युरोपमा अन्य मुलुकका नागरिकलाई गरिने विभेदका अनेक रुप

सञ्जय चौधरी (पिएचडी फेलो)

sanjaya-chaudhari-polandकसैलाई छालाको रंग, लिंग, जातको आधारमा वा कुनै किसिमले गरिने भेदभाव मानविय सभ्यता विपरित छ । यसले समाज र मानव समुदाय दुबैलाई लाभ पुर्‍याउँदैन । यस किसिमको भेदभावहरुलाई विभिन्न अन्तराष्ट्रिय मानवअधिकार सन्धिहरुले दण्डनीय अपराध भनि घोषणा गरेको पनि दशकौं वितिसक्यो। विभिन्न देशका ऐन र कानुनलेपनि बन्देज गरिसकेको अवस्थामा पनि किन यो विभेदको घटना वाराम्वार छापाको मुख्य समाचार बन्छ ? युरोपेली देशहरु मानवअधिकारमा धेरै संवेदनशील हुन्छन भनि जसरी संसारभरि प्रख्यात छन र मानवअधिकारको वकालत गदै विकाशोन्मुख देशहरुमा अभियान चलाईरहेका छन् तर यीनीहरुको वास्तविक पाटो चाहि केरहेछ त भन्नेवारेमा म यो लेखमा चर्चा गर्नेछु ।

सन्दर्भ

सन् २०११ मेको पहिलो साताको प्रसंग हो ।संसारभरिका छापामाका मुख्य समाचार विन लादेन मारिएको सामाचारले भरिएको थियो । त्यो धेरैजसो मानिसहरुको चर्चाको विषय नहुने त कुरै भएन । नेपालबाट कामदार भिसामा पोल्याण्डको राजधानी वार्षामा आएका चितवनका एउटा दाई र उनका दुइ जना साथीहरु त्यसकै प्रसंगमा ट्राममा कुराकानी गर्दै काममा गैरहेका थिए । संगै छेउमा बस्ने गोरीनी ब्रिद्दाले उरु कुरा नबुझेपनि विन लादेको नामा चाहिँ राम्रोसँग बुझेकी रहिछिन । मेरा चितवनका छिमेकी दाई र वहाँको साथीहरु पनि विन लादेनसंग संवन्धित भएको आशंकामा पुलिसलाई फोन मार्फत रिपोर्ट गरिछन ।

तत्कालै वार्षा शहरको यातायात आवगमन बन्द गरियो । वहाँहरु चढेको ट्रामलाई घेरा हालियो । उनीहरु दंग परे के भएको होला भेनेर । ट्राममा बस्ने मानिसहरुलाई नआतिकन बस्न भनियो । ट्राममा आतंककारी भएको जानाकारी पुलिसले गराएपछि त झन मानिसहरु अतालिए । कडा सुरक्षा बीच ट्रामका यात्रुहरुलाई खानतलासी गरियो । विषेश गरि कालो आँखा र कालो कपाल भएका यात्रुहरुलाई । सुरक्षाकर्मीले ट्राममा केहिपनि नभेटेपछि सवारी आवगमन फेरी सुचारु गराएछन । पछि ती दाइहरुले थाहा पाउनुभएछ कि बिन लादेनको नाम लिँदै वहाँहरुले गर्नु भएको कुराकानी नै त्यो घटनाको कारण रहेछ । एक दिन वहाँले मलाई सार्वजनिक ठाँउमा सकेसम्म यस्ता कुराहरु नगर्न सुझाव दिनुभयो ।

सन्दर्भ

एकजना दाइले मलाई एक दिन भन्नु भयो ‘हेर भाई हाम्रामा यीनै गोरेले भेदभाव गर्न हुन्न भनि पाठ पढाउँछन । यीनीहरु कतिसम्म विभेदकारी छन भने तिमी बसेको बसको सिटसँगैको सिटमा यीनीहरु कहिल्यै बस्दैनन् । बरु उभिन्छन । किनकी यीनीहरुलाई हामी चोर, पाकेटमार, गुण्डा, लुटेरा जस्तो लाग्दो हो कि ।’ त्यसपछि मैले ट्राम वा वस चढेसी खुव ख्याल गर्न लागें । हो रहेछ । साँच्ची म बसेको सिट छेउमा सकेसम्म यी गोरेहरु बस्दैनन । भलै आधा घण्टाको बाटोभरी उभिन्छन । टिकट जाँच गर्ने टिकट कन्ट्रोलर आए भने त झन कालो, गहुँगोरो छाला, कालो कपाल भएका मानिसहरु लाई छानी छानी जाँच गर्छन ।

एकदिन म बस स्टपमा बस कुरीहेको थिएँ । मेरो छेउमा दुई जना बुढा बुढीहरु उभिरहेका थिए । शुरुको एक वर्षमा त मैले यहाँको भाषा बुझ्दैनथिएँ । म पढ्ने स्कुल आधा वेलायती र आधा अमेरिकन भएकोले मलाई यहाँको भाषाको खासै जरुरत थिएन । पर्दैनपनि । तरपनि भाषा सिकेको त राम्रो हो भनेर पोलिस भाषा सिक्न थालें । अहिले म पनि अलि अलि पोल्याण्डको भाषा बुझ्दछु । मेरो छेउमा उभिएको बुढोमान्छेले आफ्नो श्रीमतिलाई सजग गराईरहेको थियो कि उसको छेउमा म उभिएको छु र उसको सामान, पैसा चोरी हुन सक्छ भनेर । अनि मैले त्यो दाइको कुरा सम्झे! साँच्चि यीनीहरुले हामीलाई त के के सोच्दा रैछन के के । हैन कालो कपाल, कालो आँखा र कालो छाला हुने वित्तिकै मान्छे चोर, फटाहा, बेइमान, ठग, आदि अदि हुन्छन कि के हो । यीनीहरुको विभेद गर्ने सैली पनि अचम्मको छ बा !

सन्दर्भ

मेरा एक मित्र युकेको एउटा प्रसिद्द विश्वविधालयवाट विधावारिधी गरेर त्यही विश्वविधालयले संचालन गरेको ननवेस्टर्न (गैरपश्चिमा) संवन्धि पाँच वर्षे अनुसन्धान प्रोजेक्टमा काम गर्न खोजे। कामसँगसँगै अनुभव पनि हुन्छ र अलि अलि पौसो पनि भनेर आवेदन दिए । तर विडम्वना उनी भन्दा दुई वर्ष जुनियर विधाबारिधी गदै गरेको एक जना गोरेलाई छनौट गरिएछ । उ भनिरहेको थियो (मेरो ग्रेड, आवश्यक सबै कुरा राम्रो हुँदा पनि गोरेलाई गोरे नै चचाहिने । मैले उसलाई नेपालमै गएर राम्रो शैक्षिक काम गर्न सुझाव दिएँ । तर उ भनिरहेथ्यो ‘हेर न हामीले नेपालमा यीनीहरुले भन्दा जति राम्रो काम गरेनि स्थानिय अनुसन्धानकार्ता (Local Researcher) भन्छन् । एक पल्ट विदेशी त्यसमा पनि राम्रो विश्वविधालयको अनुसन्धान प्रोजेक्टमा काम गरेपछि एकेडेमिक स्टाटस राम्रो हुन्छ भनेर मात्र हो । नत्र मलाई पनि यो विभेदकारीको देशमा वस्न त कहाँ मन छ र ?’ उ केही हप्ता पछि नेपाल फर्क्यो । अहिले नेपाल मै धेरै राम्रो काम गरिरहेको छ ।

यी माथिका प्रसंग त प्रतिनिधी सन्दर्भहरु मात्र हुन । यस्ता घटना, अनुभव त विकशीत मुलूकहरुमा विशेष गरी गोराहरुको देशमा स्थायी र अस्थायी रुपमा बसोवास गरिरहेका नेपालीहरुसँग कति छन कति । हामीले सोचेको सपनाको संसार अरु विकाशोन्मुख देशहरुलाई विभेदकारी संस्कार र निति विरुद्ध अभियान्ताहरुको देशमा पनि यस्ता खालका कुसंकारहरु हुन्छन भन्ने कुरा नेपालमा बस्ने नेपालीहरुलाई कमै थाहा होला । तर वास्तविक्ता यही हो । प्रश्न उठ्न सक्छ, यस्ता कुरा त अशिक्षा, रुढीवादी र परम्परागत सोचले गर्दा हुने होईनन र ? र यस्ता कुराहरु विशेषतः जुन मूलुकमा मानिसहरु शिक्षाको पहुँचबाट टाढा हुन्छन त्यहिँ हुन्छ । तर यो पुरा सत्य होइन । अशिक्षा र विभेदको परिमाण बीच सकरात्मक सम्वन्ध भए पनि यो सत्य आधा मात्र हो ।

सन् २०१२ मा म आफ्नो स्कुलमा एउटा अनुसन्धानमूलक पत्र प्रस्तुतिमा सहभागी भएको थिएँ । प्रस्तुतिको विषय, भारतमा जातिय विभेद भन्ने थियो । प्रस्तुतकर्ता एक भारतिय मूलका अमेरिकन प्राध्यापक थिए । प्रस्तुति सकिएपछि एक गोरे सहभागीले भारतमा हुने दर्दनाक जातिय विभेदको वारेमा गम्भिर हुँदै एउटा प्रश्न तेर्साए । ‘आधुनिकिकरण र विश्वव्यापीकरणले गर्दा सायद अब यो जातिय विभेद चाँडै अन्त हुन्छ होला होईन?’ भनि प्राध्यापको राय के छ भनि सोधे । यो प्रश्नमा प्राध्यापक एक पटक जोडले हाँसेर भने ‘आधुनिकीकरण (Modernization) र विश्वव्यापीकरणले (Globalization) त झन यो जातिय विभेद गर्ने मानिसहरुलाई नयाँ र बलियो हतियार प्रदान गर्छ । विभेदको शैलीलाई फरक बनाई यसलाई कायम गर्न मद्दत गर्छ ।’ अनि उनले संयुक्त राज्य अमेरीकाको र युरोपको उदाहरण दिएर प्रस्टयाए ‘सन १९६२ को अमेरिकामा भएको नागरिक अधिकार आन्दोलनले (Thi civil Rights movement) धेरै प्राविधिक कुराहरुलाई सुधार्यो तर अमेरीकामा रंगभेद पहिलाको भन्दा कम छैन । जस्तो कि उनले भने ‘अस्तिको मात्र कुरा हो । म अमेरीकाबाट यहाँ आउँदा त्यत्रा यात्रुहरुमा म नै सुरक्षा जाँचको लागि भनेर एैक्षिक छनौटमा (Random Sampling) किन परें ? अहिले पनि अमेरीकाका कति रेस्टुरेन्टहरुमा कालालाई सर्भिस गर्दैनन ।’ यसको मतलव के अमेरीका आधुनिक नभएकै हो त ? युरोपमा अहिले पनि गैर गोरा जाति सुपर मार्केटमा जाँदा उनीहरुमाथि विषेश निगरानी हुन्छ ।

कुनैपनि विभेद चाहे त्यो काला र सेता होस चाहे लैंगिक । या त जातिय विभेद होस । यसले एक किसिमको वर्गको निर्माण गर्छ र शक्तिको संतुलित समिकरणलाई असंतुलित गराई ठूला भनाउँदाहरुले धेरै शक्ति ग्रहण गर्ने र साना भनाउँदाले कम शक्ति । यसो हुँदा बढी शक्ति हुने वर्गले हरेक सुविधा, श्रोत र अवसरहरुमा पनि असमान किसिमले अधिपत्य जमाउँछन् । उदाहरण्को लागि, अमेरिकामा गोरेहरुको सरकारी सेवा, राजनितिमा पहुँच । नेपालमा ठूला भनाउँदा उच्च हिन्दु जातको सरकारी र अन्य क्षेत्रमा पहुँचलाई लिन सकिन्छ । धेरै समाजसास्त्री, राजनितिज्ञ र मानवशास्त्रीहरुको ठहर के छ भने यस्तो विभेदकारी सामाजिक अभ्यासले समाजलाई लाभ गर्दैन ।

तर यस्तो लाभ नदिने कुरा समाजमा किन अभ्यासमा छ त भन्ने प्रश्न स्वाभाविक हो । हुनेखाने उच्च भनाउँदाहरु जस्तो कि युरोप, अमेरिकामा गोराहरु, नेपाल, भारतमा हिन्दु उच्च जातहरु, लैंगिक हिसावले पुरुषहरु, यस किसिमको असमान विभेदकारी अभ्यासले लाभान्वित हुन्छन । विभेदकारी अभ्यासको परिवर्तन, सुधार यी माथिल्ला भनाउँदाहरुबाट भएन भने तल्लो स्तरको एकतर्फी प्रायसले सुधार प्राय असम्भव छ । उदाहरणको लागि, नेपालमा जातिय विभेद कानुनतः निर्मूल भएको झण्डै साँढे पाँच दशक भैकेको छ । त्यसपछि अरु ऐनहरु त कति आए आए । कति आन्दोलनहरु भए । त्यही आन्दोलनको जगमा कति त नेता पनि भए । तर हाम्रो समाजमा विभेद अझै छ । केहि सुधार नभएका होइनन । तर विभेदको स्वरुप पनि त्यही अनुसार परिवर्तन हुँदै गैरहेको छ । अव कुरा आउँछ, माथिल्ला भनाउँदा जात, वर्गले व्यवहारिक सुधारको पहल किन गर्दैनन त ? शक्तिको सामान्य सिद्धान्तले के भन्छ भने मानिसले आफूले ग्रहण गरेको शक्तिलाई हत्तपत्त छोड्न वा हस्तान्तरण गर्न सजिलै मान्दैन । किनभने यसोगर्दा उनीहरुले शक्तिको आडमा पाउने सुख, सुविधाहरु पनि सँगसँगै छोड्नु पर्छ । या त खोसिन्छ ।

जातिय र  रंग विभेद तल्लो स्तरमा जति छ, त्यतिकै माथिल्लो स्तरमा पनि छ ।  फरक यति मात्र हो कि तल्लो स्तरमा प्रष्ट देखिन्छ । माथिल्लो स्तरमा कम देखिन्छ । समयको परिवर्तनसँगै रंग भेद, लैंगिक विभेद, र जातिय विभेद समयको चक्रसँगै फेरिएको छ । यसले अब भेदभाव विरुद्धको कानुनले नछुने हिसावको अरुनै स्वरुप धारण गरि कतिपय विकशित समाजमा व्यप्त छ ।

(सञ्जय ल्यनक्यास्टर विश्वविधालय युके र ग्राजुयट स्कुल फर सोसल रिसर्च, पोलिस एकेडेमी अफ साइन्स, पोल्याण्डमा अध्ययन गर्दै छन् । चितवन बछ्यौलीका उनी पिएचडीका लागि छात्रव्रित्ति पाएर त्यहाँ अध्ययन गरेका हुन्)

तपाइँको प्रतिक्रिया