अञ्जु पन्तलाई माफी दिऊँ

anju-panta

गल्ति मान्छेबाटै हुने हो । कहिलेकाहिँ त्यो अन्जानमापनि हुने गर्छ । आबेगमापनि गरिन्छ । तर त्यसलाई सच्याउन खोज्नु राम्रो हो । लोकप्रिय गायिका अञ्जु पन्तले आफ्नो गल्ति महसुस गरेर माफी मागेकी छन् ।

उनले एउटा गीतमा ‘दुर्गा माताको आर्शिवादले’ भन्ने शब्द जोडिएकोमा आफूले हिन्दू धर्म छोडिसकेको हुँदा त्यस्तो शब्द जोडिएको गीत गाउन अस्वीकार गरेकी थिइन् । उनको अस्विकारलाई सामाजिक सञ्जालहरुमा छरपस्ट पारिएको थियो । धेरैले ‘हिन्दू धर्मको शब्द परेकै कारणले देशको कलाकारले गीत गाउन ईन्कार गर्ने हो भने अब उनको गितपनि हिन्दू र बौद्दहरुले किन सुन्ने ? बहिस्कार गर्नुपर्छ’ भन्ने तर्क र आव्हान गरेका थिए । उनको भनाईमा धेरै नेपालीले आपत्ति जनाएको देखेपछि आजै अञ्जु पन्तले आफ्नो गल्ति स्विकारेकि छन् । त्यसैले उनलाई माफी दिनु पर्छ ।

उनले गल्ति गरेकै हुन् । किनभने चर्चित कलार दर्शक, शुभचिन्तकलेनै बनाउने हो । दर्शकहरुको माया बिना कोहिपनि लोकप्रिय कलाकार बन्न सक्दैन । कलाकारहरु राष्ट्रका सम्पत्ती भनेर त्यसै भनिएको होइन । तिनले सिमित ब्यक्ति, समूह, दल, कुनै वर्गभन्दा बाहिर रहेर समग्र देशको हितकालागि काम गर्छन् । सबैलाई समान तरिकाले ब्यवहार गर्न सक्नुपर्छ । सबै जातजाति, भाषाभाषी र समूदायप्रति उनीहरुको समान ब्यवहार हुनुपर्छ । सार्वजनिक ब्यक्ति हुनाले कलाकारहरुले आफ्ना अभिब्यक्तिमा होस् पुर्‍याउनुपर्छ । सामाजिक भावना, आदर, मान्यता र विश्वासमा आघात पार्नुहुन्न । बल्ल त्यो राष्ट्रको सम्मानित कलाकार बन्छ । आफ्ना दर्शक, प्रशंसकलाई अञ्जुले आदार गर्न सकेकि थिईनन् आफ्नो धार्मिक अभिब्यक्तिमार्फत ।

उनलाई लोकप्रिय गायिका बनाएका दर्शक, स्रोताहरुमाथिनै अन्याय गरेको उनले सायद महसूस गरिन् । त्यसैले उनले आफ्ना अभिब्यक्तिप्रति माफी मागेकि छन् । अब यो विषयलाई लम्ब्याउने, उनको थप हुर्मत लिने र हेप्ने गर्नुहुन्न ।  आफूलाई लोकप्रिय कलाकार बनाउन जति लगानी उनले गरेकि छन् आम नेपालीको भूमिकापनि कम छैन । त्यसैले अब माफी दोउँ अञ्जु पन्तलाई । थप नलम्ब्याउँ ।

तपाइँको प्रतिक्रिया