आन्दोलनको शैली त ईटालीमा’नी नेपालकै जस्तो
- महिन्दो वाईवा / ईटाली
राजनीति स्थिर छैन । बेरोजगारी सङ्ख्या बढ्दो छ । उधोग धन्दा क्रमस बन्द हुँदै छन । शहरमा बन्द हड्ताल जारी छ । महङ्गी बढ्दो छ । जनताको जीवन स्थर उकास्न सरकार कुनै योजना ल्याउँदैन । यो समस्या इटालीको हो । ईटालीको दैनिकी त्यसै पनि ब्यस्त छ । काम नगरि खान बस्न पुग्दैन । त्यसमाथि रोजगारी क्रमस घटेको छ । दैनिक आठ घन्टा काम गर्नेहरुको काम ६ घण्टामा झरेको छ । नयाँ काम खोज्नेहरुलाई अवसर छैन । यसरी दैनिकी चलाऊनुपर्ने अर्थतन्त्रमा असर पुग्दा हरेक क्षेत्रमा बेतिथी देखिएको छ । जब यसैको असर सडकमा आएर छताछुल्ल्क हुने गरी पोखिन्छ तब झन देशको पिडा उदाङ्गो हुन्छ । सरकारमा रहने प्रतिनिधिको बिरोधमा हालै मिलान शहरमा भएको अन्दोलको केही झलकहरु तस्विरमा हेर्नुस् ।
फीओम सिजिआइएल (Fiom CGIL) को अगुवाइमा भएको यस अन्दोलन मिलानमा मात्र नभै बिभिन्न शहरहरुमा हुने छ । अझै पनि सरकारले कुनै पहल नगरेमा पुरै इटाली भरी अन्दोलन गर्ने चेतावनी दिइएको छ । फीओम सिजिआइएल कामदारको पक्षमा काम गर्ने एउटा सस्था हो । बेरोजगारको सङ्ख्या दिनानु दिन बढिरहेको अवस्थामा कामदारको पक्षमा काम गर्ने सस्थाको बजेट कटौती गरेकोले अहिलेको सरकारको बिरोधमा सडक तताइरहेको छ । बजेट कटौती गर्दा आम नागरिकले सिजिआइएलबाट निशुल्क रुपमा पाइरहेको सेवा सुबिधामा असर पुगेको छ । फीओम सिजिआइएलले कामदारको हकमा स्वदेशी र बिदेशी दुबैलाई समान सेवा दिदै आइरहेको छ । बजेट कटौती गरेदेखि फीओम सिजिआइएलबाट पाउने सेवालाई शुल्क तिर्नु परेकोलेपनि आम नागरिक अहिलेको सरकारप्रति रुष्ट छ । सिजिआइएल लाई अन्य राजनैतिक दलहरुले पनि साथ दिएका छन् ।
आन्दोलनमा सबै बर्गको सहभागिता रहेको थियो । त्यसमाथि यहाँ बसोबास गर्ने आप्रवासीहरुको पनि उल्लेख्य सहभागिता थियो । बिशेष गरेर अफ्रिकी देशका नागरिकहरु, मोरक्कन इजिप्सियन, बङ्गाली, फिलिपिनी, रोमानियन, चाइनिजहरुको यहाँ बाक्लो उपस्थिती छ । रमाईलो के भने यहाँको बिरोध शैलीपनि नेपालकै जस्तो । हाहु । सडक जाम । चर्का नारा । आक्रोश उस्तै ।
एकथरी त आन्दोलन गर्ने भए । अर्का थरि फेरि आन्दोलनले नेपालमा झैं वाक्क दिक्क । सडक जाम, हा हु । नारा जुलुस । धुलो र धुवाँ । उफ्रियो, गाडी गुड्न रोक लगायो । सरकारले केही गर्दैन, सुन्दैन । दु:ख उहि नागरिकलाई । आन्दोलनबाट दिक्दार बनेका नागरिकपनि सडकमा उत्रेर आन्दोलनकर्मीको बिरोध गरे । यी सेता ब्यानर बोकेका आन्दोलनकर्मीको बिरोध गर्न सडकमा उत्रिनेहरू हुन् ।













