किन रोयो यो जंगली हात्ती ?
किन रोयो यो जंगली हात्ती ? जंगलमा मन खुशि चर्न, बस्न, जिउन पाउँदा प्राय सबै जनावर बढि खुशि र स्वस्थ हुन्छन् । तर यि दुई (ठूलो भाले, सानो पोथी) मध्ये हेर्नुस् त भाले रोएको छ । केहि समय पछि यो पोथी अन्तै गई भालेलाई छोडेर । यहि पोथीसित देखिएको यो भाले सौराहा नजिकको जंगलमा केहि समयपछि एक्लै देखिन थाल्यो । उ जाँदै छे भन्ने जानेर बिछोडमा पो रुँदै थियो कि ? एक्लै हुन्छु भनेर पो रोयो कि ? अर्कि खोज्न हम्मे पर्ने भो भनेर रोयो कि ? माया दिई, अनि हिँडी, निस्ठुरी छेउ तिमी भन्दै वा एक्लै पार्दै छेउ भनेर रोयो कि ? कि यतै कतै पहिले आफ्नो परिवारको कुनै सदस्य वा बथानको कुनै साथी मरेको, गाडेको ठाउँमा आइपुगेकाले पो त्यहि सम्झेर, बेदनाले रोएको होला कि ?
हातीहरु आफन्तको दुख, म्रित्यु, यातना सहँदा, छुट्टिनुपर्दा दुखि हुन्छन्, रुने गर्छन् । जंगलमा मरेको आफ्न्तको लासलाई काजक्रिया गरेर, समूहमा बिलौना गरेर रुँदै रुँदै माटोमुनी गाड्छन् । केहि दिनसम्म त्यहिँ बसेर रुन्छन् । फेरि फेरिको यात्रामा त्यो ठाउँ आइपुग्दा त्यो ठाउँमा अडिन्छन् । त्यो सम्झेर फेरि रुन्छन् र बल्ल बाटो लाग्छन् । सुत्केरीको हेरचाह गर्छन् । परिवारमा नयाँ सदस्य थपिँदा (जन्मिदा) असाध्यै खुशियाली मनाउँछन् । सुत्केरी ढोइ (पोथी) को हेरचाह गर्ने र मिठो घाँस खोजेर दिने गर्छन् । फोटो – टेक बहादुर गुरुङको फेसबुकबाट






