बागमती र सफाइ अभियान

गोपीचन्द्र कार्की

Bagmati-riverबागमती हाम्रो सभ्यता र संस्कृति हो । बागमती स्वच्छ, शुद्ध र सफा बनाउने सफाइ अभियान गएको श्रावण १० गते ६३ हप्तामा पुग्यो । हरेक शनिबार बिहान ७ बजे देखि ९ बजे सम्म २ घण्टा हाम्रै असभ्य र अचेतनाले थुपारेको फोहर बटुलिन्छ । ६३ औं हप्तामा बिष्णुमती दोभान टेकु आसपास सरसफाई गर्ने कार्यक्रम रह्यो । सफाइ कार्यक्रम सहभागी हुन दूरसंचारबाट आएको तार रहित खबरले जाउँ जाउँ पारेको  थियो । ‘६३ हप्ता भयो निमन्त्रणा गरेको यसपाला त आउनु हुन्छ कि ?’ भनेर लेखेको थियो । पढ्दा मलाई नै इंगित गरेको हो कि जस्तो लाग्यो ।

हुन त म गाउँमा बस्छु, तै पनि यो भन्दा पहिले पशुपति आसपास सरसफाइ हुँदा एकपटक त पुगेकै थिए । यसपाला टेकुको कार्यक्रममा एकजना साथी समेत लिएर बिहानै पुगे । यस कार्यक्रमलाई सफल पार्न नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेल बडो उर्जाशिल भएर निरन्तर लागिरहेका छन् । केही भिजन केही गरौं भन्ने भावना भएका मानिस ओहदामा पुग्दा मात्र पनि केही त हुँदो रहेछ । उनकै अगुवाइका कारण पनी यहाँसम्म धेरै मानिसको उपस्थितिमा कार्यक्रम चलिरहेको छ । बागमती हिजोको भन्दा केही सफा पनि भएको छ । बागमतीको पानी छुनै पनि असहज भैरहेको समयमा थुप्रै हप्ताको सफाइ अभियान पछि मुख्य सचिबको नेतृत्वमा नुहाएर बागमती सफा भएको छ भन्ने शन्देस पनि दिएकै हुन् । 

६३ औ हप्ताको कार्यक्रममा पनि सेना, प्रहरी, बिभिन्न संघ संस्था लगायत सर्वसाधरणको राम्रै उपस्थिति थियो । कार्यक्रमा सहमागी हुनेहरुलाई वुट, हातमा लगाउने पंजा र मुख छोप्ने टालो पनि उपलव्ध थियो । संकलन भएका फोहर बोक्न महानगरपालिकाको गाडी, कसैलाई चोटपटक लागेमा उपचारको लागि एम्वुलेनसको पनि व्यवस्था गरिएको थियो । सदा झैं कार्यक्रम मुख्य सचिबको उपस्थिति र उद्घोषबाटै भएको थियो । मुख्य सचिवले सफाइका नारा भट्याउंदै हामीले नगरे कस्ले गर्ने, अहिले नगरे कहिले गर्ने, बागमती सफा, हुन्छ हुन्छ । जय बागमती भन्दै सफाइ कार्यक्रममा उपस्थित सबैले नारा घन्काए र टोलीमा बिभाजित भएर फोहरका डुङ्गुरमा आफाना हात घुसारे ।

गन्हाउने दुर्गन्ध मात्र हैन जीबनकै खतरा मोलेर मानिसहरुले फोहर संकलन गरे । शुरुमा म आफै पनि तिलमिलाएको थिए । मास्कबाट छिरेको गन्धले चक्कर लागेजस्तो उकुस मुकुस भएको थियो । मुख्य सचिब भने फोहर चलाउँदा चलाउँदा बानीनै परे झैं कुनै परबाह नगरी ,अघि सर्दै फोहर बटुल्ने काममा निरन्तर लागे । त्यसदिन उपस्थित भएका नगरपालिकाको प्रमुखको भनाइ अनुसार दुइ घण्टामा ५ हाजर मेट्रिक टन (पचास हाजर किलो )फोहर संकलन भएछ । फोहर भन्नाले मुख्यत प्लाष्टिक त्यस अलावा टुटे फुटेका सिशाका बोतल, सिरिन्ज, प्लाष्टिका डोरी,,छाला टायर आदिनै थिए । समापनका बेलामा भनिए अनुसार अहिले सम्मको पशुपती सफाइ अभियानमा उठेको फोहर मध्ये यो नै बढी रहेको कुरा बताइयो । खाली सिसि पुराना कागज भन्दै हाम्रा दाजु भाइहरुले नगर र गाउँका घर घर नडुलेका भए अझ हाम्रो सहरको फोहरले सगरमाथा चुम्थ्यो होला ।

कार्यक्रमलाई रमाइलो बनाउन शुरु देखिनै इन्द्रेणी संस्कृतिक परिबारले गीत गाएर , फोहर संकलन गर्न मानिसलाई हौस्याउँदै उत्साहित पारेका थिए । फोहर संकलन पछि कार्यक्रम पनि रोचक ढंगले विर्सजन गरिएको थियो । उपस्थित हुने संघ संस्थाहरुको नाम नामेसि पनि बाचन भएको थियो । अन्तमा अर्को हप्ताको कार्यक्रमको निमन्त्रण गरेर कार्यक्रम सकिएको थियो ।

यसरी काठमाडौं उपत्यकाबाट दैनिक संकलन भएको सबै किसिमका फोहर कहां गएर डम्पीड० हुन्छ त ? केही वर्ष अघि सम्म गोर्कण डम्पीड० साइटमा थुपारिन्थ्यो । यो क्षेत्र भरिएपछि अहिले नुवाकोट र धादिड० जिल्लाको सिमानामा पर्ने सिसडोल क्षेत्रमा फोहर डम्पीङ गरिन्छ । त्यहाँ फोहर डम्पीङ गरे बापत त्यहाँका जनतालाई  नेपाल सरकार र नगरपालिकाले थुप्रै कुरा गर्ने भनि सहमती भएर फोहर राख्न दिइएको थियो । तर बेला बेलामा राज्यपक्षले सहमती कार्यान्वयन नगरेको र फोहर बैज्ञानिक बिधि र पद्धति अनुसार ब्यबस्थापन नभएको भनि गुनासो पोख्दै फोहर डम्पीड० गर्न नदिने भनि सहमति गर्ने पक्षधरलाई सजग बनाउन फोहर खसाल्न नदिएर चेतावनी पनि दिइन्छ ।

अहिले फोहर फ्यालिरहेको सिसडोल क्षेत्र भरिए पछि फोहर कहाँ फाल्ने । त्यतिबेला चारैतिर बस्ती घना भै सकेको हुन्छ । राज्यले अहिले देखिनै फोहरलाई मोहर बनाउने बिधि अवलम्वन नगरुन्जेल समस्या आइरहन सक्छ । यसरी महिनाको चारवटा शनिबार केही सचेत मानिस जम्मा भएर सफा गर्दैमा बागमती सफा होला ? बागमती कसरी फोहर भएको छ र यसको रोकथाम र व्यवस्थापन कसरी गर्ने भन्ने कुरामै मिहिन ढंगले ध्यान नदिएसम्म बागमती र हाम्रा सहर सफा होलान् ?

पहिलो त उपत्यकालाई टुक्रा टाक्री नपारी एउटै संरचना र योजनामा चलाउनु पर्छ । त्यसका लागि सिंगो उपत्यकालाई एउटै महानगरपालिका बनाएर चलाउँदा समस्यासँग जुध्न सजिलो हुन्छ । बागमती सफा पार्ने भनेको बागमती नदीमा बग्ने पानी मलमुत्रबाट प्रभावित नहोस् र त्यसको आसपास सफा स्वच्छ होस् भन्ने नै हो । त्यसका लागि बागमतीको दुबै किनारमा रिटेनिंग वाल लगाउने, खास खास ठाउँबाट मात्र बागमतीमा गाडी वा मानिस प्रबेश गर्न खोल्न मिल्नेगरी गेट राखि रिटेनिंग वालमाथि फलामाको रेलिंगबार लगाउने । त्यसपछि कम्तीमा पनि दश मिटर जग्गामा बृक्षरोपण गरी वगैंचा बनाउने, बगैंचा पछि कम्तीमा ७ मिटरको सडक बनाउने । नदी किनारा नजिक बनेको सडकमा बिहान बेलुकाको समयमा गाडी चल्न बन्देज लगाई बिहानी, साँझ सर्बसाधारणलाई निश्चिन्त भएर घुमफिर गर्न दिने । सडक पछि मात्र बस्ती बाट आउने पानी बग्नका लागि ढल राख्नुपर्छ । त्यसरी बनाइएको ढललाई आवश्यक ठाउमा पानी प्रशोधन अर्थात सुद्धता गरी सफा पानी मात्र बागमतीमा मिसाउने गर्दा बागमती सफा हुन सक्ला । बागमतीमा मिसिने सबै खोला खहरेहरुमा पनि यसै किसिमले ब्यवस्थापन गर्न सक्दा मात्र हाम्रो बागमती ढलमती नवनी सभ्यता र संस्कृतिको धरोहर बन्न सक्ला कि ।

अहिले संसारमै हाम्रो सहर जस्तो फोहरी सहर अरु छैन होला । अब्यबस्थित ढल सडकमा बगेका कारण बर्षौ पुरानो पिनास रोगीकोे नाकले पनि दुर्गन्ध थाहा पाउँछ । काठमाडौं ,भक्तपुर र पाटन सहर सफाराख्न हाललाई कम्तीमा पनि नगरभित्र सबै सडको दायाँ बायाँ रहेका पसल व्यवसाय होटल संचालन गर्नेहरुको दैला अगाडी फोहर संकलनको लागि हरियो टिन, हरियो ठूलो बाल्टीन राखिदिने, पसलबाट निस्कने फोहर, प्लास्टिक, आदि त्यसैमा राख्नु पर्ने वाध्यकारी बनाउने र बटुवाहरुले पनि फोहर फाल्न पाउने । त्यस्तो फोहर नगरपालिकाबाट तोकिएको निश्चित समयमा गाडीबाट फोहर उठाउने व्यवस्था मिलाउन सके सहरभरी यत्रतत्र फोहरका डुंगुर देखिने थिएनन् कि । अनि यत्रतत्र सर्बत्र प्लास्टिक , कागज तथा अन्य फोहर पदार्थ छरिबरि हुने थिएनन् कि । सडक, पार्क, बसपार्क र मानिसहरु भेलाहुने सबै स्थानमा फोहर फाल्नका लागि भांडाहरु राखिदिने । फोहर जथाभाबी नफाली तोकिएकै ठाउंमा राखौं ,सभ्य बनौ, भन्ने जनचेतना फैलाउन संचार माध्यमबाट निरन्तर प्रचार प्रसार गरी बानी पार्दै गएमा हाम्रो सहर पनि एकदिन सफा र स्वच्छ हुने थियो कि ।

त्यसैले नेपाल सरकारको जिम्मेबार पदमा आसिन रहनु भएका मुख्य सचिब लिलामणि पौडेलज्यूसँग मेरो अनुरोध सहर र सहरमा बस्ने मानिसको मन सफा नभै बागमती सफा हुँदैन । यस्ता कार्यक्रमले मात्र हाम्रो गाउँ खाने उखान  हिँड्दै छ पाइला मेट्दै छ के हो ? भने जस्तै हुन्छ ।

तपाइँको प्रतिक्रिया