कोइलीका बचेराको गूँडमै घुसपैठ

1

आफूले भालेसित मस्ति गर्ने । रमाउने, सेक्सको आनन्द लिने । अनि फुल पारिसकेपछि आफूले वचेर नकोरल्ने । सुतुक्क लुकेर अरुनै चराको गूँडमा फुल पारिदिने । आफ्ना बचेरा अरु चरालाई हुर्काउन दिएर आफू सधैं स्वतन्त्र रहने । चराको यस्तो गतिबिधी, अक्किल, दाउ देखेर वैज्ञानिकहरु लामो समयदेखि अचम्म मान्दै आएका थिए । उत्सुक हुन्थे जान्नकालागि । अब भने बैज्ञानिकहरुले पत्ता लगाएका छन् । त्यसरी अर्काको गूँडमा घुसपैठ गरेर पारिएका फुलहरु कोरलिनासाथ वास्तविक माउको बचेराहरुभन्दा छिटो हुर्कने रहेछन् । छक्काएर राखिदिएका फुलबाट कोरलिएका बचेराहरु छिटो हुर्कने, बढ्ने र वास्तविक माउबाट कोरलिएका बचेरालाई म्रित्युको मुखमा पुर्याईदिएर आफू बाँच्ने रहेछन् ।

2त्यसपछि गूँडमा घूसपैठ गरिएको परिवारको एउटा मात्रै ठूलो बचेर रहन्छ । बैज्ञानिकहरुले यसका बारेमा पनि अझैसम्म अनुसन्धान गरिरहेका छन् ।

4कुनै कुनै फिन्च (तितु) चराले यस्तो धेरै रङका फुल पारिदिन्छन् । त्यसले गर्दा कुनै न कुनै रङसित कोइलीको रङ मिल्छ र घुसपैठ गरेको पत्ता लगाउन मुस्किल पर्छ ।

100622-TitBabblerPS-f

देब्रेपट्टीको टिट बाबलर भन्ने (भ्याकुर) चरा हो । दाहिने तिरको कोइलीको बचेरा । भ्याकुरभन्दा पनि निकै ठूलो कोइलीको बचेरालाई आफ्नो ठानेर हुर्काईरहेको छ यो माउले ।

1002542_tcm9-64549यि घूसपैठ गर्नेका त माउ मात्रै बाठा हुने होइन, बचेरापनि उत्तिकै बाठा, चंख हुन्छन् । कोरलिएको केहि दिनमै यसरि कोइलीका बचेराले अर्को जातको (मूल माउ) का फुलहरु ढाडले धकेलेर बाहिर मिल्काइदिन्छन् । यसो गरेपछि माउले पुरा ध्यान दिएर कोइलीकै वचेरा हुर्काउँछे !

तपाइँको प्रतिक्रिया