मोदीलाई झुक्याउने कांग्रेस एमाले सरकारको सक्कली रुप

modi-color

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएका बेला सरकारले सकेसम्म ढाँट्न खोज्दै छ । चाकरी गर्न मोदी हिँड्ने बाटोघाटो रङ्गाउने र पोत्ने त गरेकै छ । तर ढाँटको र टालेको रहस्य कतिन्जेल लुकाउन सकिन्छ र ? राष्ट्रिय सभागृहबाट सय मिटर मात्र पूर्व काठमाडौंको असली रूप टुकुचामा बगिरहेको छ ।

modi-plaster

मोदीले गाडीको झ्यालबाट झुलुक्क देख्लान भनेर् भित्ता रङ्गाउँदा पर्खालका पात र रुखविरुवामापनि रङ घसेका छन् । हतारमा केहिदिनका लागि यस्सो टालटुल पार्ने र सिँगार्न खोज्दा तीनले भित्ताका रुखविरुवा र पातमापनि घसेका हुन् । त्यसरी ढाँटीढाँटी घसेको रङ तिनले टुकुचामा बगाएर अर्को ढाँटको पर्दाफास गरेका छन् । खोलामा रङ फालेर तीनले अर्को वातावरणिय अपराधपनि गरेका छन् । ढाँटेको र टालेको लुक्दैन भनेको यहि होला ! कांग्रेस एमाले सरकारको सक्कली रुप !

दुबै तस्विर : प्रवेश सुबेदी 

तपाइँको प्रतिक्रिया