काँधमा बोकेर बाघ फिर्ता

 

We capture this tiger Nawalparasi District Tribeni Susta VDC Wad no 1

जंगलको राजा बाघ । हिंस्रक जन्तु । यहि बाघ मान्छेको काँधमा । आजकाल बाघहरु गाउँ पस्न थालेपछि काँघमा बोक्नुपर्ने अवस्था आएको हो । जंगलको अनकन्टार ठाउँमा बस्नुपर्ने बाघहरु गाउँमा आतंक मच्चाउँदै हिँड्न थालेको भेटिएको छ । यो बाघ नवलपरासी जिल्लाको त्रिबेनी गाविसको वडा नंवर एकमा फेला परेको हो । गाउँमा पसेर मानिसलाई आतंकित पार्न थालेपछि गाउँलेले जिल्ला वन कार्यालयलाई खबर गरे । त्यसपछि चितवन राष्ट्रिय निकुन्जको सौराहास्थित प्रक्रिति संरक्षण केन्द्रका विशेषज्ञहरु गएर नियन्त्रमा लिए र काँघमा बोकेर फिर्ता ल्याएका हुन् । 

tiger-caught-in-nawalparasi-village

हात्तीमा चढेर बाघको खोजिमा पुगेका विशेषज्ञहरुले फेला पारे, लुकेर बसेको बाघलाई । त्यसपछि बाघ लठ्याउने ट्यान्कुलाईजर भन्ने औषढी हात्तीमाथि चढेरै बाघको शरिरमा हानियो । त्यो औषधीको सुई हानेको केहिबेरमै बाघ बेहोस भएर लड्यो । विशेषज्ञ, प्राविधिकहरुले त्यहाँ गाडी जाने बाटो भेटेनन् र घोचामा बाघ अडिने ओछ्यान बनाएर बोके । औषधीले छोडेपछि यस्तो बाघ उठ्छ र आफ्नो बाटो लाग्छ । यसलाई पक्रेर जंगलमै छोड्नका लागि यसरि पक्रेर ल्याइएको हो । फोटो- हर्कमान लामा

बाघबारे तलको लेख हेर्ने कि ?

बाघ आफैंमा आक्रामक होइन

तपाइँको प्रतिक्रिया