हाँस र कुकुरको प्रेमले बैज्ञानिकहरु चकित

article-2515440-19B19A3C00000578-111_634x490

रेक्स नामको यो कुकुर आक्रामक थियो । उनका मालिक (गोठाला) मेलोलाई यो कुकुर तह लगाउन मुश्किल परेको थियो । मेलोले यो कुकुरलाई उद्दारका रुपमा राखेका थिए । यसलाई खुवाउने बेला एक जना अल्मल्याउने ब्यक्ति र अर्को खुवाउने चाहिन्थ्यो । तर एक दिन यस्तो संयोग पर्यो, रेक्सले जेराल्डिन नामको हाँस देख्यो । त्यसपछि उसको बानी एक्कासि बदलियो ।

article-2515440-19B19A4E00000578-971_634x426

article-2515440-19B19A3800000578-547_634x436

जेराल्डिनलाइ कचौरामा आहारा दिँदा एकदिन मेलोले आक्रमण त के आक्रामक बानीपनि देखएन । आहारा दिएका बेला उ लुसुक्क जेराल्डिनसित बस्यो । यो देखेर मेलो र उनका दुई सहयोगी जिल्ल परे ।

article-2515440-19B19A6100000578-446_634x553

जनावर पाल्ने आरक्षमा रेक्सलाई अरु जिवजन्तु तर्साउन, लघार्न, तह लगाउन पालिएको थियो । आफ्नो इलाकामा चरा आए उ भड्काइहाल्थ्यो । तर जेराल्डिन हाँसलाई देखेपछि उसको बानी बदलियो र उसले स्नेह देखायो । त्यसपछि मेलोलाई जेराल्डिनसित हरेक रात सँगै ओछ्यानमा सुत्ने अनुमती दिए गोठालाहरुले । शुरुमा अलग अलग ठाउँमा राखिएका ति अब एक अर्काका जोडी बनेका छन् ।

-dog-and-duck-love

उनीहरुले एक अर्कालाइ एकदम स्नेह गर्छन् । एक अर्काको टाउकोमा चुम्बन गर्छन्, चाट्छन् । सँगै सुत्छन् । उनीहरुले एक अर्काको सहारा लिन्छन् । सुरक्षा दिन्छन् । चुम्बन गर्छन् । मुसार्छन् । जेराल्डिनलाई सुरक्षा दिन रेक्सले उसको शरिरमा खुट्टा राख्ने गर्छ ।

(तस्विर र कथा डेली मेल र जर्मन एनिमल सेन्चुरीबाट)

तपाइँको प्रतिक्रिया