बेल्जियमको ब्रुस्सेल्समा आमा समूहले मनाए धुमधामले तीज

unnamed (2)

ब्रसेल्सबासी महिलाहरुले गत आइतबार हरितालिका तीज धुमधामका साथ मनाए ।आमा समूह ब्रुस्सेल्स द्वारा आयोजित एस कार्यक्रममा करिब २४० जवानको उपस्थिति रहेको थियो । विभिन्न नयाँ र पुराना तीजको गीतमा कम्मर भाँचेर नाच्ने दिदीबहिनी मात्रै नभएर, दाजुभाइहरुपनि कार्यक्रमको अन्तमा उत्तिकै नाचेका थिए ।

unnamed (4)

ब्रुस्सेल बासी महिला मात्रै नभएर लुभेन र आन्तेर्वेर्पेनबाट पनि राता सारी र भरिपूर्ण घरगहनाले सजिएर आउने दिदिबहिनीहरुको घुइचो उतिकै थियो । साथमा नेपाली दाजुभाइहरुको भिडपनि कम थिएनन् । तिजको यस्तो रमझममा दिदिबहिनीको चालचलन, नाच र रमाइलोपन हेरेर अफुलाई सात समुन्द्र पारी छौं भन्ने अनुभब गर्ने नेपाली शायद कमै मात्रै थिए होलान ।

unnamed (5)

unnamed (1)

कार्यक्रम सन्चालन एसै आमा समूहका महासचिब सरु सिंखडाबाट भएको थियो भने अध्यक्ष संगीता कार्कीले कलशमा दियो बालि उपस्थित महानुभबहरुलाई स्वागत तथा धन्यवाद ज्ञापन गर्नुभएको थियो । र त्यसको लगतै तीजको गीतमा रमाइलो गरि सबै दिदिबहिनीहरु नाच्न सुरु गरिहाले र कार्यक्रमको अन्त्यस्तसम्म नाचिरहे । बीच बीचमा स्थानीय कलाकारहरुको अतिनै मनोमहक प्रस्तुति पनि थियो ।

unnamed (3)

नेपाली तथा हिन्दु  धर्मलम्बि महिलाहरुको पर्व हरितालिका तीज, धार्मिक र परम्परागत मान्यता मात्रै नभएर, नेपाली चेलीहरु एक आपसमा भेटघाट्, दुख सुख बाड्ने र बर्षभरिको पीरमर्का भुलेर रमाइलो गर्ने पर्ब पनि हुदै आएको हमीसबैमा अवगतै छ । तैपनि आज भोलि देख्न थालेको आडम्बरीपन अनि गलत दुरुपयोग र चोरि चाकरी प्रतिभने सम्बन्धित निकाएले समयेमै विचार गरि उचित कदम उठाउनुपर्ने पनि देखिएको छ ।

unnamed (6)

unnamed

जे जस्तै भएपनि बिदेशमा हुने एस किसिमको कार्यक्रमले बैदेशिक जिबन बिताइरहेका नेपालीहरुको लागि रमाइलोपन र रमझम मात्रै दिइरहेको छैन बरु साथमा चाड बाडमा सात समुन्द्रपारीको न्यास्रोपन पनी मेटाउने गरेको छ । यतिमात्रै नभएर बिदेशमा जन्मिएका, हुर्कदै आएका नया नेपाली पुस्ताले पनि आफ्नो चालचलन रितिरिवास प्रत्यक्ष रुपमा सिक्ने र देख्ने मौका पनि पाइरहेका छन् ।

तीजको रहर आयो बरीलै ।

तीजको रहर आयो बरीलै

 

तपाइँको प्रतिक्रिया