एन आर एन युके खारेज, निजी कंपनीका रुपमा दर्ता (नेपालप्लस विशेष रिपोर्ट)

PDF file created from a TIFF image by tiff2pdf

गत केही वर्षदेखिको तानातान, आर्थिक हिनामिना र पदको हानथापले गर्दा अन्तत गैह्र आवाशिय नेपाली संघ (एन आर एन बेलायत) कानुनीरुपमै बिघटन भएको छ । सामाजिक संस्थाका रुपमा दर्ता भई चल्दै आएपनि प्रशानसमक्ष लेखा परिक्षण र आर्थिक हिसावकिताबनै नबुझाएपछी एन आर एन बेलायत बिघटन भएको हो । यो बिघटन भएपनि यसलाई एन आर एन बेलायतका पूर्व अध्यक्षद्वय कुल आचार्य र योगेन्द्र छेत्रीले छुट्टाछुट्टै निजी कंपनीका रुपमा दर्ता गरेका छन् ।

PDF file created from a TIFF image by tiff2pdf

Yogendra-chhetri

dissolved-NRNA-uk

नेपालप्लसले एन आर एन बेलायत बिघटन गरिएको सरकारी कागजपत्र र दर्ताको कागजपत्र बेलायतको प्रशासनबाटै फेला पारेको हो । तर यसलाई हालसम्म गोप्य राखिएको थियो । एन आर एन अन्तर्राष्ट्रिय कामिटीलेपनि यसका बारेमा हालसम्म कुनै जानकारि बाहिर ल्याएको छैन् ।

PDF file created from a TIFF image by tiff2pdf

PDF file created from a TIFF image by tiff2pdf

एन आर एन बेलायतका पूर्व अध्यक्ष कुल आचार्य र एन आर एन बेलायतका अर्का पूर्व अध्यक्ष योगेन्द्र छेत्रीले कसले पहिले यो संस्था निजी कंपनीका रुपमा हात पार्ने भनेर प्रतिस्पर्धानै गरेका छन् । एन आर एन बेलायत आफ्नै कंपनीका नाममा दर्ता गराएर निजी स्वामित्वमा पार्न होडबाजी गरेका हुन् । कम्पनी दर्ताका लागि दुबैले बेलायतको प्रशासनमा आबेदन दिएका छन् । कुल आचार्यको दर्ता नंबर ०७८८२९१५ छ भने उता योगेन्द्र छेत्रीको दर्ता नंवर ०५१९ ४५३३रहेको छ । दर्ता पत्रमा दुबइ जनाले कंपनीमा एक जना निर्देशक रहेको उल्लेख गरेका छन् ।

PDF file created from a TIFF image by tiff2pdf

दर्ता पत्रमा कंपनीको प्रकृति कस्तो हुन्छ भन्नेमा प्राइभेट लिमिटेड बाई ग्यारेन्टेड भन्ने उल्लेख भएकाले यो निजी कंपनीका रुपमा दर्ता भएको बुझिन्छ । यसको कार्यक्षेत्र इङ्ल्याण्ड र वेल्समा हुने उल्लेख छ । बेलायतमा प्राईभेट लिमिटेड ग्यारेन्टेड र प्राइभेट लिमिटेड च्यारिटी भन्ने दुई नामबाट यस्ता कंपनी दर्ता गर्न सकिन्छ । सामाजिक काम गर्ने संस्थाले च्यारिटी गर्ने भनेरै दर्ता गर्ने र निजी कंपनीले ग्यारेन्टेड भनेर दर्ता गर्ने हुनाले आचार्य र छेत्री दुबैले निजी कंपनीका रुपमा दर्ता गरेको प्रस्ट हुन्छ ।

PDF file created from a TIFF image by tiff2pdf

PDF file created from a TIFF image by tiff2pdf

लामो समयदेखी एन आर एन बेलायतमा बिबाद, तानातान, आरोपप्रत्यारोप, शक्ति र पदको होडबाजी चल्दै आएको छ । कूल आचार्य र योगेन्द्र क्षेत्रीबिचपनि एन आर एन बेलायतमा कसले प्रभाव पार्ने भन्ने बिषयमा होडबाजी र बिबाद रहँदै आएको थियो । एन आर एन जस्तो संस्थालाई निजी कंपनीका रुपमा दर्ता गर्ने प्रयासले एन आर एनलाई थप बिबादमा पार्ने छ । अब एन आर एन राष्ट्रिय समन्वय परिषद (देश देशका एन आर एन) हरूलाई निजी कंपनीका रुपमा दर्ता गराउनेहरूको मनोबल बढ्ने छ । एन आर एन बेलायत निजी कंपनेका रुपमा दर्ता गराउने प्रयासले त्यसकोलागि बाटो खोलिदिएको छ । बिषयमा गैह्र आवाशिय संघ अन्तर्राष्ट्रिय कमिटीले कस्तो पाइला चल्ला भन्ने धेरैको चासो छ ।

kul-acharya-yogendra-chhetri

एन आर एन युके मा लामो समयदेखि ६५ हजार देखि एक लाख पाउन्ड सम्मको बिबाद रहँदै आएको छ । एन आर एन उकेका पूर्व कार्यकारी समितिका नेत्रित्वबिच त्यो रकम कसले खायो, हिनामिना गर्‍यो भन्नेमा बिबाद र एकले अर्कोलाई अनियमितता गरेको आरोप लगाउँदै आएका छन् ।  एन आर एनलाई निजी कंपनीका रुपमा दर्ता गरेका योगेन्द्र छेत्री र कुल आचार्य दुबैले यसका अबरेमा सार्वजनिक गर्ने, एन आर एन सदस्यहरुलाई सत्यतथ्य जानकारि दिने गरेका छैनन् । ‘मपनी एन आर एन युकेको सदस्य हुँ, एन आर एन युके खारेज भएको र निजी कंपनीका रुपमा दर्ता भएको जानकारि त मैलेपनी पाउनुपर्थ्यो नी ? युके निवासी पत्रकार प्रकाश अर्यालले भने ।

नेपालप्लस डट कमले एन आर एन संस्था खारेजी, त्यसको वासलात, निजी कंपनीका रुपमा दर्ता कागज, दर्ताका प्रक्रिया लगायतका सम्पूर्ण प्रमाण फेला पारेको हो । नेपालप्लस डट कमसित ती सुरक्षित छन् ।

 

तपाइँको प्रतिक्रिया