तामाङ खुशी हुँदा बाहुन किन रिसाउने र बाहुन खुशी हुँदा तामाङ किन रिसाउने ?

  • रमेश रोदीततामाङ

ramesh-rodit-tamangनेपाली तिहारमा गाई पशु भित्र्याएर देशको माटोको सुगन्ध संस्कृति बढालेर भारतीय दिपावली भन्नु हुँदैन । तिहार नै भन्नु पर्छ । बहुधार्मिक राष्ट्रको यदि सम्पुर्ण नेपालीको राष्ट्रीय चाडबाड हो भने धार्मिक रङ फेर्नु आवश्यक होला ।

अलौपर्व, कोतपर्व, भण्डारखाल पर्व, नारायणहिटी पर्व राजनैतिक भएकाले दशैंतिहारलाई पर्व होईन चाडबाड मात्र भनिनु पर्दछ । किनकी विजयादशमी भनेको विजय र पराजय नै भनिएको हो ।

दशैं कालो होईन रातो छ । अब यो रातोलाई लालीगुराँस र सिम्रीकको प्रतिक बनाईनु पर्दछ, हिंसा वा युद्धको मैदानमा लतपतिएको रगत होईन ।

यो रातो लाई विजयादशमी भन्यो भने पराजयदशमी पनि सँगै आउँछ नेपाली राष्ट्रीयतामा । चाहे रामको होस या रावणको । मैसासुरको होस या देवीको । घले राजाको होस या द्रब्य शाहको । रिदामा राम्लिहाङको होस या जंगबहादुरको । या चाहे हिन्दुको होस या अहिन्दुको यी सबै सबैका सन्तानहरु देशबासी हुन्, छन् नेपालमा । यसकारण सबैको बनाउन सक्नु पर्छ देशले राष्ट्रीय चाडबाडलाई ।

तामाङ खुशी हुँदा बाहुन रिसाउनु हुँदैन । र बाहुन खुशी हुँदा तामाङ रिसाउनु हुँदैन चाडबाडहरुमा । नभा मक्किसकेको राष्ट्रियता ठुन्किन्छ । विश्वास नलागे सोध्नुहोस डक्टर सि. के. राउत सँग ।

फुलपाती, जमरा, अक्षता हाम्रै बालीनाली हुन् । मात्र रङको कुरो छ  । कसैको खुशीमा दुःखी हुन खोजेका होईनौं हामी । बरु रुँदै गरेकोलाई हँसाउने धर्म वा मानवीयता खै कुनि के जाती भन्छ नि हो त्यो हुनु पर्दछ सबैको मन मनमा।

 

तपाइँको प्रतिक्रिया