो ।

कर्मचारी नियुक्तिमा मनपरी निर्णय, सेवा दिन कमिशनको चक्कर 

दुतावासले कुनैपनि  सरकारी कर्मचारी नियुक्ति गर्दा सूचना जारी गर्नुपर्छ । सरकारा कर्मचारीले काम गर्ने स्थान, दिन र समय तालिका तोक्नुपर्छ । सरकारी सेवा पाउने त्यस्तो आाधारभूत सूचनाको हक बाट आफ्ना नागरिकहरूलाइ बञ्चित राख्न पाइन्छ ? तर नेपाली दुतावस साउदी अरेबियाले यी सबै गोप्य राखेर मनपरी गर्ने गरेको छ । दूतावास रहेको राजधानी शहर रियाद देखि ५०० कि.मी. टाढा अवस्थित जुबैल शहरमा एनआरएनए साउदीले हरेक साप्ताहिक छुट्टीका दिनमा चलाउँदै आएको पासपोर्ट सहजिकरणको निशुल्क सेवा शिबिरमा यही क्षेत्रमा खटिएका दूतावासका कर्मचारी हुनुपर्नमा भएनन्  ।

आफ्नो कार्यक्षेत्रमै १० औं हप्तासम्म निरन्तर चलिरहेको त्यो सरकारी काममा सरकारी कर्मचारी नै लगातार अनुपस्थित भए । त्यहाँ संकलित सयौं फारमहरू नबुझ्न अनेक निहुँ खोजे । आफ्नै कार्यक्षेत्रमा पर्ने महामहीमको निवासबाट मात्र ८०-९० कि.मी. टाढा (१ घण्टाको ड्राइभिङ दूरीमा) रहेको जुबैल शहर पुग्न ११ दिन लगाए । यसमा कुनै लाभ नहुने भएर हो । नोभेम्बर ७ मा तयार रहेका फारमहरू १८ नोभेम्बरमा मात्र दुतावासले बुझिलिएर असहयोगी बनेको छ ।

त्यसो त, दमाममा मात्र १० रियालमा सेवा दिइरहेको सेवा प्रदायकलार्इ सेवा गर्नबाट दुतावासले रोकेको थियो । दमाममै अरू निजि सेवा प्रदायकले त्यहि कामकालागि जनही ९० रियालसम्म कमिशन लिएका थिए । त्यसको साविती बयान पासपोर्ट शिविरमा दूतावासका स्थानिय कर्मचारीकै अगाडी दिएका थिए । त्यो बेला दूतावासका कर्मचारीले मुख रातो बनाएर पन्छिए । तर कमिशनखोरी रोक्न, सुधार्न, घटाउन कुनै पहल गरेनन । यसमा नेपाली दुतावासकै संलग्नता रहेको गुनासो नेपालीले गर्दै आएका छन् ।

दमाममै एक कम्पनीका १५ जनाले दिएका पासपोर्टका आवेदन फारमहरू यी स्थानिय कर्मचारीले ३-३ पटक सम्म अस्वीकृत गरेका थिए । तर फारम भरिदिने या सिकाउने, मदत गर्ने गरेनन र ४५० कि.मी. टाढा रियाद जान वाध्य  पारे । आखिर रियाद दूतावासमा समेत सेवा नपार्इ फेरी दमामकै निजी दुकानमा पासपोर्टको सेवा लिन दूतावासकै कसैले निर्देशन दिए । यो अप्रिल महिनाको प्रसंग हो जतिखेर एनआरएनएले दमाममै निशुल्क सेवा दिइरहेको थियो । यसको पछाडी दूतावासको नियत के हो ? नेपालीहरूले प्रश्न गरिरहेका छन् ।  स्रोतका अनुसार अहिले पनि बिभिन्न स्थानहरूमा पासपोर्टमा दरो कमिशन चलिरहेको छ । यतिसम्म कि बनेर आएको पासपोर्ट बितरण गर्दा समेत सेवाग्रहीहरूबाट शुल्क लिने गरेको स्वयम पीडित तथा प्रत्यक्षदर्शी नेपालीहरूले बताएका छन ।

तर दूतावास र केही दैनिक पत्रीकाका पत्रकारसमेत मिलेर घुस कमिशन खाएको रसिद भर्पाइ पेश गर्न भन्दै कमिशन र भ्रष्टाचारको घुमाउरो पाराले संरक्षण गरिरहेको स्रोतले नेपालप्लसलाई बतायो । ‘संसारभरि नै घुस कमिशन र भ्रष्टाचार केही न केही रूपमा चल्छ तर दूनियामा कुनै भ्रष्ट र कमिशनखोरले आफूले खाएको घुस कमिशनको रसिद भर्पाइ दिन्छ ?’ नेपालप्लसलाई त्यहाँका एक नेपालीले प्रश्न गरे ।

साउदी अरबको पूर्वी क्षेत्रमा रहेका २-३ लाख नेपाली कामदारहरूले दशौं बर्षदेखि रोइकराईगरेपछि ९ जुन २०११ मा एक जना स्थानिय कर्मचारी (सहचारी) हरि घिमिरेलाई नियुक्त गरिएको थियो । हरि घिमिरेले दूतावासको स्थानिय कर्मचारीका नियुक्ति हुनुअघि दशौं बर्ष म्यानपावरको अबैध दलाली गरेका थिए । उनलाई त्यहाँका नेपालीले मानव तस्करका रुपमा चिन्छन् । त्यो सबै जान्दा बुझ्दा पनि बर्तमान राजदूत उदयराज पाण्डेको सिफारिसमा उनी नियुक्त  भएका हुन् । घिमिरेलाई नियुक्त गर्दा सूचना र कुनै प्रतिस्पर्द्धा राजदूतले गराएनन । सूचना निकाल्दा यिनको घोर बिरोध हुने सम्भावना त्यतिखेरपनि थियो । घिमिरे पेशाधर्मी म्यानपावर एजेन्टहरूका समर्थक हुन । जसरीपनि पैसा कमाउने यिनको पहिला देखिकै छबी रहेको छ ।

शुरूमा एक बर्षको अस्थार्इ करारमा नियुक्त भएका यिनको जागिरको करार अवधि दुई पटक सकिइसकेको छ । तर राजदूतले यिनको करार नबिकरण गर्दा (म्याद थप्दा) पनि कुनै सोधपुछ नगरी सुटुक्क आफूखुशी गर्दै आएका छन । स्वेच्छाचारिता र मनोमानीको पारकाष्ठा देखाउँदै प्राप्त अधिकार (अख्तियार) कोपनि चरम दुरूपयोग गर्दै आएका बर्तमान राजदूत उदयराज पाण्डेयमाथी छनबिन र सोधपुछसम्म भएको देखिएको छैन् । “यसैले पनि बर्तमान राजदूत र यी स्थानिय कर्मचारी अख्तियार दुरूपयोग निबारण आयोगको गम्भीर छानबिनको दायरामा आउनैपर्छ” सौदीका एक नेपालीले भने । साउदीमा गतः बर्ष दिइएको आम माफीमा पनि यिनले नेपालीहरूलाइ निकै सास्ति दिएको र तिबाट रकम आसुलेको  नेपालीहरू बताउँछन् ।

तपाइँको प्रतिक्रिया