फेर्न पाए दर्जन वटी

ददिराम सापकोटा

गाउँ घरमा कुखुराको पोथीलाई गाउँभरिको ठुलो भाले खोज्दै हिँड्ने चलन छ। कुखुराको भालेले पोथी पाउँदा उसले शुरुका तिन चार पटक त निकै जोश र जाँघरका साथ सम्भोग गर्छ। यस्तो बेला अन्य भाले त के उ भन्दा दर्जनौ गुणा ठुला जनावर नजिक पुग्दापनि ठाडै आक्रमण गर्न आउँछ। चौथो पटकसम्म त उसले सजिलैसित सम्भोग गर्छ। पाचौँ पटकसम्म पुर्‍याएपछि छैठौं पटकमा उसले कुनै रस फेला पार्दैन। पहिलो पटक पोथी देख्नासाथ माटो खोस्रदै सिउर हल्लाउँदै र पखेटा फर्फराउँदै झम्टिएको उसको फुर्तिफार्ती हराएर पुरा लोसे हुन्छ। तर के उसले सम्भोग गर्न नसकेर हो त ?  

अवश्यै होइन। बरु उसले एउटा यौन इच्छाकालमा ६० पटकभन्दा बढी सम्भोग गर्छ। तर उसलाई अर्कै नयाँ पोथी लगिदिने हो भने उसले पहिलो पटक जुन उत्साह र चाख देखाएको थियो त्यहि उत्साह र फुर्तीकासाथ सम्भोग गर्छ। यसरि फेरी फेरी भेट्टाएको खण्डमा उसले दर्जन वटीसम्मलाई बाँकी राख्दैन।  अंग्रेजीमा यसलाई रुस्टर एफेक्टभन्ने गरिन्छ।  

एउटा बहरलेपनि छैठौं पटकसम्म त कहिल्यै नछोडौँला झै स्वाँ स्वाँ र फ्वाँ फ्वाँ गर्दै गाइलाई सम्भोग गर्छ। गाइ जता गयो उतै जान्छ। नजिक कोहि गए जाइलाग्छ। तर सातौ पटकबाट उसको फुर्तीपनि सलक्कै घट्छ। बरु उसले नजिकैको एक मुठा पराल र एक त्यान्द्रो घासमा रस भेट्टाउँछ तर त्यो गाइमा भेट्टाउँदैन। तर उसलाई नयाँ कोरेली लगिदिने हो भने उसले पहिलो पटककै जस्तो फुर्ती फार्ती निकालेर पाँच, छ पटकसम्म उही उत्साहकासाथ सम्भोग गर्छ। उसलाई यसरि फेरि फेरि लगिदिने हो भने उसले १० वटी सम्मलाई नाइ नास्ती नगरिकनै सम्भोगको क्रम जारी राख्छ। त्यस्तै गरेर एउटा भेडो , मृग वा बोको पाँच पटकमा लत्र्याकलुत्रुक्क पर्छ। तर उसलाईपनि नयाँ भेडी वा बाख्री लगिदिने हो भने उसमा ज्वाला दन्किएजस्तै हुन्छ। उसलेपनि तिनै बहर र भालेझै १०/१२ वटासम्मको सजिलै रहर पुर्‍याउँछ।

 पछिल्ला पटकमा किन घट्छ चाख यसरि भालेहरुको? त्यहि एउटै बुढीसंगमात्रै कती संगत गर्नु भनेर होला त ? त्यसो भए भालेले पहिलो पटक सम्भोग गरेर छोडेको पोथीको पखेटा कतै काटिदिने, कतै थपिदिने, रंग लगाएर झन चिटिक्क पारिदिनपनि त सकिन्छ नि ? भेडीहरुलाई रंग रोगन गरिदिने, टाउकोमा झुम्का झुन्ड्याइदिने, शरिरमा अत्तरहरु छर्केर मग मग वासना आउने बनाइदिने। टाउकामा फुर्काहरु लगाइदिएर अनुहारनै बदलिदिने। अनी अनुहार बदलिएको, मग मग बासना आएको पोथी पाएपछी त्यो डङडङी गन्हाएको गन्हौटे बोकाले छोड्ला ? हो, अनुसन्धान्कर्मीहरुले यसरि झुक्काउन सकिन्छ की भनेर परिक्षणपनि नगरेका होइनन। तर तिनलाई झुक्काउन सकिने रहेनछ।  हुनपनि त्यस्तो अत्तरसत्तर छर्केर मगमग वासना आएको पोथीमा भन्दा बरु पिसाब र बर्केउला ठुस्स गन्हाउँदै आएको पोथीतिरै के को आकर्षण होला? यो मानिसमापनि लागू हुन्छ। अष्ट्रेलीयाली लेखकद्वय आलन र बारबारा पिचका अनुसार स्वस्थ पुरुषहरुले एक दिनमा एउटी महिलासंग पाँच पटकसम्म सम्भोग गर्न सक्छ। छैठौं पटकमा भने उसको चाख मरिसकेको हुन्छ। तर छैठौं पटकमा अर्कै महिला फेला पारेमा उसको शरिर उत्साहित भएर आउँछ। उसले नयाँ जोशकासाथ सम्भोग गर्छ तिनै भेडा, बहर, कुखुराको भाले र बोकाले झैं। अत्तर सत्तर छर्केर, झिल्के लुगाले स्तन छोपेर , पारदर्शी भित्री कट्टु लगाएर ल्याइदिएपनि त्यो महिलाप्रति सम्भोगकालागि पुरुषकोपनि खासै रुचि जाग्दैन।

प्रकृती कहाँ त्यति सजिलै झुक्काउन सकिने लाटो छ र? सृष्टिको नियमलाई जारी राख्ने प्रकृतीको पनि आफ्नै नियम छन। हचुवा र सनकका भरमा प्रकृतीलेपनि आफ्नो काखका जिवहरुलाई सुरक्षित राख्न सक्दैन। भविष्यका पिढीहरुप्रति अन्याय नगर्ने सायद प्रकृतीको आफ्नै नियम छ।

 भालेले जतिसक्यो धेरै पोथीमा आफ्नो बिज सारेर फैलाओस र पोथीहरुमापनि धेरैले आफ्नो कोख रित्तो राख्नु नपरोस भन्ने यो प्रकृतीको नियम र चलाखी हो। यसो गर्दा बिभिन्न वंशको विविधतासमेत हुन्छ। फुलवारीमा जति धेरै थरिका फूल फूल्यो उति सुन्दर भएझैं प्रकृतीमा जति धेरै थरिको विविधता भयो उति स्वस्थ र विविधतापूर्ण हुन्छ। यसरि फेरेर गर्दा भालेको बिजपनि अनावश्यकरुपमा खेर जाँदैन।

तपाइँको प्रतिक्रिया