बेल्जियममा पत्रकार अधिबेशन : धेरैले हारे, सक्रिय पत्रकारले जिते

  • ददि सापकोटा

fnj-europ-conference-2

नेपाल पत्रकर महासंघ युरोप शाखाको अधिबेशन १४ सेप्टेम्बरका दिन बेल्जियममा भयो । यो अधिबेशन पत्रकारहरुका लागि हार र जित दुबै हो । हाकाहाकी भन्दा निष्क्रिय रुपमा रहेका, कलम नचलाउने तर कार्ड भिरेर हिँड्न रमाउने । पत्रकारिताकै कार्ड भिरेर पत्रकारिता, पत्रकारकै बद्ख्वाइँ गर्ने, धेरै नेता र नेपालका राजनितिक दलका कार्यकर्ताहरुले हारेको अधिबेशन भने पक्कै हो । कलम हैन चाकरि घोट्ने र गैह्र पत्रकारहरुको नाच्ने चौतारी बनाउने बहदुरहरुले हारेको भने निश्चितरुपले हो । तर पत्रकारहरुले, कलमजिवीहरुले भने नैतिक र नितिगतरुपले जितेको अधिबेशन हो । दोस्रो अधिबेशन भनेर पदाधिकारीनै नचुनिएको अधिबेश कसरि सफल भयो ? नेत्रित्व चुन्न नसकेर युरोपका बिभिन्न मुलुकका प्रतिनिधिहरु चुनेर कार्यकारि समिति बनाएको अधिबेशन कसरि सफल भयो ? प्रश्न खडा हुन सक्छ । तरपनि पत्रकारहरुले भने जितेकै हुन् । कसरि त ? 

fnj-europ-conference-3

नेपाल पत्रकार महासंघ युरोप (एफ एन जे युरोप) को पहिलो अधिबेशनमै हाटहुट, निर्वाचन समितिको लाचारी, असक्षमता, घुसपैठ र त्यो अधिबेशन सफल बनाउन अपर्याप्त ज्ञान तथा कमजोरीले पत्रकारहरुलाई असफल पार्ने विष रोपिएको थियो । पत्रकारका नाममा पार्टीका कार्यकर्ता, निस्क्रिय पत्रकार र पत्रकारिताका बारेमा न्युनतम ज्ञानसम्म नभएकाहरु नेत्रित्वमा पुगे । सदस्य बने । पहिलो अधिबेशनलाईनै असफल बनाउन खोजियो । त्यहि बेलादेखि संस्थामा अविश्वास, बैमनस्यता, मनमुटाव र बदलाको भावना  झ्यांगिएको थियो । एफ एन जे युरोपको सदस्यता लिएकै दिन एफ एन जे युरोपको कार्यकारी समितिमा दल र गुण्डागर्दीको भर्याङ चढेर केहि ब्यक्ति नेत्रित्वमा पुर्याइए । त्यसले सफलतापूर्वक हाँक्न सक्ने कुरै थिएन । फेरि नेत्रित्व लिएर हिँडेकै दिनदेखि समितिमा  नत छलफल गर्ने, एजेन्डा प्रस्तुत गरेर समितिको बहुमत पुर्याउने, मन कुँडिएकाहरुको मन जित्ने काम समितिले गरेन । बरु आफूखुशि निर्णहरु लाद्ने काम गर्यो । अपमान गर्यो । समितिमा झन झन बिबाद बढ्यो । त्यसैको परिणामले समितिले देख्ने, भोग्न सकिने, छाम्न पाइने कुनै काम गर्नै सकेन । वार्षिक साधारण सभा समेत गर्न नसकेर निस्लोट पर्यो । अरुलाई पत्रचार गर्दा नामका मुन्तिर एफ एन जे युरोपको म फलानो पदमा भनेर एफ एनजेको लोगोलाई आफ्नो लोकप्रियता कमाउन जोड्ने बाहेक अरु काम भएन । पेरिस सम्मेलनमा रोपेको त्यहि कलंकको बिरुवा हुर्किएर बेल्जियम सम्मेलनमा लटरम्म फल्यो ! भएको यहि हो ।

मुख्य बिबाद कहाँ रह्यो ?

fnj-europ-conference-1

पेरिस समेलनबाट पद लिएर हिँडेका कार्यकारी समितिका अधिकांशहरुलाई पर्‍यो, पद लिएपछि हामीले भकाभक निर्णय गर्ने हो । पदमा बस्नेको काम र कर्तब्य के हो सामान्य सिद्दान्त र बिधीसमेत नबुझि आफूखुशि निर्णय गरेर जानकारि मात्रै दिन थालेपछि समितिका अरुलेपनि आफूखुशि काम गर्न थाले । एफ एनजे युरोप शाखामा आफूखुशि निर्णय हुने, अरुको सहमती नलिने, निर्णय प्रक्रियामा बहुमत पुर्याउन नखोज्ने गरेपछि आफूखुशि काम हुन थाल्यो । बेल्जियम अधिबेशनका लागि नयाँ सदस्यता आव्हान गर्दा पहिलो पटक जुलाईको ३० तारिखसम्मको म्याद तोकिएको थियो । तर पछि त्यो म्याद बढाएर ३१ अगस्टसम्म पुर्र्‍याइयो । यस्तो महत्वपूर्ण निर्णय पनि समितिले नगरि महासचिव प्रकाश ढकालको तर्फबाट सार्वजनिक भयो । यसमा समितिकै धेरैले आपत्ती जनाए । तैपनि त्यो निर्णय फिर्ता नलिई कायमै राखियो । यहाँबाट बिबाद तिब्र भयो । आफूखुशि निर्णय हुन थालेपछि एफ एन जे युरोपका उपाध्यक्ष केजिन राईले पनि एफ एन जे युरोपको सदस्यता भर्न सदस्यता आबेदन भर्न माग गरेर केन्द्रमा पठाएको दाबी गरे ।

तर यता न केजिन राईले समितिले नयाँ आबेदन बुझाएकाहरुको सूची हेर्न माग गर्‍यो । न त केजिन राइकै सूची अर्को पक्षले हेर्न माग्यो । दुबै पक्षको सूची कसैले हेरेन । केजिन राइले आफ्नो सूची झोलाबाट निकालेर ‘ल हेर्नुस्’ भन्दै टेबलमा राख्दापनि कसैले हेरेन । वास्तबमा दुई तर्फका सूचीमा कोको थिए भन्ने नै कसैलाई थाह भएन ।

FNJ-Europe-Conference 095

एफ एन जे युरोपको कार्यकारि समितिका तर्फबाटपनि आबेदनहरु जम्मा गरिए । उता केजिन राईको तर्फबाटपनि आबेदन लिईयो । अधिबेशनमा कसले लिएका आबेदन बैधानिक र कसले लिएका अबैधानिक भन्ने चर्को बिबाद पर्यो । यता समितिले संकलन गरेका आबेदनपनि अबैधानिक भन्ने एक थरी निस्किए । उता केजिनराईले जम्मा गरेका आबेदनहरु अबैधानिक भन्ने अर्को समूह निस्कियो। त्यसैगरि समितिको निर्णयबिनानै अध्यक्ष महेश थापा र प्रकाश ढकालले आबेदनको मिति सारेकाले त्यसलाई मान्यता नदिने भन्ने एफ एन जे युरोपकै अर्का उपाध्यक्ष पुष्प बरुवाल लगायतका अरु केहि थपिए । यसरि आबेदनको मुद्दानै मुख्य बिबादमा पर्यो ।

केन्द्रलाई कसका आबेदन बैध भन्न गाह्रो पर्यो । किनभने समितिलेपनि बैधानिकतापूर्वक संकलन गरेकै थिएन । केजिन राईकोपनि बैधानिकता थिएन । कि सबै आबेदनलाई अबैध घोषणा गरौं नत भन्ने मुद्दापनि उठ्यो । तर एफ एन जे युरोपकै पदाधिकारीबाट उठाइएको आबेदन कुनैपनि पक्षले अबैध घोषणा गर्दा अधिबेशन प्रतिनिधीका रुपमा सहभागि हुन नपाइने स्थिति हुन्थ्यो । त्यस्तो अवस्थामा दुबै पक्षमाथि आबेदन भर्नेहरु खनिने अवस्था स्रिजना भयो । ‘अधिबेशनकालागि भनेर बिभिन्न देशबाट आइसकेका पत्रकार साथीहरुलाई यदि अधिबेशनमा प्रबेश दिईन्न भने त्यो अपमान हुन्छ, कार्यकारि समितिमै बसेका कतिपय भन्दा नयाँ सदस्यताकालागि आबेदन दिने कतिपय साथीहरु बढि क्रियाशिल पत्रकार रहेकाले तिनलाई अबैध भनेर अधिबेशनबाट बाहिरै राख्दा एफएन युरोप बच्न सक्दैन, न्याय हुन्न’ भन्दै ददी सापकोटा सहितका केहिले अडान लिए । कार्यकारी समिति बिबादरहित तरिकाले चुनेमा दुबै पक्षका सदस्यहरुलाई अधिबेशनमा प्रवेश दिन सकिने (यहि कार्यकारी समितिले बिबादरहित निर्णय गरेमा वा सर्वसम्मति गरेमा) भन्ने सुझाव केन्द्रिय अध्यक्ष महेन्द्र विष्ट र केन्द्रिय महासचिव उजिर मगरले राखे । तर नेत्रित्वकै विषयमापनि सहमती हुन नसक्ने देखिएपछि ति दुबै उपाय लागू हुन सकेनन् ।

FNJ-Europe-Conference 089

सदस्यताकै विषयमा सहमती हुन नसक्दा बन्द सत्रमा निकाश निस्किएन । केन्द्रले आफ्नो अधिकार प्रयोग गरेर निर्णय गर्नुपर्छ भन्नेहरुको संख्यापनि ठूलै थियो । तर केन्द्रले जंगबहादुर शैलीमा लाद्न पाउने सम्पूर्ण अधिकार र हैकम आफूलाई नदिएको भन्दै त्यो प्रयोग गर्न केन्द्रिय प्रतिनिधीले मानेनन् । सर्वसम्मती भएको अवस्थामा भने केन्द्रले मान्यता दिन सक्ने उनीहरुले बताइरहेका थिए । सदस्यताका बारेमै साँझ छ बजेसम्म बिबाद बढेपछि केन्द्रिय प्रतिनिधीहरुले बिकल्प निकाले ‘उसो भए नयाँ सदस्यताकालागि दुबै तर्फबाट आबेदन दिएका र पुराना सदस्यहरुको उपस्थित संख्याका आधारमा सहभागि देशका प्रतिनिधी संख्या छान्ने । त्यो प्रतिनिधी संख्या १७ निस्कियो । यो १७ जना मध्येबाट तत्काल काम चलाउनकालागि एक जना संयोजक र दुई जना उपसंयोजक छान्ने । पेरिस सम्मेलन देखि हालसम्मका सबै सदस्य बैध वा अबैध के हुन् छानबिन समिति बनाउने । यसमा कार्यकारी समितिको सर्वसम्मती भयो र बाँकि सदस्यहरुलाईपनि बन्द सत्रकालागि आव्हान गरियो ।

प्रतिनिधी छनौटमै बिबाद, बेल्जियममै बखेडा

FNJ-Europe-Conference 169

त्यसरि प्रतिनिधी चुन्दा सबैभन्दा बढि बिबादपनि बेल्जियममै भयो । सबैले आआफ्नो टकराव, मित्रता, विश्वास, भरोसा र राजनितिक निकटताका आधारमा चुन्न खोजे । एक पक्षले नाम सिफारिस गर्दा अर्को पक्षले ‘उहाँ किन नहुने, फलानो हुन्न फलानो राख्नुस्’ भनेर धेरै बिबाद बेल्जियमका पत्रकारहरुबिचमै भयो । अन्य देशमा खासै समस्या देखिएन । अन्तत पाँच सदस्य प्रतिनिधी छाने बेल्जियमकालेपनि । कति देशबाट एक जना मात्रै प्रतिनिधी आएकाले छलफलपनि गर्नुपरेन । बेल्जियममा सबैभन्दा सक्रिय पत्रकार मध्ये अग्र पंक्तिमा रहेका सन्तोस न्यौपानेकै नाम सिफारिस नहुँदा स्वतन्त्र आँखाले हेर्ने धेरैलाई पच्न सकेन ।

संयोजक / उपसंयोजकमा तिब्र बिबाद 

सत्र जना प्रतिनिधीबाट एक जना संयोजक कसलाई चुन्ने ? त्यहाँ तिब्र बिबाद भयो । अध्यक्ष पदका मुख्य दाबेदार केजिन राई र पूर्व अध्यक्ष महेश थापाका पक्षमा बिबाद पर्यो । महेश थापाको नाम उल्लेख गर्नासाथ हलका अन्य सदस्यले आपत्ती जनाएर फेरि केजिन राईलाई राख्नुपर्ने तर्क राख्थे । एफ एन जे युरोपको अध्यक्ष भैसकेका, अनुभव लिएका र कार्यसमिति असफलसमेत देखिएकाले महेश थापाको ठाउँमा केजिन राईलाई बनाउनुपर्ने । केजिनराईसित लामो समयदेखि पत्रकारिताको अनुभव भएको, एफ एन जे काठमाडौं शाखाको कार्यकारी समितिमा बसेर काम गरेको अनुभवपनि भएको र यो अधिबेशनमा पत्रकारहरुलाई समेट्न र खोज्नपनि उनले धेरै मेहनत गरेकोले उनलाइ मौका दिनुपर्ने माग बहुमतबाट उठ्यो । त्यस्तै, महेश थापाले अब आफू कुनैपनि कार्यकारी समितिको पदमा बस्न नबस्ने घोषणा गरिसकेकालेपनि उनलेनै बिदालिन चाहँदा काम गर्छु भन्ने केजिन राईलाई किन नदिने भन्ने तर्कपनि उठाए । केजिन राईले आफू सक्षम भएको तर्क दिए । तर महेश थापाले भने आफ्नो कुनै दाबी गरेनन् । बरु कुनैपनि पदमा बस्न नबस्ने हाकै बताएका उनले संयोजकको नाम चर्चामा ल्याउँदा ‘म बस्दिन’ भनेर हाकै नभनेकाले फेरि पदकालागि मौन समर्थन खोजेका हुन् भनेर गाइगुइँ चल्यो  ।

संयोजकमा बिबाद देखिएपछि केन्द्रिय प्रतिनिधीहरुले उपसंयोजक बिबादरहित बन्छ कि भनेर त्यसमा कोसिस गरे । तर त्योपनि संभव भएन । दुई सदस्यिय उपसंयोजक पदकालागि आधा दर्जन नाम अघि सारे । तिब्र बिबाद भैरहेपछि उपसंयोजक र संयोजकको काम केन्द्रलेनै निर्णय गरेर पठाउने भन्ने केन्द्रिय प्रतिनिधीले गरेर टुंग्याइदिए ।

छानबिन समिति बिबाद रहित

छानबिन समिति कस्तो बन्ने ? कसको नेत्रित्वमा बन्ने ? सिमा के ? अधिकार कति ? यि विषयमा बहस भयो । त्यसमा पेरिस सम्मेलनदेखिकै सम्पूर्ण पत्रकारहरुको छानबिन गर्ने सहमती बन्यो । केन्द्रले कुनैपनि समितिमा नबसेको, अलिकति अनुभवी र बिबादरहित निर्णय गर्न सक्ने एक जना क्षमतावान, नेत्रित्व गर्न सक्ने ब्यक्तिलाई सिफारिस गर्ने निर्णय सुनायो । त्यसमा मेरो नाम प्रस्ताब गर्यो । यसमा कसैले बिरोध गरेनन् । त्यसको लगत्तै लक्ष्मण देवकोटाले यसमा बसेर काम गर्ने उत्सुकता देखाए । उनका बिरुद्दपनि कसैले केहि बोलेन । फेरि तेस्रो ब्यक्तिका रुपमा गुणराज शर्माको नाम प्रस्ताव गरियो । उनको नाममापनि सहमति बन्यो । नेपाल पत्रकार महासंघ युरोप शाखाको मुख्य समस्यानै गैह्र पत्रकारहरुको डंगुर संस्थामा हुलिनु थियो । अब यसले राम्रो काम गर्न सक्यो भने एफ एन जे युरोप क्रियाशिल, कम्तिमा निरन्तर कलम चलाएका, यसलाई निस्वार्थ र निस्पक्ष ढंगले अगाडि बढाउन चाहने सिर्जनशिलहरुको संस्था बन्ने छ भनेर धेरैले आशा गरेका छन् । 

केन्द्रको भूमिका कस्तो ?

FNJ-Europe-Conference 116

यो बिबाद मिलाउन नसकेको भन्दै बन्द शत्रमा केहिबेर त केन्द्रिय प्रतिनिधीहरुलाई र्‍याख र्‍याख्ती पारे । केन्द्रिय प्रतिनिधीलाई त्यसरि कडा प्रहार गर्नेमा पोर्तुगलका पत्रकार योगेन्द्रमिलन छन्त्याल थिए । त्यसपछि नर्वेका प्रेम परियार, बेल्जियमका शेर बहादुर छन्त्याल, स्पेनका दीपक क्षेत्री, ईटालीका महिन्दो वाईवा,जर्मनीका प्रेमचन्द तमू, स्विजरल्याण्डका निराजन श्रेष्ठ लगायतका पत्रकारहरुले दह्रोसित प्रश्न राखेका थिए ।

धेरैले देख्दा लाग्छ, बाफ रे बाफ त्यत्रा आठ नौ हजार पत्रकारका नेत्रित्वकर्ता । अध्यक्ष र महासचिव दुबै जना आएरपनि बिबाद मिलाउन, नयाँ समिति चयन गरिदिन र यहि हुनुपर्छ भनेर देखाउन सकेनन् ।  तर सत्य त्यो होइन । हाम्रा न्यायधिश हुन् केन्द्रिय प्रतिनिधी । तर सबैथोक होइनन् । किनभने केन्द्रिय समितिका ४१ जना मध्ये मुख्य विषयमा निर्णयकर्ता हुन् । सर्वेसर्वा, केन्द्रिय समितिको निति नियमलाई मिचेर जेपनि लाद्न सक्ने अधिकारप्रात होइनन् । न्यायलयमा झगडा गरेर दुई पक्ष पुगेपछि नययाधिशले एकै पटकमा ‘ल जित यसको हो’ भन्न मिल्दैन । समय लाग्छ । दुबै पक्षका दाबी, प्रमाण हेर्नुपर्छ । तर्क र बितर्क सुन्नुपर्छ । अन्तिममा न्याय दिनुपर्छ बिभिन्न धारा उपधारा हेरेर, बिधि बिधानलाई आधार बनाएर । झगडियाहरु मिलापत्र गरे तत्कालै मुद्दा मिल्छ, नमिले वर्षौंपनि लम्बिन सक्छ । न्यायाधिशले मिल्ने बाटापनि देखाइनसक्छ । त्यहि भएको हो एफ एन जे युरोपको अधिबेशनमा । हामीले बिबाद गरिराख्यौं, मतमतान्तर भैराख्यो । सबैले बिधीबिधान र आम प्रललन मिचेका थिए । सबैले आफूलाई सहि र सत्य दाबी गरेका थिए  । अन्त्यमा कार्यकारी सदस्य चुनेर मुख्य मुद्दा पत्रकारहरुको मूलमा मिस्सिएको ढल सफा गर्ने बाटो खोलिदिए । यसबाट अधिकांश क्रियाशिल पत्रकारहरु उत्साहित छन् बिचलित भएका छैनन् ।

(पत्रकार अधिबेशनमा बेल्जियममा भएको तानातान, गोप्य भेला, ओंठ तालु सुकाई र अन्तमा भएको खुशियाली अनि बिजोक, सोझा र ईमान्दार पत्रकारलाई कसरि बिबादमा ताने नेताले, पदनै लिन्न भन्नेहरु कसरि रुचाइए, पद लिन चाहनेहरु कसरि जिल्लिए, कसरि फसे, अध्यक्ष डा महेन्द्र विष्ट र महासचिव उजिर मगरलाई बिमानस्थल ओर्लिएकै बेलादेखि कसरि दुई पक्षको तानातान भयो, नेपालप्लसले त हैरान पार्‍यो लौन हजुर भन्दै कसरि हारगुहार मागियो भन्ने विषयमा अर्को रमाईलो लेखको प्रतिक्षा गर्नुहोला)

 

तपाइँको प्रतिक्रिया