एन आर एन युरोपेली भेलामा भएको मानव तस्करीको छानबिन गर्न समिति गठन, उपाध्यक्ष निलम्बित

suraj-kumar-pokhrel(एन आर एन स्पेनका अर्का एक सदस्यले दिएको अर्को सूचना जस्ताको तस्तै राखिएको छ-नेपाप्लस डट कम)

पोखरेललाई निलम्बन गरेको अनुशाशन समितिको निर्णयले हो । अगस्त २ मा निलम्बन गरिएको हो। अनुशासन समितिको संयोजक अर्का उपाध्यक्ष अर्जुन आचार्य हुन् । अक्टोबर २ सम्मकालागि निलम्बन गरिएको थियो । त्यो बेला प्रमाण सहित उपस्थित हुन अनुशाशन समितिले नीरज कुमार लाइ निर्देशन दिएको थियो ।

गएको जुन सात र आठमा भएको एन आरएन युरोप स्तरिय सम्मेलनमा मानव तस्करी भएको विषय फेरि तातेको छ । भेला आयोजना गर्दा गरिएका काम र बिधीहरु अपारदर्शी भएको भन्दै एन आर एन स्पेनका उपाध्यक्ष निरज कुमार पोख्रेललाई निलम्बन गरिएको खबर नेपालप्लसले पत्ता लगाएको छ । उनलाई गत अगष्ट आठमै निलम्बन गर्ने निर्णय गरिएको भएपनि हालसम्म गोप्य राखिएको थियो । गत जुन सात र आठमा स्पेनको बार्सिलोनामा एन आर एन युरोप स्तरिय सम्मेलन हुँदा अनियमितता, मानव तस्करी र अन्य अबैधानिक काम भएको भन्दै त्यसको छानबिन गर्न जनप्रगतिशिल मञ्चका गोपाल रेग्मीको संयोजकत्वमा एक छानबिन समितिनै गठन गरिएको छ ।

युरोपेली भेला आयोजना गर्दा मानव तस्करी भएको, भएका निर्णयहरु अपारदर्शी भएको भन्दै त्यसमा मुख्य दोषी ठानेर एन आर एन स्पेनका उपाध्यक्ष पोखरेललाई अक्टोबर ८ सम्मकालागि निलम्बन गरिएको स्रोतले नेपालप्लसलाई बतायो ।

यहि विषयले गर्दा एन आर एन स्पेन र युरोपेली भेला आयोजना गर्न हातेमालो गरेका संघसंस्थाहरुबिच चर्काचर्की समेत भएको छ । एन आर एन स्पेनले युरोपेली भेला आयोजना गर्दा अपनाएका बिधी, माध्यम र कार्यहरु अपारदर्शी भएको भन्दै स्पेनका संघ संस्थाले चर्को बिरोध गर्दै आएका थिए । एन आर एन स्पेनले त्यसको सुनुवाई नगरेपछि स्पेनका आधा दर्जन संघसंस्थाले बैठक बसेरै एन आर एन स्पेनलाई अगस्ट २५ देखि बहिष्कार गर्ने निर्णय गरेका थिए (त्यसको समाचार र निर्णयको कपी हेर्नकालागि यहाँ क्लिक गर्नुस्) ।

एन आर एनले सेम्मेलनकै लागि भनेर सिफारिस गरेकै ब्यक्तिहरुपनि एन आर एन युरोपको सम्मेलनमा भाग लिन सम्मेलनस्थल पुगेनन् । देखाउनकालागि एन आर एनको सिफारिसमा आएका यि यि मानिस हुन् भनिएपनि त्यसबाहिरका मानिसपनि भित्रिएको र आयोजकहरुले आआफ्ना मानिसहरु भित्र्याएको आरोप लागेको थियो । केहिलाई मोटो रकम लिएर एन आर एन सम्मेलनका नाममा भिसा सिफारिस गरेको आरोप लागेको थियो । अहिले निलम्बनमा परेका एन आर एन स्पेनका उपाध्यक्ष निरज कुमार पोख्रेलका भाई निर्मल कुमार पोख्रेललाई त्यसैगरि भिसाको लागि सिफारिस गरिएको थियो । एन आर एन सम्मेलनमा भाग लिन भनेर भिसा सिफारिस गरिएका उनी सम्मेलनमै अनुपस्थित थिए । दुबाईमा ब्यापार गर्ने निर्मल कुमार पोख्रेललाई आफूले बोलाएको तर उनी फर्केर जाने निरज कुमार पोख्रेलले स्पेनका संघ संस्थालाई जवाफ दिएका थिए । तर त्यसरि अन्य ब्यक्तिहरुलाईपनि भिसाकोलागि सिफारिस गरेको आरोप स्पेनका संघ संस्थाले लगाउँदै आएका छन् । भिसा अलगेकाको नाम गोप्य राखिएको, त्यसरि आ उनेहरु सम्मेलनमै न आएको र त्य्सको छनबिन हुनुपर्ने माग सम्मेलन सफल पार्न खटिएका स्पेनका अन्य संघ संस्थाका ब्यक्तिहरुले राख्दै आएका थिए । तर त्यसलाई पारदर्शी रुपमा सार्वजनिक गर्न नसक्दा सम्मेलन अयोजना गर्ने नाममा मानव तस्करी र अन्य कामहरु शंकास्पद भएको आरोपमा स्पेनका संघसंस्थाले एन आर एन स्पेनलाई बहिस्कार गर्दै आएका छन् ।

छानबिन समितिलाई सहज होस् र एन आर एन युरोपेली सम्मेलनमा भएका सबै संकास्पद कार्यहरु सत्यतथ्य रुपमा बाहिर निकाल्न सहज होस् भन्ने उद्देश्यले एन आर एन स्पेनका उपाध्यक्ष निरज कुमार पोख्रेललाई निलम्बन गरिएको स्रोतले बतायो । ‘अक्टोबर ८ सम्मकालागि निलम्बन गरिएको हो, अक्टोबर ८ पछि मात्रै सार्वजनिक गर्ने भनिएको थियो, तपाईले कताबाट पत्ता लगाउनु भयो ?” एन आर एन स्पेनका एक अधिकारीले नाम उल्लेख नगरिदिन आग्रह गर्दै भने ।

उनलाई निलम्बन गर्ने दिन (अगस्ट ८)मा बसेको बैठकमा निलम्बन गर्ने र नगर्ने भन्ने दुई पक्षबिच चर्काचर्की परेको थियो । एन आर एन स्पेनका अधिकांश कार्यकारी सदस्यहरु निलम्बन गर्न नहुने भन्ने पक्षमा थिए । यता युरोपेली सम्मेलन सफल पार्न खटिएका स्पेनस्थित बिभिन्न संघ संस्थाका पदाधिकारीहरु मध्ये बहुमत चाहिँ निलम्बन गर्नुपर्ने पक्षमा थिए । अन्तत बहुमतको दबाबले पोखरेललाई निलम्बन गरेर युरोपेली सम्मेलनमा भएका सम्पूर्ण बेथिति, मानव तस्करी र  आर्थिक हिनामिनाको छानबिन गर्न जनप्रगतिशिल मञ्च स्पेनका गोपाल रेग्मीलाई छनबिन समितिको संयोजक तोकियो । तर यो तथ्यलाई भने अहिलेसम्म सार्वजनिक गरिएको थिएन । स्पेनमा यसरि एन आर एन केन्द्रिय समिति र युरोपेली समितिलाई चुनौति दिँदै छनबिनको माग र प्रक्रिया अघि बढिरहँदापनि एन आर एनको केन्द्र र युरोप समितिले घोंसेमुन्टो लगाएर नदेखेझैं गरि बसिरहेको छ । यसबाटपनि गलत काममा तिनको साथ र संल्ग्नता थियो भन्ने बुझ्न गह्रो पर्दैन ।
ERM-spain

एन आर एन युरोपेली सम्मेलनबारे मानव तस्करी, अनियमितता र अन्य कामहरु पारदर्शी नभएको निरन्तर आरोप लागिरहँदापनि एन आर एन युरोपका पदाधिकारीहरु किन चुपचाप छन् त ? किनभने यसमा एन आर एन युरोपकै हर्ताकर्ताहरु चोखा र स्वच्छ छबीका छैनन् । एन आर एन युरोप संयोजक अर्जुनकुमार श्रेष्ठमाथिनै मानव तस्करी गरेको आरोप लाग्दै आएको छ । उनले त्यसको भरपर्दोगरि खण्डन गर्न सकेकै छैनन् । त्यसैगरि एन आर एनको ब्यानर र पदमा बसेर पत्रकारमाथि हमला गर्न योजना बनाउने ब्यक्तिका रुपमा उनमाथि आरोप लाग्दै आएको छ । उनले ति दुबै आरोपमा न त स्पष्ठसित खण्डन गर्न सकेका छन् नत माफीनै मागेका छन् । केन्द्रिय पदाधिकारीहरुलेपनि यसमा पुच्छर लुकाएझैं गर्दै आएका छन् ।

स्मरणिय छ, सन् २०१३ जुन २५ मान गैह्र आवाशिय नेपाली संघ अन्तर्रास्ट्रिय समन्यन परिषदका अध्यक्ष जिबा लामिछाने, महासचिव तेन्जी शेर्पा, युरोप संयोजक कुमार पन्त तथा अमेरिकाका सह संयोजक रामचन्द्र खरेलको उपस्थितिमा एन आर एन स्पेनको तेस्रो महाधिबेसन बार्सिलोनामा भएको बेला सर्ब सम्मतीले अहिलेको कार्यसमिति घोषणा गरिएको थियो |

तलका संवन्धित लेखपनि हेर्नुस्

संयोजकलाई कुट्ने भन्दै हलबाहिर मोर्चाबन्दि

एन आर एन युरोपेली भेलमा नेपालप्लसको बिरोध गर्नासात समर्थनमा चर्काचर्की

एन आर एन युरोपेली भेला, आयोजक देशनै जानकारि बिहिन

एन आर एन युरोपेली भेलामा मानव तस्करी गरेको विषयले फेरि बिबाद, एन आर एन स्पेनलाई बहिस्कार गर्ने निर्णय !

एन आर एन युरोपेली भेलामा हल रित्तै, बाहिर आआफ्नै बैठक

एन आर एनको युरोपेली भेला र युरोपका नेपालीको अपेक्षा

 

तपाइँको प्रतिक्रिया