बेलायत आउने तरखरमा विश्व उल्टो साइकल यात्री नेपालीहरु
विश्वमा शान्तिको, मानब भाइचारा,नेपाली पहिचानका निम्ति प्रयटन प्रबर्दन गर्दै बिश्व साईकल यात्रामा निस्किएको उल्टो साइकल यात्री बिरेश दाहाल, बरुण अधिकारि, बजिन्द्र महराको टोलि आउदो ३० अगष्ट का दिन स्पेन,पोर्चुगल यात्रा छोडेर लन्डन तर्फ जाने भएका छन् ।
नेपाली ढाकाटोपी दौरासुरुवाल र नेपाली झन्डा फरफराउँदै विश्वमा उल्टो साइकल यात्रा गरेर नेपाललाई चिनाउने उदेश्य बोकेर उल्टो साइकल यात्रामा २००४ अप्रिल २७ देखि निस्किएका उल्टो साइकल यात्रीटोलीलाई सफलताको शिखर चुम्न सफल होस् भन्दै गैर आवासिय नेपाली संघ, तमु समाज,एकता समाज फ्रान्सले केहि सहयोग प्रदान गरेको थियो । नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालयले नेपालको बारेमा विश्व सामु चिनाउन नसकेको काम उल्टो साइकल यात्रीहरुले गरिरहेको देख्दा आफुलाई गर्व लाग्छ, उल्टो साइकल यात्रीहरुले १५१ देश भ्रमण गर्ने नेपाली झन्डा फहराउने सपना बोकेको छ त्यो सपना चाडै पुराहोस भन्दै उल्टो साइकल यात्रीहरुलाई नेपाली दुतावास फ्रान्सले भिषा प्रक्रियमा सहयोग गर्नुका साथै शुभकामना दिएको छ ।
उल्टो साईकल यात्री बिरेश दाहाल भन्छन् “बिश्वमा दिगो शान्ति, मानव भाईचारा र नेपाली पहिचानका लागि पर्यटन प्रबर्धन भन्ने मूल नारालाई आत्मासाथ गर्दै नेपाललाई बिश्व सामु चिनाउने उदेश्य लिएर नेपालको रास्ट्रिय झण्डा बोकी शान्तिको कामना गर्दै उल्टो साइकल चलाएर विश्व भ्रमणमा निस्किएको हो ।”
यात्राकै दौरानमा इजिप्टको कायरोमा ८५० डलर चोरी भएको छ । थाइलैंडमा साइकल चोरि भयो । तान्जेनियाबाट ब्रुन्ड्डी जाने क्रममा दुर्घटनामा परे । कति देशमा भिषा लगाउने पैशा नभएर रेडक्रस, अनि विभिन्न बिधालयमा गएर सहयोग माग्दै हिडेका छ यि साईकल यात्री। कुनै ठाउँमा भोक भोकै सुतेर बिताएका छन्। कति ठाउँ पैसा भएरपनि खान नपाएका दिन छन् । बिदेशमा नेपाली शंघ, सस्था भएर पनि सडकमा रात काटेको अनुभव छ । यस्ता तित्ता अनुभब धेरै छन् । सम्पूर्ण शंघ,सस्था लाइ नेपाली सम्झेर हृदयतापुर्बक १५१ देशको यात्रा अनि नेपाल र नेपाली चिनाउने अभियानमा साथ् दिनुहुन अनुरोध साईकल यात्रीले गरेका छन् । यस्त्ता किसिमका विभिन्न बाधा अड्चनहरु झेल्दै, पन्छाउँदै नयाँ-नयाँ साथीभाइ बनाउँदै आकाश एउटा छानो, पृथिबी एउटा घर, अनि साइकललाइ बिश्व बिद्दालय सम्झेर नयाँ कुराको खोजि गर्दै साइकल सम्बन्धि वृतचित्र निर्माण गरेको फिल्म निर्देशक बरुण अधिकारिले बताए।
फ्रान्स बसाइका क्रममा खानाका निम्त्ति आफैले बन्दोबस्त गरेका छन् भने एक दिन जिता कटुवालले आफ्नै निवासमा बोलाएर ब्यक्तिगत १०० यूरो सहयोग गरेकि छन् ।
बिश्व उल्टो साइकल यात्रीहरु फ्रान्सबाट स्पेन हुँदै प्रोचुगल जाने योजना विफल भएको छ । जाने चाहना हुँदा हुँदै पनि लन्डनको भिषा लिन समय लागेको र यूरोप भिषा सकिन केहि दिन रहेकोले हाल स्थगित गर्नु परेको बताउँछन ।
हालसम्म एसिया अफ्रीका यूरोप देश गरि ५६ देशमा नेपाली झन्डा फहराउँदै सम्पन भएको उल्टो साइकल यात्री बिरेश दाहालले बताए ।











