फिल्मको फोटो हेरेर करिस्मामाथि अनेक लान्छना

karisma-manandharएउटा हावादारी वेभ साईटले ‘नायक दिलीप रायमाझी र नायिका करिश्मा मानन्धर अंगालोमा बाँधिए ।’ भन्दै यो लगायत केहि तस्विर राख्यो । रायमाझी र मानन्धर दुबै कलाकार हुन् भन्नेसम्म हेक्का नराखि सामाजिक सञ्जालमा राखिएको तस्विर धेरैले शेयर गरेका छन् । साँच्चै करिस्मा मानन्धरले उनका पती बिनोद मानन्धरलाई त्यागेर दिलिप रायमाझीलाई प्रेमी, पतीका रुपमा स्विकारेकि हुन् त ? ‘नायक दिलीप रायमाझी र नायिका करिश्मा मानन्धर अंगालोमा बाँधिए’ भन्ने शिर्षकले त बिवाहमा बाँधिए, प्रेममा बाँधिए भन्ने मात्रै अर्थ लाग्दैन । कलाकारहरु आफ्नो कलाको क्षेत्रमा अँगालोमा बाँधिन्छन् । बाँधिनु पर्छ । यो नौलो होइन । फिल्म बनाउनकालागि आवश्यक द्रिष्य दिन अँगालोमा बाँधिएका हुन सक्छन् । 

हुन त आफ्नो वेभ साईटलाई लोकप्रिय बनाउन (यस्तो कामले लोकप्रिय त हुन्न तर त्यस्तै ठान्छन् पत्रकारितालाई दुरुपयोग गर्नेहरु) वेभसाईटले स्पष्ठ नखुलाई समाचार लेखेको छ, फोटोसहित । यस्तो तस्विर कुन ठाउँमा, किन, कुन् प्रयोजनकालागि खिचिएको थियो भन्ने उल्लेख गर्नु पत्रकारको अनिवार्य नियम हो । तर अँगालोमा बाँधिए मात्रै भनेर लेखिएकाले पाठकहरु भ्रममा परे, बिवाहमै बाँधिएका हुन् भनेर ।

मुख्यरुपमा पत्रकारले पाठकलाई गुमराहमा पार्नुहुन्न । स्पष्ठ खुलाउनुपर्छ । पाठकलाई झन शंका गर्ने, झन भ्रममा पार्ने होइन त्यस्ता शंका र भ्रमलाई चिरिदिएर स्पष्ठ पारिदिनु पर्ने हो । पाठकपनि चलाख र अलि सचेत भैदिए यस्तो भ्रममा पर्दैनन् । तर यो तस्विरमा पाठकहरु भ्रममा परेका छन् । जिन्दगानी भन्ने फिल्ममा आआफ्नो कला देखाउँदै गरेको फोटोलाई बिहेकै लागि भनेर आरोप लगाउनु खेदजनक छ । फोटो राखेकै भरमा त्यसको सत्यतथ्य नजानी करिस्मा मानन्धरमाथि धोकेबाज, छाडा भनेर आरोप लगाइएको छ सामाजिक सञ्जालमा । त्यसमा करिस्मालाईनै आरोप लगाइएको छ । यो घटना सत्य भएपनि आर्काकी श्रीमतीलाई किन आँखा लगायो, फकायो भनेर दिलिप रायमाझी माथि किन औंलो सोझ्याउँदैनन् पढेलेखका जाने बुझेका भन्नेहरुपनि । किन महिलाहरुलाईनै दोषी बनाइन्छ ? महिला र पुरुष दुबैले किन महिलालाईनै दोषी देख्छ ? जहाँपनि महिलाकै दोष हुन्छ र ?

तपाइँको प्रतिक्रिया