डेनमार्कको सडकमा घन्कियो देउसी र भैलो

  • पूर्ण बन्धन / कोपनहेगन, डेनमार्क

deusi-bhailo-denmark-3

डेनमार्कको सडकमा नेपालीको देउसी र भैलो घन्किएको छा । त्यहाँका नेपालीले डेनिस नागरिकहरुलाईसमेत नेपालको यो प्रचलन र पर्वमा परिचय गराउँदै सडकमा देउसी भैलो घन्काएका हुन् । देउसीभैली स्ट्रीट फेस्टिवल २०१४ ले यो कार्यक्रम आयोजना गरेको हो । डेनमार्कको राजधानी कोपनहेगनमा hijo गोबरर्धन पूजाको दीन गरिएको हो . पर्यटकीय दृष्टिकोणले अत्यन्त व्यस्त रहने कोपनहेगनका व्यस्त स्थान कंगेन्सनेटो देखि र्याटडहुसप्लास्डसन सिटी सेन्टरको प्रागण सम्म ४ बजे देखि ८ बजेसम्म देउसी भैलो गुञ्जिएको थियो । यो कार्यक्रमलाई मण्डला रेडियोले लाइभ प्रशारण गरेको थियो । 

नेपाली सँस्कृतीलाई डेनिस समुदायबिच  ऐक्यबद्दता  गराउने उद्धेश्य राखेर स्थापना गरिएको नेपाली सडक महोत्सव प्रतिष्ठानले आयोजना गरेको देउसीभैली दोश्रो देउसीभैलो सडक महोत्सव थियो । क्रियटिभ नेप्लिज वूमन इन डेनमार्क, अभियान नेपाल डेनमार्क, डेनमार्क नेपाल सोसाइटी सह आयोजक थिए ।  कोपनहेगनको सडक पेटीबाटै देउसीभैली झाँकी गरेर सिटी सेन्टरको प्रागणसम्म जान प्रहरीले सहयोग गरेको थियो ।

deusi-bhailo-denmark-1

सहभागिताका दृष्टिकोणले गत वर्ष सहभागी भएका सक्रिय देउसी र भैलेनीहरु यस पटक पनि सोही जोश जाँगर, उत्साहमा थप नेपाली प्रचलित परिहरनका साथ दोहोरिएका थिए । यो वर्ष थप दर्जनौं नयाँ अनुहारहरु उक्त महोत्सवमा खुल्ला हृदयका साथ सहभागी भए । नाम दर्ता प्रकृयालाई आत्मसाथ गर्दै ६३ जना सडकमा खेलिएको देउसीभैलीमा सहभागी थिए भने सिटीसेन्टर प्रागणमा पुग्दा उक्त समूह दुइसयको हाराहारीमा पुगेको थियो ।

जुन उद्देश्यका साथ सडक महोत्सव गरिएको थियो, त्यही अनुरुप नेपाली झण्डा सहितको देउसीभैली ब्यानर बोकेर गरियो । प्रत्यक्ष र अप्रत्यक्ष गरी दशौं हजार व्यक्तिहरुले अवलोकन गरे । नेपालीको मौलिक चाड तिहार, त्यसरी गरिने रहेछ भन्ने धेरथोर मात्रामा हजारौं विदेशीहरुले जान्न पाए । केही विदेशीहरू हुलकाबीचमा मखमली फूलका माला किनेर, लगाएर नाचे ।  स्थानिय कलाप्रेमीहरु लगायत, बाल कलाकारहरु कृतिका कण्डेल, कृपा कणेल, आँचल सापकोटा, सुदिक्षा, दूर्गा बराईलीले परम्परागत पोशाकमा भैलेनी नृत्य प्रस्तुत गरेका थिए ।

निर्माणाधिन नेपाली चलचित्र लब नम्बरमा अनुबन्धित एन्नेमेटे बोए सहोदर बहिनी क्रिस्टिना र आफ्नी आमा हेलेनका साथ सहभागी भैलेनीहरूका साथ छमछमी नाचिन् । कलाकारहरुलाई नृत्य निर्देशन गरेर सन्त कुमार थापा मगरले स्वयं पनि नृत्यमा सहभागिता जनाए । त्यसैगरी वाध्यवादन गर्दै प्रत्यक्ष देउसीभैलीका गीतहरु गाएर देउसीभैली भट्टयाउन हरि न्यौपाने, राजमान तामांग, दिनेश सापकोटाले विशेष सहयोग गरे । गायक र वाध्यवादका साथमा सम्पूर्ण जोश जाँगर र उमंगमा नेपाली पहिरनमा सजिएका देउसी रे भैली रे भट्टयाउँदै, नाच्दै, तालि बजाउँदै, सुस्केरा हाल्दै एकघण्टासम्म सडक वरपर गुञ्जाएमान गराए . तर सबैको योगदान अमूल्य र अतुलनीय रह्यो । सोही सहभागीहरुले अत्यन्त अनौठो आत्मसन्तुष्टि प्राप्त भएकोले आगामी तिहारमा फेरी भेट्ने वाचा गरेर आयोजकलाई थप उत्साहित गरेर गए ।

deusi-bhailo-denmark-2

स्वास्थ्यको कारणले, कार्यव्यस्तताको कारणले र शहरभन्दा बाहिर रहनु परेको कारणले सहभागिता जनाउन नसक्ने दर्जनौ कलाका पारखीहरुले जुनरुपमा बाहिर बसेर भए पनि कसैले आर्थिक अनुदान त कसैले अप्रत्यक्ष सहयोगपनि गरे । त्यस्ता एक उदाहरिणीय व्यक्ति निरज प्रशाइँले पाँचसय डेनिस क्रोनरको अनुदान अनलाइन नै पठाए भने, अन्यको विवरण प्राप्त हुँदै गरेकोले केहिदिनमा सार्वजनिक गरिनेछ । कामकाज र पारिवारिक भेटघाटका क्रममा आएका दर्जनौं पाहुना नेपालीहरुले पनि नेपालमै रहेको अनुभूती गरे ।  कार्यशालाको उद्देश्यले आएका पाँचजना नेपालीहरु भने बसबाट कतै गैरहेको मौकामा देउसीभैलीको रमझम देखेर खुसीले गदगद हुँदै आयोजकहरुसंग परिचय, भलाकुसारी र तिहारको शुभ कामना दिन पाएकोमा कृतज्ञता प्रकट गरेर गए ।

देउसीभैली स्ट्रीट फेस्टिवलको व्यानरमा उल्लेख गरिएका नाम अनुरुपका केही सामाजिक संस्थाका मित्रहरु कारणवस उपस्थित हुन नसके तापनि क्रियटिभ नेप्लिज वूमन ईन डेनमार्ककी अध्यक्ष अञ्जू पराजूली र अभियान नेपाल डेनमार्कका अध्यक्ष कमलराज शर्माले जिम्मा लिएका काममा स्वयंसेवकहरु परिचाल गर्दै जिम्मेवारीका साथ लागि पर्नुभएको थियो । रेस्टूरेण्ट हिमालयका सञ्चालक राम महर्जन र सन साइन बेकरीका सञ्चालक बिजय अधिकारी व्दय पनि नेपाली पोशाकमा ठाँट्टिएर सहभागी मात्रै रहेनन्, सह–प्रायोजकको रूपमा सहभागी भए ।

deusi-bhailo-denmark-4

यावत सकारात्मक उपलब्धिहरुका अतिरिक्त, “आफू बासेन भने कोपनहेगनका नेपालीका घरमा उज्यालो नै हुँदैन” ठान्ने राजनैतिक दलका खोर र गुफामा बास्ने भालेहरु भने फोन गरीगरी आउने वाचा गरेरपनी आएनन् । त्यसैले कसैका कलुषित अनुहार हेर्नुपनि परेन । उनीहरु गतवर्ष भने भरपुर मनोरञ्जन लिएर गएका थिए । आयोजकको प्रशंसा गर्दै अर्को वर्ष थप सहयोगी भूमिका खेल्ने वाचा गर्दै, ङिच्च दाँत देखाउँदै, देउसीभैली दानदक्षिणा अनलाईनबाट पठाउँछौ पनि भन्थे । गतवर्ष बोलेको उधारो देउसीभैलीको दानदक्षिणा र अन्य कार्यक्रमहरुमा कोष वृद्धिका लागि बेचिएका खाजा र वियर खाएको पैशा दिनुपर्छ भनेर हो कि यस वर्ष भने मुरकट्टे व्यवहार देखाउन आउँदा पनि आएनन् । त्यसैले महोत्सव झनै उत्साहबर्धक र पवित्र रह्यो । कूदृष्टि राख्ने, आफूलाई चरीहरुको राजा वाज हुँ भन्ने भ्रममा रहेका, तर डोकोले थूनिएका, डाको नफूकेका बास्न चेष्टा गर्ने भालेहरु भने पवित्र पर्वलाई राजनैतिक चन्दा असूलीको धन्दा बनाएर कोपनहेगनका गक्षवानहरुका घरघरमा सित्तैमा पाएका वियरलाई अलकत्र सरह धोक्दै, महोत्सवका कमिकमजोरी कोट्ट्याऊँदै, घ्यारघ्यार गरेर  बास्दै थिए भन्नेपनी सुनियो । तर ती जतासुकै जाउनु, जे सुकै धोकुन आफूलाई भाले ठानुंन कि पोथी, यो पर्वलाई पवित्ररुपले मनाउने देउसेभैलेनीहरुले तीनलाई पटक्कै मतलब गरेनन् । त्यसैले महोत्सव निकै ऐतिहासिक र मर्यादित थियो ।

नेपाली सडक महोत्सव प्रतिष्ठानले आयोजना गरेको देउसीभैली सडक महोत्सवमा, १९६९ देखि नेपाल र डेनमार्कको दौत्य सम्बन्ध स्थापनाका लागि अनवरत काम गर्ने, नेपाली दूतावास खोल्ने भूमिका निभाउने, गोरखा दक्षिणबाहूबाट विभूषित, डेनमार्क नेपाल सोसाईटीकी अभियन्ता ७६ वषिर्य महिला बिर्गिट नियल्सन गत वर्ष मूख्य अतिथीका रुपमा सहभागी थिईन । यस पटक पाँचसय देउसीभैली दक्षिणा अनलाइन पठाएर स्वयंसेवकका रुपमा राती ११ बजेसम्म सक्रिय रहिन् । यस्ती महान महिलाले सरलरुपमा सरिक भैदिनाले उक्त महोत्सव अब, रमाईलो गर्ने कार्यक्रमका रुपमा मात्र सिमित रहेन, बरु एउटा पृथक अभियान बनेर गयो ।

(लेखक देउसीभैली स्ट्रीट फेस्टिवल २०१४ आयोजक समिती कोपनहेगन डेनमार्कका संयोजक हुन्)

 

तपाइँको प्रतिक्रिया