पेरिसको देउसी भैलोमा चुले निम्ता !

deusi-bhailoपेरिसमा यो वर्ष एकै ठाउँमा देउसी भैली खेलिँदै छ । बिदेशमा नेपालमा झैं मादल ठोक्दै राति राति देउसी भैलो भट्याउन पाइन्न । कानुनले रोक्छ । कसरि धित मार्ने त देउसी भैलोको ? ठूलो हल लिएर दिनभरि गाउने, नाच्ने, भेटघाट गर्ने । रमाएर, धित मारेर फर्किने । यो पटक नेपाली एकता समाज, फ्रान्सले त्यहि मेसो मिलाएको छ । आगामी अक्टोबर २६, आइतवारका दिन फ्रान्सबासी सबै नेपालीलाई एकता समाजले चुले निम्तो दिएको छ ।

गत साता समाजको बैठक बसेर तिहारको उपलक्ष्यमा देउसी भैलो खेल्न चाहने सबैलाइ बिना दस्तुर चाड मनाउने अवशर मिलाइदिने निर्णय गरेको थियो । यो दिन देउसी भैलो खेल्ने, नाचगान हेर्ने, गाउने, खानपिन सबैको निशुल्क ब्यवस्था गरेको छ नेपाली एकता समाजले । धेरै नेपाली कार्यक्रम हुने मेजो आल्फर्ड स्तादको हलमै हुँदै छ यो कार्यक्रमपनि । कार्यक्रमको पूर्ण जानकारि हेर्नुस् – 

कार्यक्रम हुने दिन – २६ अक्टोबर २०१४

समय- दिउँसो १२.३० देखि

हुने ठाउँ -1 rue 8 may 1945 94700 Maison Alfort

मेट्रो- Line 8, Direction-Creil

Station- Maison Alfort Stade

तपाइँको प्रतिक्रिया