इजरायली अत्याचार बिरुद फ्रान्समा प्रदर्शन
इजरायल र प्यालेस्टिनीबिचको आक्रमण तिब्र भएका बेला ईजरायलीहरुले अत्याचार गरेको भन्दै पेरिसमा आज प्रदर्शन भएको छ । २५ हजर नागरिकहरु प्यालेस्टिनको समर्थनमा उत्रेर ईजरायली अत्याचार, दमन र हत्याको तिनले बिरोध गरे । शक्तीशाली र बलियो हुँ भन्दैमा कमजोरलाई सत्यानाश पार्न पाइन्न, इजरायलले प्यालेस्टिनी भूमी छोड्नुपर्छ, झुठो नारा नदेउ, प्यालेस्टिन स्वतन्त्र भूमी हो, ईजरायलीहरु क्रुर हुन् जस्ता नारा तिनले लागएका थिए, प्लेकार्ड बोकेका थिए । दिउँसो म आफैं पुग्दा हजारौं फ्रान्सेली र प्यालेस्टिन नागरिक भेला भएका थिए ।
गत १३ जुलाई आइतवारका दिनमा झैं इजरायली साम्र्थक र प्यालेस्तिनी समर्थक बिच भएको भिडन्त झैं नहोस् भनेर एक हजार पाँच सय प्रहरी परिचालन गरिएको थियो । प्यालेस्टिनको समर्थक्नमा फ्रान्सेली नागरिकपनि सयौं हजारौंको संलग्नता थियो । तर इजरायलीहौर्को समर्थनमा कोहि देखिएको छैन र तिनका पक्षमा नारा जुलुसपनि भएको छैन । पेरिसमा जस्तै फ्रान्सको लिल, मासेइ, लियों, बोर्दो, स्ट्रासबर्ग लगायतका दर्जनौं शहरमा आज प्यालेस्टिनीको समर्थन र ईजरायली अत्याचारका बिरुद्द प्रदर्शन् भएको छ ।















